< Ayubu 24 >
1 “Kwa nini Mwenyezi asiweke nyakati kwa ajili ya hukumu? Kwa nini wale wamjuao wazitafute siku kama hizo bila mafanikio?
दुष्ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्ले किन तोक्नुभएको छैन? परमेश्वरप्रति विश्वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्?
2 Watu husogeza mawe ya mpaka; huchunga makundi ya wanyama waliyonyangʼanya kwa nguvu.
यस्ता दुष्ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
3 Huwanyangʼanya yatima punda wao, na kumchukua rehani fahali wa mjane.
अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्धकका रूपमा लैजान्छन् ।
4 Humsukuma mhitaji kutoka njia, na kuwafanya maskini wote wa nchi kulazimika kujificha.
दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
5 Kama punda-mwitu jangwani, maskini huzunguka katika kazi zao za kutafuta chakula; mahali palipo jangwa huwapa chakula cha watoto wao.
हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
6 Hukusanya chakula mashambani na kuokota masazo katika mashamba ya mizabibu ya waovu.
गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्टहरूका फसलबाट टिप्न छुटेका दाख बटुल्छन् ।
7 Kwa kukosa nguo, usiku kucha hukaa uchi; hawana chochote cha kujifunika baridi.
तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्नलाई तिनीहरूसित केही हुँदैन ।
8 Hutota kwa mvua za mlimani, nao huikumbatia miamba kwa ajili ya kukosa pa kujisitiri.
तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्गाको छेउमा पल्टिन्छन् ।
9 Mtoto yatima hupokonywa matitini; mtoto wachanga wa maskini hunyakuliwa kwa ajili ya deni.
यस्ता दुष्ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्धकको रूपमा लैजान्छन् ।
10 Kwa kukosa nguo, hutembea uchi; hubeba miganda ya ngano, lakini huwa na njaa.
तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्नका बिटाहरू बोक्छन् ।
11 Hukamua zeituni katika mawe ya kusagia; hukanyaga mashinikizo, lakini wanaona kiu.
गरिब मानिसहरूले ती दुष्टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
12 Kilio cha huzuni cha wanaokufa kinapaa kutoka mjini, nazo nafsi za waliojeruhiwa zinalilia msaada. Lakini Mungu hamlaumu mtu yeyote kwa kutenda mabaya.
सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्च्याउँछ । तर परमेश्वरले दोष लगाउनुहुन्न ।
13 “Wako wale wanaoiasi nuru, wasiofahamu njia zake wala hawakai katika mapito yake.
केही दुष्ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
14 Wakati mwanga wa mchana unapotoweka, muuaji huinuka naye huwaua maskini na mhitaji; wakati wa usiku hunyemelea kama mwizi.
उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
15 Jicho la mzinzi hungojea wakati wa giza, naye hufikiri, ‘Hakuna jicho litakaloniona,’ naye huuficha uso wake.
साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
16 Katika giza, huvunja majumba, lakini wakati wa mchana hujifungia ndani; hawataki kufanya lolote nuruni.
अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17 Kwa wote hawa, giza nene ndiyo asubuhi yao; hujifanya rafiki na vitisho vya gizani.
तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
18 “Lakini wao ni povu juu ya maji; sehemu yao juu ya nchi imelaaniwa, hivyo hakuna hata mmoja aendaye kwenye shamba la mizabibu.
तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
19 Kama vile joto na hari vinyakuavyo theluji iliyoyeyuka, ndivyo kuzimu kuwanyakuavyo waliotenda dhambi. (Sheol )
जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ । (Sheol )
20 Tumbo lililowazaa huwasahau, nao huwa karamu ya mabuu; watu waovu hawakumbukwi tena, lakini huvunjika kama mti.
उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।
21 Huwafanya mawindo wanawake tasa na wasio na watoto, nao hawaonyeshi huruma kwa wajane.
बच्चा नजन्माएकी बाँझी स्त्रीलाई दुष्टले निलिहाल्छ । उसले विधवाको निम्ति कुनै असल कुरा गर्दैन ।
22 Lakini Mungu huwakokota wenye nguvu kwa uwezo wake; ingawa wamestawi, hawana hakika ya maisha.
तापनि परमेश्वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्न ।
23 Aweza akawaacha wakapumzika wakijihisi salama, lakini macho yake yanaona njia zao.
तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्छन् ।
24 Kwa kitambo kidogo hutukuka, hatimaye hutoweka; hushushwa na kukusanywa kama wengine wote, hukatwa kama masuke ya nafaka.
यी मानिसहरू उच्च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्न स्तरमा पर्याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
25 “Kama hili sivyo, ni nani awezaye kunithibitisha kuwa mwongo, na kuyafanya maneno yangu kuwa si kitu?”
यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?