< Ayubu 30 >
1 “Lakini sasa watu wadogo kwa umri kuniliko wananidhihaki, watu ambao baba zao ningekataa kwa dharau kuwaweka pamoja na mbwa wangu wa kulinda kondoo.
अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्नो बगाल रुँग्ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें ।
2 Nguvu za mikono yao zingekuwa na faida gani kwangu, kwa kuwa nguvu zao zilikuwa zimewaishia?
वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्देरी उमेरको बल नष्ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र?
3 Wakiwa wamekonda kutokana na kupungukiwa na kwa njaa, walizurura usiku katika nchi kame iliyo ukiwa.
गरिबी र भोकले तिनीहरू दुब्लो थिए । उजाडस्थान र मरुभूमीमा अँध्यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।
4 Katika vichaka walikusanya mimea ya chumvi, nacho chakula chao kilikuwa mizizi ya mti wa mfagio.
तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।
5 Walifukuzwa mbali na watu wao, wakipigiwa kelele kama wevi.
तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे ।
6 Walilazimika kuishi katika mikondo ya vijito vilivyokauka, kwenye majabali na mahandaki.
त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्नुपरेको थियो ।
7 Kwenye vichaka walilia kama punda, na walijisongasonga pamoja kwenye vichaka.
झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्मा हुन्थे ।
8 Wao ni watoto wa wapumbavu wenye asili ya ubaya, waliofukuzwa watoke katika nchi.
तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो ।
9 “Nao sasa wana wao wananidhihaki katika nyimbo; nimekuwa kitu cha dhihaka kwao.
तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु ।
10 Wananichukia sana na kujitenga nami, wala hawasiti kunitemea mate usoni.
तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्नबाट तिनीहरू रोकिंदैनन् ।
11 Sasa kwa kuwa Mungu ameilegeza kamba ya upinde wangu na kunitesa, wamekuwa huru kunitendea waonavyo.
किनकि परमेश्वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।
12 Kuume kwangu kundi linashambulia; wao huitegea miguu yangu tanzi, na kunizingira.
मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्ना घेरा-मचान बनाउँछन् ।
13 Huizuia njia yangu, nao hufanikiwa katika kuniletea maafa, nami sina yeyote wa kunisaidia.
तिनीहरूले मेरो मार्ग नष्ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्ने कोही छैन ।
14 Wananijia kama watu wapitao katika ufa mpana; katikati ya magofu huja na kunishambulia.
सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
15 Vitisho vimenifunika; heshima yangu imetoweshwa kama kwa upepo, salama yangu imetoweka kama wingu.
त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।
16 “Sasa maisha yangu yamefikia mwisho; siku za mateso zimenikamata.
अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् ।
17 Usiku mifupa yangu inachoma; maumivu yanayonitafuna hayatulii kamwe.
रातमा मभित्र भएका हड्डीहरूले मलाई घोच्छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।
18 Kwa uwezo wake mkuu Mungu huwa kwangu kama nguo; hushikamana nami kama ukosi wa vazi langu.
परमेश्वरको महान् शक्तिले मेरो वस्त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ ।
19 Yeye amenitupa kwenye matope, nami nimekuwa kama mavumbi na majivu.
उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
20 “Ee Bwana, ninakulilia wewe lakini hunijibu; ninasimama, nawe unanitazama tu.
हे परमेश्वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ ।
21 Wewe unanigeukia bila huruma; unanishambulia kwa nguvu za mkono wako.
तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।
22 Unaninyakua na kunipeperusha kwa upepo; umenirusha huku na huko kwenye dhoruba kali.
तपाईंले मलाई बतासमा उचाल्नुहुन्छ र त्यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्याउनुहुन्छ ।
23 Ninajua utanileta mpaka kifoni, mahali ambapo wenye uhai wote wamewekewa.
किनकि म जान्दछु, कि तपाईंले मलाई मृत्युमा पुर्याउनुहुन्छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्छ ।
24 “Hakika hakuna yeyote amshambuliaye mhitaji, anapoomba msaada katika shida yake.
तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?
25 Je, sikulia kwa ajili ya wale waliokuwa katika taabu? Je, nafsi yangu haikusononeka kwa ajili ya maskini?
कष्टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र?
26 Lakini nilipotazamia mema, mabaya yalinijia; nilipotafuta nuru, ndipo giza lilipokuja.
जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्यसको साटो अन्धकार आयो ।
27 Kusukwasukwa ndani yangu kamwe hakutulii; siku za mateso zinanikabili.
मेरो हृदय कष्टमा छ र यसले विश्राम लिंदैन । कष्टका दिनहरू ममाथि आएका छन् ।
28 Ninazunguka nikiwa nimeungua, lakini si kwa jua; ninasimama katika kusanyiko nikiomba msaada.
अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
29 Nimekuwa ndugu wa mbweha, rafiki wa mabundi.
म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।
30 Ngozi yangu imekuwa nyeusi nayo inachunika; mifupa yangu inaungua kwa homa.
मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्डीहरू रापले जलेका छन् ।
31 Kinubi changu kimegeuka kuwa maombolezo, nayo filimbi yangu imekuwa sauti ya kilio.
त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ ।