< Luka 23 >

1 Kisha umati wote wa watu ukainuka na kumpeleka Yesu kwa Pilato.
तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
2 Nao wakaanza kumshtaki wakisema: “Tumemwona huyu mtu akipotosha taifa letu, akiwazuia watu wasilipe kodi kwa Kaisari na kujiita kuwa yeye ni Kristo, mfalme.”
तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”
3 Basi Pilato akamuuliza Yesu, “Wewe ndiye mfalme wa Wayahudi?” Yesu akajibu, “Wewe wasema.”
पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
4 Pilato akawaambia viongozi wa makuhani na watu wote waliokuwepo, “Sioni sababu ya kutosha kumshtaki mtu huyu!”
पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
5 Lakini wao wakakazana kusema, “Anawachochea watu kwa mafundisho yake katika Uyahudi yote, tangu Galilaya alikoanzia, hadi sehemu hii!”
तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
6 Pilato aliposikia hayo akauliza, “Huyu mtu ni Mgalilaya?”
त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
7 Alipofahamu kwamba Yesu alikuwa chini ya mamlaka ya Herode, akampeleka kwa Herode, ambaye wakati huo alikuwa pia Yerusalemu.
जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
8 Herode alipomwona Yesu alifurahi sana, kwa sababu kwa muda mrefu alikuwa amesikia mambo mengi kumhusu yeye. Pia alitarajia kumwona akifanya miujiza kadha wa kadha.
जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
9 Herode akamuuliza maswali mengi, lakini Yesu hakumjibu lolote.
हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
10 Wakati huo viongozi wa makuhani na walimu wa sheria walikuwepo wakitoa mashtaka yao kwa nguvu sana.
मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
11 Herode na askari wake wakamdhihaki Yesu na kumfanyia mzaha. Wakamvika vazi zuri sana, wakamrudisha kwa Pilato.
हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
12 Siku hiyo, Herode na Pilato wakawa marafiki; kabla ya jambo hili walikuwa na uadui kati yao.
हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
13 Basi Pilato akawaita pamoja viongozi wa makuhani, viongozi wengine na watu,
तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
14 akawaambia, “Ninyi mlimleta huyu mtu kwangu kana kwamba ni mtu anayewachochea watu ili waasi. Nimemhoji mbele yenu nami nimeona hakuna msingi wowote wa mashtaka yenu dhidi yake.
र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
15 Wala Herode hakumwona na kosa lolote, ndiyo sababu amemrudisha kwetu. Kama mnavyoona, mtu huyu hakufanya jambo lolote linalostahili kifo.
हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
16 Kwa hiyo nitaamuru apigwe mijeledi na kumwachia.” [
यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
17 Kwa kuwa ilikuwa lazima kuwafungulia mfungwa mmoja wakati wa Sikukuu.]
अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
18 Ndipo watu wote wakapiga kelele kwa pamoja, “Mwondoe mtu huyo! Tufungulie Baraba!”
तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
19 (Baraba alikuwa amefungwa gerezani kwa sababu ya maasi yaliyokuwa yametokea mjini, na kwa ajili ya uuaji.)
बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
20 Pilato, akitaka kumwachia Yesu, akasema nao tena.
येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
21 Lakini wao wakaendelea kupiga kelele wakisema, “Msulubishe! Msulubishe!”
तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
22 Kwa mara ya tatu, Pilato akawauliza, “Kwani amefanya kosa gani huyu mtu? Sikuona kwake sababu yoyote inayostahili adhabu ya kifo. Kwa hiyo nitaamuru apigwe mijeledi, na kisha nitamwachia.”
पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
23 Lakini watu wakazidi kupiga kelele kwa nguvu zaidi, wakidai kwamba Yesu asulubiwe. Hivyo, kelele zao zikashinda.
तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।
24 Kwa hiyo Pilato akatoa hukumu kwamba madai yao yatimizwe.
त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
25 Akamfungua yule mtu aliyekuwa amefungwa gerezani kwa kuhusika katika uasi dhidi ya serikali na mauaji. Akamkabidhi Yesu mikononi mwao, wamfanyie watakavyo.
त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
26 Walipokuwa wakienda naye, wakamkamata mtu mmoja aitwaye Simoni mwenyeji wa Kirene, aliyekuwa anapita zake kuingia mjini kutoka shambani. Wakambebesha msalaba, wakamlazimisha auchukue nyuma ya Yesu.
तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।
27 Idadi kubwa ya watu wakamfuata Yesu, wakiwamo wanawake waliokuwa wakimlilia na kumwombolezea.
मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
28 Yesu akawageukia, akawaambia, “Enyi binti za Yerusalemu, msinililie mimi bali jililieni ninyi wenyewe na watoto wenu.
तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
29 Kwa maana wakati utafika mtakaposema, ‘Wamebarikiwa wanawake tasa, ambao matumbo yao hayakuzaa, wala matiti yao hayakunyonyesha!’
किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
30 Ndipo “‘wataiambia milima, “Tuangukieni!” na vilima, “Tufunikeni!”’
त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’
31 Kwa maana kama wamefanya hivi kwa mti mbichi, kwa mti mkavu itakuwaje?”
यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
32 Watu wengine wawili wahalifu, walipelekwa pamoja na Yesu ili wakasulubiwe.
उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
33 Walipofika mahali paitwapo Fuvu la Kichwa, hapo ndipo walipomsulubisha Yesu pamoja na hao wahalifu, mmoja upande wake wa kuume na mwingine upande wake wa kushoto.
जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
34 Yesu akasema, “Baba, wasamehe, kwa maana hawajui walitendalo!” Wakagawana nguo zake kwa kupiga kura.
येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
35 Watu wakasimama hapo wakimwangalia, nao viongozi wa Wayahudi wakamdhihaki wakisema, “Aliokoa wengine! Ajiokoe mwenyewe basi, kama yeye ndiye Kristo wa Mungu, Mteule wake.”
मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
36 Askari nao wakaja, wakamdhihaki. Wakamletea siki ili anywe,
अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
37 na wakamwambia, “Kama wewe ni Mfalme wa Wayahudi, jiokoe mwenyewe.”
“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
38 Kwenye msalaba juu ya kichwa chake, kulikuwa na maandishi haya: Huyu ndiye Mfalme wa Wayahudi. Maandishi haya yalikuwa yameandikwa kwa lugha za Kiyunani, Kilatini na Kiebrania.
“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
39 Mmoja wa wale wahalifu waliosulubiwa pamoja naye akamtukana, akasema: “Wewe si ndiye Kristo? Jiokoe mwenyewe na utuokoe na sisi.”
क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”
40 Lakini yule mhalifu mwingine akamkemea mwenzake, akasema, “Je, wewe humwogopi Mungu, wakati uko kwenye adhabu iyo hiyo?
तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्?
41 Sisi tumehukumiwa kwa haki kwa kuwa tunapata tunayostahili kwa ajili ya matendo yetu. Lakini huyu mtu hajafanya kosa lolote.”
हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
42 Kisha akasema, “Yesu, unikumbuke utakapokuja katika Ufalme wako.”
र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
43 Yesu akamjibu, “Amin, nakuambia, leo hii utakuwa pamoja nami Paradiso.”
येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
44 Ilikuwa kama saa sita mchana, nalo giza likafunika nchi yote hadi saa tisa,
यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
45 kwa sababu jua liliacha kutoa nuru. Pazia la Hekalu likachanika vipande viwili.
सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
46 Yesu akapaza sauti yake akasema, “Baba, mikononi mwako naikabidhi roho yangu.” Baada ya kusema haya, akakata roho.
येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
47 Yule jemadari alipoona yaliyotukia, akamsifu Mungu, akasema, “Hakika, mtu huyu alikuwa mwenye haki.”
जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”
48 Watu wote waliokuwa wamekusanyika hapo kushuhudia tukio hili walipoyaona hayo, wakapigapiga vifua vyao kwa huzuni na kwenda zao.
यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
49 Lakini wale wote waliomfahamu, pamoja na wale wanawake waliokuwa wamemfuata kutoka Galilaya, walisimama kwa mbali wakiyatazama mambo haya.
तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
50 Basi kulikuwa na mtu mmoja mwema na mwenye haki, jina lake Yosefu. Yeye alikuwa mjumbe wa Baraza la Wayahudi,
हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
51 lakini yeye hakuwa amekubaliana na maamuzi na vitendo vya viongozi wenzake. Huyu alikuwa mwenyeji wa Arimathaya huko Uyahudi, naye alikuwa anaungojea Ufalme wa Mungu kwa matarajio makubwa.
(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
52 Yosefu alikwenda kwa Pilato, akaomba apewe mwili wa Yesu.
यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
53 Akaushusha kutoka msalabani, akaufunga katika kitambaa cha kitani safi, na kuuweka katika kaburi lililochongwa kwenye mwamba, ambalo halikuwa limezikiwa mtu mwingine bado.
उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
54 Ilikuwa Siku ya Maandalizi, nayo Sabato ilikuwa karibu kuanza.
यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।
55 Wale wanawake waliokuwa wamekuja pamoja na Yesu wakimfuata kutoka Galilaya wakamfuata Yosefu, wakaliona kaburi na jinsi mwili wa Yesu ulivyolazwa.
गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
56 Kisha wakarudi nyumbani, wakaandaa manukato na marhamu ya kuupaka huo mwili. Lakini wakapumzika siku ya Sabato kama ilivyoamriwa.
तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।

< Luka 23 >