< Ayubu 31 >

1 “Nimefanya agano na macho yangu yasimtazame msichana kwa kumtamani.
मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्‍टिले हेर्न सक्छु र?
2 Kwa kuwa fungu la mwanadamu ni gani kutoka kwa Mungu juu, urithi wake kutoka kwa Mungu Mwenye Nguvu Aliye juu?
किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ र? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ र?
3 Je, si uharibifu kwa watu waovu, maangamizi kwa wale watendao mabaya?
विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
4 Je, yeye hazioni njia zangu na kuihesabu kila hatua yangu?
के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न र मेरा सबै कदम गन्‍नुहुन्‍न र?
5 “Kama nimeishi katika uongo au mguu wangu umekimbilia udanganyifu,
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने,
6 Mungu na anipime katika mizani za uaminifu, naye atajua kwamba sina hatia:
न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्‍वरले मेरो सत्यनिष्ठा जान्‍नुहुनेछ ।
7 kama hatua zangu zimepotoka kutoka kwenye njia, kama moyo wangu umeongozwa na macho yangu, au kama mikono yangu imetiwa unajisi,
मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
8 basi wengine na wale nilichokipanda, nayo yale yote niliyootesha na yangʼolewe.
तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।
9 “Kama moyo wangu umeshawishiwa na mwanamke, au kama nimevizia mlangoni mwa jirani yangu,
मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
10 basi mke wangu na asage nafaka ya mwanaume mwingine, nao wanaume wengine walale naye.
तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् ।
11 Kwa kuwa hilo lingekuwa aibu, naam, dhambi ya kuhukumiwa.
किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
12 Ni moto uwakao kwa Uharibifu; ungekuwa umengʼoa mavuno yangu.
किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
13 “Kama ningewanyima haki watumishi wangu wanaume au vijakazi wangu, walipokuwa na manungʼuniko dhidi yangu,
मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,
14 nitafanya nini Mungu atakaponikabili? Nitamjibu nini nitakapoitwa kutoa hesabu?
जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?
15 Je, yeye aliyeniumba tumboni mwa mama yangu, si ndiye aliwaumba? Je, si ni yeye huyo mmoja aliyetuumba sote ndani ya mama zetu?
मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
16 “Ikiwa nimewanyima maskini haja zao, au kuyaacha macho ya wajane yadhoofike,
गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
17 kama nimekula chakula changu mwenyewe, bila kuwashirikisha yatima;
अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने—
18 lakini tangu ujana wangu nimemlea yatima kama ambavyo baba angefanya, nami tangu kuzaliwa kwangu nimewaongoza wajane:
किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।
19 kama nilimwona yeyote akiteseka kwa kukosa nguo, au mtu mhitaji asiye na mavazi
लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
20 ambaye wala moyo wake haukunibariki kwa kumpatia joto kwa mavazi ya manyoya ya kondoo zangu,
मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
21 na kama nimeinua mkono wangu dhidi ya yatima, nikijua kuwa nina ushawishi mahakamani,
सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
22 basi mkono wangu na unyofoke toka begani mwangu, nao na uvunjike kutoka kiungio chake.
मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।
23 Kwa kuwa niliogopa uharibifu kutoka kwa Mungu, nami kwa kuuogopa utukufu wake sikuweza kufanya mambo kama hayo.
किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
24 “Kama nimeweka tumaini langu kwenye dhahabu, au kuiambia dhahabu safi, ‘Wewe ndiwe salama yangu,’
सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
25 kama nimefurahia wingi wa utajiri wangu, ustawi ambao mikono yangu ilikuwa imepata,
मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
26 kama nimelitazama jua katika kungʼaa kwake au mwezi ukienda kwa fahari yake,
सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्‍किलो भएर हिंडेको हेरेको भए,
27 hivyo moyo wangu kushawishiwa kwa siri, au kubusu mkono wangu kwa kuviheshimu,
अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
28 basi hiyo pia ingekuwa dhambi ya kuhukumiwa, kwa kuwa ningekuwa si mwaminifu kwa Mungu aishiye juu sana.
यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍थ्‍यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्‍थें ।
29 “Kama nimeshangilia msiba wa adui yangu, au kutazama kwa furaha taabu iliyomjia,
मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
30 lakini sikuruhusu kinywa changu kufanya dhambi kwa kuomba laana dhidi ya maisha yake;
वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
31 kama watu wa nyumbani mwangu kamwe hawakusema, ‘Ni nani ambaye hajashibishwa na nyama ya Ayubu?’
मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्‍त नभएको मानिस कसैले भेट्टाउन सक्छ?'
32 Lakini hakuna mgeni aliyelala njiani, kwa maana mlango wangu ulikuwa wazi kwa msafiri;
(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन, किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
33 kama nimeifunika dhambi yangu kama wanadamu wengine wafanyavyo, kwa kuficha hatia yangu moyoni mwangu,
आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,
34 kwa sababu ya kuogopa umati wa watu, na hivyo kuwa na hofu ya kudharauliwa na jamaa, nikanyamaza kimya nisitoke nje ya mlango:
(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
35 (“Laiti kama angekuwepo mtu wa kunisikia! Tazama sasa ninatia sahihi kwenye utetezi wangu: Mwenyezi na anijibu; mshtaki wangu na aweke mashtaka yake kwenye maandishi.
ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
36 Hakika ningeyavaa begani mwangu, ningeyavaa kama taji.
निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें । मुकुटझैं त्‍यो म लगाउँथें ।
37 Ningempa hesabu ya kila hatua yangu, ningemwendea kama mwana wa mfalme.)
जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें ।
38 “Kama nchi yangu inalia dhidi yangu, na mifereji yake yote imelowana kwa machozi,
मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
39 kama nimekula mazao yake bila malipo, au kuvunja mioyo ya wapangaji wake,
त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने,
40 basi miiba na iote badala ya ngano, na magugu badala ya shayiri.” Mwisho wa maneno ya Ayubu.
तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।

< Ayubu 31 >