< Maombolezo 5 >

1 Kumbuka, Ee Bwana, yaliyotupata, tazama, nawe uione aibu yetu.
हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
2 Urithi wetu umegeuziwa kwa wageni, na nyumba zetu kwa wageni.
हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
3 Tumekuwa yatima wasio na baba, mama zetu wamekuwa kama wajane.
हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
4 Ni lazima tununue maji tunayokunywa, kuni zetu zapatikana tu kwa kununua.
हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
5 Wanaotufuatilia wapo kwenye visigino vyetu, tumechoka na hakuna pumziko.
हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
6 Tumejitolea kwa Misri na Ashuru tupate chakula cha kutosha.
पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
7 Baba zetu walitenda dhambi na hawapo tena, na sisi tunachukua adhabu yao.
हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
8 Watumwa wanatutawala na hakuna wa kutuokoa mikononi yao.
कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
9 Tunapata chakula chetu kwa kuhatarisha maisha yetu kwa sababu ya upanga jangwani.
उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
10 Ngozi yetu ina joto kama tanuru, kwa sababu ya fadhaa itokanayo na njaa.
भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
11 Wanawake wametendwa jeuri katika Sayuni, na mabikira katika miji ya Yuda.
सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
12 Wakuu wametungikwa juu kwa mikono yao, wazee hawapewi heshima.
राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
13 Vijana wanataabika kwenye mawe ya kusagia, wavulana wanayumbayumba chini ya mizigo ya kuni.
युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
14 Wazee wameondoka langoni la mji, vijana wameacha kuimba nyimbo zao.
धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
15 Furaha imeondoka mioyoni mwetu, kucheza kwetu kumegeuka maombolezo.
हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
16 Taji imeanguka kutoka kichwani petu. Ole wetu, kwa maana tumetenda dhambi!
मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।
17 Kwa sababu hiyo, mioyo yetu inazimia, kwa sababu ya hayo, macho yetu yamefifia,
हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
18 kwa ajili ya Mlima Sayuni, ambao unakaa ukiwa, nao mbweha wanatembea juu yake.
सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
19 Wewe, Ee Bwana unatawala milele, kiti chako cha enzi chadumu kizazi hadi kizazi.
तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
20 Kwa nini watusahau siku zote? Kwa nini umetuacha kwa muda mrefu?
तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ?
21 Turudishe kwako mwenyewe, Ee Bwana, ili tupate kurudi. Zifanye mpya siku zetu kama siku za kale,
हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
22 isipokuwa uwe umetukataa kabisa na umetukasirikia pasipo kipimo.
तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।

< Maombolezo 5 >