< Yeremia 10 >
1 Sikieni lile ambalo Bwana, anena nanyi ee nyumba ya Israeli.
हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
2 Hili ndilo asemalo Bwana: “Usijifunze njia za mataifa wala usitishwe na ishara katika anga, ingawa mataifa yanatishwa nazo.
परमप्रभु यसो भन्नुहुन्छ, “जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन् ।
3 Kwa maana desturi za mataifa hazina maana, wanakata mti msituni, na fundi anauchonga kwa patasi.
किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।
4 Wanaparemba kwa fedha na dhahabu, wanakikaza kwa nyundo na misumari ili kisitikisike.
त्यसपछि तिनीहरूले सुन र चाँदीले त्यसलाई सजाउँछन् । त्यो नढलोस् भनेर तिनीहरूले त्यसलाई घन र किल्लाले ठोक्दछन् ।
5 Sanamu zao ni kama sanamu iliyowekwa shambani la matango kutishia ndege nazo haziwezi kuongea; sharti zibebwe sababu haziwezi kutembea. Usiziogope; haziwezi kudhuru, wala kutenda lolote jema.”
तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्ने भएका हुनाले तिनलाई बोक्नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।”
6 Hakuna aliye kama wewe, Ee Bwana; wewe ni mkuu, jina lako ni lenye nguvu katika uweza.
हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।
7 Ni nani ambaye haimpasi kukuheshimu wewe, Ee Mfalme wa mataifa? Hii ni stahili yako. Miongoni mwa watu wote wenye hekima katika mataifa na katika falme zao zote, hakuna aliye kama wewe.
हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
8 Wote hawana akili, tena ni wapumbavu, wanafundishwa na sanamu za miti zisizofaa lolote.
तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।
9 Huleta fedha iliyofuliwa kutoka Tarshishi na dhahabu kutoka Ufazi. Kile ambacho fundi na sonara wametengeneza huvikwa mavazi ya rangi ya samawi na urujuani: vyote vikiwa vimetengenezwa na mafundi stadi.
तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।
10 Lakini Bwana ni Mungu wa kweli, yeye ndiye Mungu aliye hai, Mfalme wa milele. Anapokasirika, dunia hutetemeka, mataifa hayawezi kustahimili hasira yake.
तर परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
11 “Waambie hivi: ‘Miungu hii, ambayo haikuumba mbingu na dunia, itaangamia kutoka dunia na kutoka chini ya mbingu.’”
तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्ट हुनेछन् ।
12 Lakini Mungu aliiumba dunia kwa uweza wake, akaweka misingi ya ulimwengu kwa hekima yake, na akazitandaza mbingu kwa ufahamu wake.
तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
13 Atoapo sauti yake, maji yaliyo katika mbingu hunguruma; huyafanya mawingu yainuke kutoka miisho ya dunia. Hupeleka umeme wa radi pamoja na mvua, naye huuleta upepo kutoka ghala zake.
उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
14 Kila mmoja ni mjinga na hana maarifa, kila sonara ameaibishwa na sanamu zake. Vinyago vyake ni vya udanganyifu, havina pumzi ndani yavyo.
हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
15 Havifai kitu, ni vitu vya kufanyia mzaha tu, hukumu yavyo itakapowadia, vitaangamia.
ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्ट हुनेछन् ।
16 Yeye aliye Fungu la Yakobo sivyo alivyo, kwani ndiye Muumba wa vitu vyote, pamoja na Israeli, kabila la urithi wake: Bwana Mwenye Nguvu Zote ndilo jina lake.
तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
17 Kusanyeni mali na vitu vyenu mwondoke nchi hii, enyi mnaoishi katika hali ya kuzingirwa na jeshi.
ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
18 Kwa kuwa hili ndilo asemalo Bwana: “Wakati huu, nitawatupa nje kwa nguvu wote waishio katika nchi hii; nitawataabisha ili waweze kutekwa.”
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्न लागेको छु । म तिनीहरूमाथि सङ्कष्ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”
19 Ole wangu mimi kwa ajili ya kuumia kwangu! Jeraha langu ni kubwa! Lakini nilisema, “Kweli hii ni adhabu yangu, nami sharti niistahimili.”
मलाई धिक्कार छ! मेरा हड्डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्चय नै यो वेदना हो, तर मैले त्यो सहनैपर्छ ।”
20 Hema langu limeangamizwa; kamba zake zote zimekatwa. Wana wangu wametekwa na hawapo tena; hakuna hata mmoja aliyebaki wa kusimamisha hema langu wala wa kusimamisha kibanda changu.
मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्न वा मेरा पर्दाहरू उठाउन त्यहाँ अब फेरि कोही छैन ।
21 Wachungaji hawana akili wala hawamuulizi Bwana, hivyo hawastawi na kundi lao lote la kondoo limetawanyika.
किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।
22 Sikilizeni! Taarifa inakuja: ghasia kubwa kutoka nchi ya kaskazini! Hii itafanya miji ya Yuda ukiwa, makao ya mbweha.
समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
23 Ninajua, Ee Bwana, kwamba maisha ya mwanadamu si yake mwenyewe; hawezi kuziongoza hatua zake mwenyewe.
हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।
24 Unirudi, Ee Bwana, lakini kwa kipimo cha haki: si katika hasira yako, usije ukaniangamiza.
हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्ट गर्नुहुनेछ ।
25 Umwage ghadhabu yako juu ya mataifa wasiokujua wewe, juu ya mataifa wasioliitia jina lako. Kwa kuwa wamemwangamiza Yakobo; wamemwangamiza kabisa na kuiharibu nchi yake.
तपाईंले नचिन्ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।