< Yoshua 3 >
1 Yoshua na Waisraeli wote wakaondoka asubuhi na mapema kutoka Shitimu, wakaenda mpaka Mto Yordani, ambako walipiga kambi kabla ya kuvuka.
यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।
2 Baada ya siku tatu maafisa wakapita katika kambi yote,
तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;
3 wakitoa maagizo kwa watu, wakiwaambia: “Mtakapoona Sanduku la Agano la Bwana Mungu wenu, likichukuliwa na Walawi ambao ndio makuhani, mtaondoka hapo mlipo na kulifuata.
तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।
4 Ndipo mtakapotambua njia mtakayoiendea, kwa kuwa hamjawahi kuipita kabla. Lakini msisogee karibu, bali kuwe na umbali wa dhiraa 2,000 kati yenu na Sanduku.”
तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्न सक्ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”
5 Ndipo Yoshua akawaambia hao watu, “Jitakaseni, kwa kuwa kesho Bwana atatenda mambo ya kushangaza katikati yenu.”
यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”
6 Yoshua akawaambia makuhani, “Liinueni Sanduku la Agano mkatangulie mbele ya watu.” Hivyo wakaliinua na kutangulia mbele yao.
योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।
7 Ndipo Bwana akamwambia Yoshua, “Leo nitaanza kukutukuza machoni pa Israeli yote, ili wapate kujua kuwa niko pamoja nawe kama nilivyokuwa pamoja na Mose.
परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्ने छन् ।
8 Uwaambie makuhani wanaochukua Sanduku la Agano, ‘Mnapofika kwenye ukingo wa maji ya Yordani, nendeni mkasimame ndani ya mto.’”
तैँले करारको सन्दुक बोक्ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”
9 Yoshua akawaambia Waisraeli, “Njooni hapa msikilize maneno ya Bwana Mungu wenu.
अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन ।
10 Hivi ndivyo mtakavyojua ya kuwa Mungu aliye hai yupo katikati yenu, na kwamba kwa hakika atawafukuza mbele yenu hao Wakanaani, Wahiti, Wahivi, Waperizi, Wagirgashi, Waamori na Wayebusi.
परमेश्वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
11 Tazameni, Sanduku la Agano la Bwana wa dunia yote litaingia ndani ya Mto Yordani likiwa limewatangulia.
हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।
12 Sasa basi, chagueni watu kumi na wawili kutoka makabila ya Israeli, mtu mmoja kutoka kila kabila.
अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।
13 Mara tu nyayo za makuhani walichukualo Sanduku la Bwana, Bwana wa dunia yote, zitakapokanyaga ndani ya Mto Yordani, maji hayo yatiririkayo kutoka juu yatatindika na kusimama kama chuguu.”
जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ ।
14 Basi, watu walipovunja kambi ili kuvuka Yordani, makuhani wakiwa wamebeba Sanduku la Agano waliwatangulia.
त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।
15 Wakati huu ulikuwa wakati wa mavuno, nao Mto Yordani ulikuwa umefurika hadi kwenye kingo zake. Ilikuwa kawaida ya Yordani kufurika nyakati zote za mavuno. Mara tu makuhani wale waliokuwa wamebeba Sanduku la Agano walipofika mtoni na nyayo zao kuzama ndani ya yale maji,
ती करारको सन्दुक बोक्नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)
16 maji hayo yaliyotiririka kutoka upande wa juu yaliacha kutiririka yakasimama kama chuguu mbali kabisa nao, kwenye mji ulioitwa Adamu kwenye eneo la Sarethani, wakati yale maji yaliyokuwa yanatiririka kuingia kwenye Bahari ya Araba (yaani Bahari ya Chumvi), yalitindika kabisa. Hivyo watu wakavuka kukabili Yeriko.
माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
17 Wale makuhani waliobeba Sanduku la Agano la Bwana, wakasimama imara mahali pakavu katikati ya Mto Yordani, wakati Waisraeli wote wakiwa wanapita hadi taifa lote likaisha kuvuka mahali pakavu.
पानी निकै माथिदेखि नै बग्न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।