< Mathayo 4 >

1 Kisha Yesu akaongozwa na Roho Mtakatifu kwenda nyikani ili akajaribiwe na ibilisi.
त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो ।
2 Baada ya kufunga siku arobaini usiku na mchana, hatimaye akaona njaa.
चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
3 Mjaribu akamjia na kumwambia, “Ikiwa wewe ndiye Mwana wa Mungu, amuru mawe haya yawe mikate.”
परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
4 Lakini Yesu akajibu, “Imeandikwa: ‘Mtu haishi kwa mkate tu, ila kwa kila neno litokalo katika kinywa cha Mungu.’”
तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
5 Ndipo ibilisi akamchukua Yesu mpaka mji mtakatifu na kumweka juu ya mnara mrefu wa Hekalu,
त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,
6 akamwambia, “Kama wewe ndiwe Mwana wa Mungu jitupe chini. Kwa kuwa imeandikwa: “‘Atakuagizia malaika zake, nao watakuchukua mikononi mwao ili usije ukajikwaa mguu wako katika jiwe.’”
अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
7 Yesu akamjibu, “Pia imeandikwa: ‘Usimjaribu Bwana Mungu wako.’”
येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।”
8 Kwa mara nyingine, ibilisi akamchukua Yesu mpaka kwenye kilele cha mlima mrefu na kumwonyesha falme zote za dunia na fahari zake,
फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
9 kisha akamwambia, “Nitakupa hivi vyote kama ukinisujudia na kuniabudu.”
त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
10 Yesu akamwambia, “Ondoka mbele yangu, Shetani! Kwa maana imeandikwa, ‘Mwabudu Bwana Mungu wako, na umtumikie yeye peke yake.’”
त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
11 Ndipo ibilisi akamwacha, nao malaika wakaja na kumhudumia.
अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
12 Yesu aliposikia kwamba Yohana Mbatizaji alikuwa ametiwa gerezani, alirudi Galilaya.
अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
13 Akaondoka Nazareti akaenda kuishi Kapernaumu, mji ulioko karibu na bahari, katika mipaka ya nchi ya Zabuloni na Naftali,
उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
14 ili kutimiza unabii wa nabii Isaya, kama alivyosema:
यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,
15 “Nchi ya Zabuloni na nchi ya Naftali, kwenye njia ya kuelekea baharini, ngʼambo ya Yordani, Galilaya ya watu wa Mataifa:
“गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि!
16 watu wale waliokaa gizani wameona nuru kuu; nao wale walioishi katika nchi ya uvuli wa mauti, nuru imewazukia.”
अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
17 Tangu wakati huo, Yesu alianza kuhubiri akisema: “Tubuni, kwa maana Ufalme wa Mbinguni umekaribia.”
त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
18 Yesu alipokuwa anatembea kando ya Bahari ya Galilaya, aliwaona ndugu wawili, Simoni aitwaye Petro, na Andrea ndugu yake. Walikuwa wakizitupa nyavu zao baharini kwa kuwa wao walikuwa wavuvi.
जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
19 Yesu akawaambia, “Njooni, nifuateni nami nitawafanya mwe wavuvi wa watu.”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
20 Mara wakaziacha nyavu zao, wakamfuata.
तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
21 Alipoendelea mbele kutoka pale, akawaona ndugu wengine wawili, Yakobo mwana wa Zebedayo na Yohana nduguye, wakiwa wamekaa kwenye mashua pamoja na baba yao Zebedayo, wakizitengeneza nyavu zao. Yesu akawaita.
जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
22 Nao mara wakaiacha mashua yao, pamoja na baba yao, wakamfuata.
र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
23 Yesu akapita katika Galilaya yote, akifundisha katika masinagogi yao, akihubiri habari njema za Ufalme, na akiponya kila ugonjwa na kila aina ya maradhi miongoni mwa watu.
येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
24 Kwa hiyo sifa zake zikaenea sehemu zote za Shamu, nao watu wakamletea wote waliokuwa na magonjwa mbalimbali na maumivu, waliopagawa na pepo wachafu, wenye kifafa na waliopooza, naye akawaponya.
उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
25 Makutano makubwa ya watu yakawa yanamjia kutoka Galilaya, Dekapoli, Yerusalemu, Uyahudi na kutoka ngʼambo ya Mto Yordani.
गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

< Mathayo 4 >