< Ayubu 26 >

1 Kisha Ayubu akajibu:
तब अय्यूबले जवाफ दिए र भने,
2 “Tazama jinsi ulivyomsaidia mtu asiye na uwezo! Jinsi ulivyouokoa mkono ulio dhaifu!
“शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ!
3 Ni shauri gani ulilompa yeye asiye na hekima? Nayo ni busara gani kubwa uliyoonyesha!
बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
4 Ni nani aliyekusaidia kutamka maneno hayo? Nayo ni roho ya nani iliyosema kutoka kinywani mwako?
कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?
5 “Wafu wako katika maumivu makuu, wale walio chini ya maji na wale waishio ndani yake.
मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
6 Mauti iko wazi mbele za Mungu; Uharibifu haukufunikwa. (Sheol h7585)
परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन । (Sheol h7585)
7 Hutandaza anga la kaskazini mahali patupu; naye huiningʼiniza dunia mahali pasipo na kitu.
उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
8 Huyafungia maji kwenye mawingu yake, hata hivyo mawingu hayapasuki kwa uzito wake.
उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
9 Huufunika uso wa mwezi mpevu, akitandaza mawingu juu yake.
उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।
10 Amechora mstari wa upeo juu ya uso wa maji, ameweka mpaka wa nuru na giza.
उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
11 Nguzo za mbingu nazo zatetemeka, zinatishika anapozikemea.
उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।
12 Kwa nguvu zake aliisukasuka bahari; kwa hekima yake alimkata Rahabu vipande vipande.
आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।
13 Aliisafisha anga kwa pumzi yake; kwa mkono wake alimchoma joka aendaye mbio.
आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
14 Haya ni mambo madogo tu katika matendo yake; tazama jinsi ulivyo mdogo mnongʼono tunaousikia kumhusu! Ni nani basi awezaye kuelewa ngurumo za nguvu zake?”
हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”

< Ayubu 26 >