< Ayubu 10 >

1 “Nayachukia sana haya maisha yangu; kwa hiyo nitatoa malalamiko yangu kwa wazi bila kujizuia, nami nitanena kutokana na uchungu wa moyo wangu.
म आफ्‍नो जीवनदेखि थाकित छु । म आफ्‍नो गुनासो स्‍वतन्‍त्र भएर पोखाउनेछु । म आफ्‍नो प्राणको तिक्ततामा बोल्नेछु ।
2 Nitamwambia Mungu: Usinihukumu, bali niambie una mashtaka gani dhidi yangu.
म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
3 Je, inakupendeza wewe kunionea, kuikataa kwa dharau kazi ya mikono yako, huku wewe ukitabasamu juu ya mipango ya waovu?
आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?
4 Je, wewe una macho ya kimwili? Je, wewe huona kama mwanadamu aonavyo?
के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ?
5 Je, siku zako ni kama zile za mwanadamu, au miaka yako ni kama ile ya mtu,
के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
6 ili kwamba utafute makosa yangu na kuichunguza dhambi yangu;
तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,
7 ingawa wajua kuwa mimi sina hatia, na hakuna awezaye kunitoa mkononi mwako?
म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ?
8 “Mikono yako ndiyo iliyoniumba na kunifanya. Je, sasa utageuka na kuniangamiza?
तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्छ ।
9 Kumbuka kuwa ulinifinyanga kama udongo wa mfinyanzi. Je, sasa utanifanya kuwa mavumbi tena?
म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ?
10 Je, wewe hukunimimina mimi kama maziwa, na kunigandisha kama jibini,
के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन?
11 ukanivika ngozi na nyama, na kuniunga pamoja kwa mifupa na mishipa?
तपाईंले मलाई छाला र मासुले ढाक्‍नुभएको छ, अनि हड्‍डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको छ ।
12 Umenipa uhai na kunitendea wema, katika uangalizi wako umeilinda roho yangu.
तपाईंले मलाई जीवन र करारको विश्‍वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ ।
13 “Lakini hili ndilo ulilolificha moyoni mwako, nami ninajua kuwa hili lilikuwa katika nia yako:
तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्‍दछुः
14 Kama nilifanya dhambi, ungekuwa umeniona, wala usingeacha kosa langu lipite bila kuadhibiwa.
मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।
15 Kama nina hatia, ole wangu! Hata kama ningekuwa sina hatia, siwezi kukiinua kichwa changu, kwa kuwa nimejawa na aibu, na kuzama katika mateso yangu.
मैले दुष्‍टतासाथ काम गरेको भए, मलाई धिक्‍कार छ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्‍नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्‍ट हेर्नुहोस् ।
16 Kama nikiinua kichwa changu juu, unaninyatia kama simba, na kuonyesha tena uwezo wa kutisha dhidi yangu.
मेरो शिर ठाडो पारिएको भए, सिंहले झैं तपाईंले मलाई सिकार बनाउनुहुन्‍थ्‍यो । अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्‍चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्‍थ्‍यो ।
17 Wewe waleta mashahidi wapya dhidi yangu na kuzidisha hasira yako juu yangu; nazo nguvu zako zinanijia wimbi moja baada ya jingine.
तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ, र मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ ।
18 “Kwa nini basi ulinitoa tumboni? Ninatamani ningekufa kabla jicho lolote halijaniona.
त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो ।
19 Laiti nisingekuwako kamwe, au ningekuwa nimechukuliwa moja kwa moja kutoka tumboni kwenda kaburini!
म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।
20 Je, siku zangu chache si zimekaribia kuisha? Niachie ili niweze kupata muda mfupi wa kufurahi
के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
21 kabla sijaenda mahali ambapo hakuna kurudi tena, katika nchi ya giza na uvuli wa mauti,
जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,
22 nchi ya giza kuu sana, yenye uvuli wa giza na machafuko, mahali ambapo hata nuru ni giza.”
मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’”

< Ayubu 10 >