< Hesabu 26 >
1 Baada ya hiyo tauni, Bwana akamwambia Mose na Eleazari mwana wa kuhani Aroni,
विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो,
2 “Hesabu jumuiya yote ya Kiisraeli kwa jamaa zao, wale wote wenye umri wa miaka ishirini na zaidi, ambao wanaweza kutumika katika jeshi la Israeli.”
“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्ने सबैको गन्ती गर ।”
3 Hivyo Mose na kuhani Eleazari wakazungumza na watu kwenye nchi tambarare ya Moabu, ngʼambo ya Yordani kutokea Yeriko, wakasema,
त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
4 “Hesabuni wanaume wenye umri wa miaka ishirini na zaidi, kama Bwana alivyomwagiza Mose.” Hawa ndio Waisraeli waliotoka Misri:
“परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
5 Wazao wa Reubeni, mwana mzaliwa wa kwanza wa Israeli, walikuwa: kutoka kwa Hanoki, ukoo wa Wahanoki; kutoka kwa Palu, ukoo wa Wapalu;
रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
6 kutoka kwa Hesroni, ukoo wa Wahesroni; kutoka kwa Karmi, ukoo wa Wakarmi.
हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
7 Hizi zilikuwa ndizo koo za Reubeni; wale waliohesabiwa walikuwa 43,730.
यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
8 Mwana wa Palu alikuwa Eliabu,
एलीआब पल्लुका छोरा थिए ।
9 nao wana wa Eliabu walikuwa Nemueli, Dathani na Abiramu. Hawa wawili Dathani na Abiramu ndio walikuwa maafisa wa jumuiya ambao walimwasi Mose na Aroni, na walikuwa miongoni mwa wafuasi wa Kora wakati walimwasi Bwana.
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्ने दातान र अबीराम यिनै थिए ।
10 Ardhi ilifunua kinywa chake na kuwameza pamoja na Kora, ambaye wafuasi wake walikufa wakati moto ulipowateketeza wanaume 250. Nao walikuwa kama alama ya onyo.
कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
11 Pamoja na hayo, hao ukoo wa Kora hawakufa.
तर कोरहका वंश मरेनन् ।
12 Wazao wa Simeoni kwa koo zao walikuwa: kutoka kwa Nemueli, ukoo wa Wanemueli; kutoka kwa Yamini, ukoo wa Wayamini; kutoka wa Yakini, ukoo wa Wayakini;
शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
13 kutoka kwa Zera, ukoo wa Wazera; kutoka kwa Shauli, ukoo wa Washauli.
जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
14 Hizi ndizo koo za Simeoni; walikuwa 22,200.
यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू
15 Wazao wa Gadi kwa koo zao walikuwa: kutoka kwa Sifoni, ukoo wa Wasifoni; kutoka kwa Hagi, ukoo wa Wahagi; kutoka kwa Shuni, ukoo wa Washuni;
दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
16 kutoka kwa Ozni, ukoo wa Waozni; kutoka kwa Eri, ukoo wa Waeri;
ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
17 kutoka kwa Arodi, ukoo wa Waarodi; kutoka kwa Areli, ukoo wa Waareli.
अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।
18 Hizi ndizo zilizokuwa koo za Gadi; wale waliohesabiwa walikuwa 40,500.
यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
19 Eri na Onani walikuwa wana wa Yuda, lakini walifia huko Kanaani.
एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
20 Wazao wa Yuda kwa koo zao walikuwa: kutoka kwa Shela, ukoo wa Washela; kutoka kwa Peresi, ukoo wa Waperesi; kutoka kwa Zera, ukoo wa Wazera.
यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
21 Wazao wa Peresi walikuwa: kutoka kwa Hesroni, ukoo wa Wahesroni; kutoka kwa Hamuli, ukoo wa Wahamuli.
फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
22 Hizi ndizo zilizokuwa koo za Yuda; wale waliohesabiwa walikuwa 76,500.
यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
23 Wazao wa Isakari kwa koo zao walikuwa: kutoka kwa Tola, ukoo wa Watola; kutoka kwa Puva, ukoo wa Wapuva;
यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
24 kutoka kwa Yashubu, ukoo wa Wayashubu; kutoka kwa Shimroni, ukoo wa Washimroni.
याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।
25 Hizi ndizo zilizokuwa koo za Isakari; wale waliohesabiwa walikuwa 64,300.
यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
26 Wazao wa Zabuloni kwa koo zao walikuwa: kutoka kwa Seredi, ukoo wa Waseredi; kutoka kwa Eloni, ukoo wa Waeloni; kutoka kwa Yaleeli, ukoo wa Wayaleeli.
यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
27 Hizi ndizo zilizokuwa koo za Zabuloni, wale waliohesabiwa walikuwa 60,500.
यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
28 Wazao wa Yosefu kwa koo zao kutoka kwa Manase na kwa Efraimu walikuwa:
योसेफका सन्तानहरूका कुलहरू मनश्शे र एफ्राइम थिए ।
29 Wazao wa Manase: kutoka kwa Makiri, ukoo wa Wamakiri (Makiri alikuwa baba wa Gileadi); kutoka kwa Gileadi, ukoo wa Wagileadi.
यिनीहरू मनश्शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
30 Hawa ndio waliokuwa wazao wa Gileadi: kutoka kwa Iezeri, ukoo wa Waiezeri; kutoka kwa Heleki, ukoo wa Waheleki;
गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
31 kutoka kwa Asirieli, ukoo wa Waasirieli; kutoka kwa Shekemu, ukoo wa Washekemu;
अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,
32 kutoka kwa Shemida, ukoo wa Washemida; kutoka kwa Heferi, ukoo wa Waheferi.
शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।
33 (Selofehadi mwana wa Heferi hakuzaa wana, bali alikuwa na watoto wa kike tu, ambao majina yao yalikuwa Mahla, Noa, Hogla, Milka na Tirsa.)
हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए ।
34 Hizi ndizo zilizokuwa koo za Manase; wale waliohesabiwa walikuwa 52,700.
यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।
35 Hawa walikuwa wazao wa Efraimu kwa koo zao: kutoka kwa Shuthela, ukoo wa Washuthela; kutoka kwa Bekeri, ukoo wa Wabekeri; kutoka kwa Tahani, ukoo wa Watahani;
यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
36 Hawa ndio walikuwa wazao wa Shuthela: kutoka kwa Erani, ukoo wa Waerani.
शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
37 Hizi ndizo zilizokuwa koo za Efraimu; wale waliohesabiwa walikuwa 32,500. Hawa ndio waliokuwa wazao wa Yosefu kwa koo zao.
यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
38 Wazao wa Benyamini kwa koo zao walikuwa: kutoka kwa Bela, ukoo wa Wabela; kutoka kwa Ashbeli, ukoo wa Waashbeli; kutoka kwa Ahiramu, ukoo wa Waahiramu;
यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
39 kutoka kwa Shufamu, ukoo wa Washufamu; kutoka kwa Hufamu, ukoo wa Wahufamu.
शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान
40 Wazao wa Bela kutoka kwa Ardi na Naamani walikuwa: kutoka kwa Ardi, ukoo wa Waardi; kutoka kwa Naamani, ukoo wa Wanaamani.
बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।
41 Hizi ndizo zilizokuwa koo za Benyamini; wale waliohesabiwa walikuwa 45,600.
यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
42 Hawa ndio waliokuwa wazao wa Dani kwa koo zao: kutoka kwa Shuhamu, ukoo wa Washuhamu. Hizi ndizo zilizokuwa koo za Dani:
शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए ।
43 Wote walikuwa koo za Washuhamu; wale waliohesabiwa walikuwa 64,400.
शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
44 Wazao wa Asheri kwa koo zao walikuwa: kutoka kwa Imna, ukoo wa Waimna; kutoka kwa Ishvi, ukoo wa Waishvi; kutoka kwa Beria, ukoo wa Waberia;
आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्नाबाट यिम्नीहरूका वंश, यिश्वीबाट यिश्वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
45 kutoka kwa wazao wa Beria: kutoka kwa Heberi, ukoo wa Waheberi; kutoka kwa Malkieli, ukoo wa Wamalkieli.
बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
46 (Asheri alikuwa na binti aliyeitwa Sera.)
आशेरकी छोरीको नाउँ सेरह थियो ।
47 Hizi ndizo zilizokuwa koo za Asheri; wale waliohesabiwa walikuwa 53,400.
यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
48 Wazao wa Naftali kwa koo zao walikuwa: kutoka kwa Yaseeli, ukoo wa Wayaseeli; kutoka kwa Guni, ukoo wa Waguni;
यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
49 kutoka kwa Yeseri, ukoo wa Wayeseri; kutoka kwa Shilemu, ukoo wa Washilemu.
येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।
50 Hizi ndizo zilizokuwa koo za Naftali; wale waliohesabiwa walikuwa 45,400.
यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
51 Jumla ya hesabu ya wanaume wa Israeli ilikuwa 601,730.
इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
52 Bwana akamwambia Mose,
परमप्रभु मोशासँग बोल्नुभयो,
53 “Watagawiwa nchi kama urithi kwa kulingana na hesabu ya majina.
“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
54 Kundi kubwa zaidi lipe urithi mkubwa zaidi, na kundi dogo zaidi lipewe urithi mdogo zaidi; kila kundi litapokea urithi wake kulingana na hesabu ya wale walioorodheshwa.
ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ ।
55 Hakikisha kuwa nchi inagawanywa kwa kura. Kile kitakachorithiwa na kila kikundi kitakuwa kwa kulingana na majina ya kabila la babu yao.
तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
56 Kila urithi utagawanywa kwa kura miongoni mwa makundi makubwa na madogo.”
आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”
57 Hawa walikuwa Walawi ambao walihesabiwa kwa koo zao: kutoka kwa Gershoni, ukoo wa Wagershoni; kutoka kwa Kohathi, ukoo wa Wakohathi; kutoka kwa Merari, ukoo wa Wamerari.
वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
58 Hizi pia zilikuwa koo za Walawi: ukoo wa Walibni; ukoo wa Wahebroni; ukoo wa Wamahli; ukoo wa Wamushi; ukoo wa wana wa Kora. (Kohathi alikuwa baba aliyemzaa Amramu;
यिनीहरू लेवीका वंशहरू थिएः लिब्नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
59 jina la mke wa Amramu ni Yokebedi, naye pia alikuwa mzao wa Lawi, ambaye alizaliwa kwa Walawi nchini Misri. Alimzalia Amramu: Aroni, Mose na dada yao Miriamu.
लेवी कुलका सन्तान अम्रामकी पत्नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे ।
60 Aroni alikuwa baba yake Nadabu na Abihu, Eleazari na Ithamari.
हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।
61 Lakini Nadabu na Abihu walikufa wakati walitoa sadaka mbele za Bwana kwa moto usioruhusiwa.)
नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
62 Wanaume wote wa Walawi wa umri wa mwezi mmoja na zaidi walikuwa 23,000. Wao hawakuhesabiwa pamoja na Waisraeli wengine kwa sababu hawakupokea urithi miongoni mwao.
तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
63 Hawa ndio walioorodheshwa na Mose na kuhani Eleazari wakati waliwahesabu Waisraeli kwenye nchi tambarare ya Moabu, kando ya Yordani ngʼambo ya Yeriko.
मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।
64 Hakuna hata mmoja wao aliyekuwa miongoni mwa wale waliohesabiwa na Mose na kuhani Aroni wakati waliwahesabu Waisraeli katika Jangwa la Sinai.
तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
65 Kwa maana Bwana alikuwa amewaambia hao Waisraeli hakika wangekufa huko jangwani, wala hakuna mmoja wao aliyeachwa, isipokuwa Kalebu mwana wa Yefune na Yoshua mwana wa Nuni.
किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्नुभएको थियो । तिनीहरूमा यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।