< Isaya 55 >
1 “Njooni, ninyi nyote wenye kiu, njooni kwenye maji; nanyi ambao hamna fedha, njooni, nunueni na mle! Njooni, nunueni divai na maziwa bila fedha na bila gharama.
“आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
2 Kwa nini kutumia fedha kwa kitu ambacho si chakula, na kutaabikia kitu kisichoshibisha? Sikilizeni, nisikilizeni mimi na mle kilicho kizuri, nazo nafsi zenu zitafurahia utajiri wa unono.
जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
3 Tegeni sikio mje kwangu, nisikieni mimi, ili nafsi zenu zipate kuishi. Nitafanya agano la milele nanyi, pendo la uaminifu nililomwahidi Daudi.
आफ्ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्न सक्छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
4 Tazama, nimemfanya kuwa shahidi wa mataifa, kiongozi na jemadari wa mataifa.
हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्डरको रूपमा राखेको छु ।
5 Hakika utaita mataifa usiyoyajua, nayo mataifa yale yasiyokujua yataharakisha kukujia, kwa sababu ya Bwana Mungu wako, yeye Aliye Mtakatifu wa Israeli, kwa maana amekutukuza.”
हेर, परमप्रभु तिमीहरूका परमेश्वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
6 Mtafuteni Bwana maadamu anapatikana; mwiteni maadamu yu karibu.
जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
7 Mtu mwovu na aiache njia yake, na mtu mbaya na ayaache mawazo yake. Yeye na amrudie Bwana, naye atamrehemu, arudi kwa Mungu wetu, kwa kuwa atamsamehe bure kabisa.
दुष्टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्वरमा जसले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।
8 “Kwa kuwa mawazo yangu si mawazo yenu, wala njia zenu si njia zangu,” asema Bwana.
“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—
9 “Kama vile mbingu zilivyo juu kuliko dunia, ndivyo njia zangu zilivyo juu kuliko njia zenu na mawazo yangu kuliko mawazo yenu.
किनकि जसरी पृथ्वीभन्दा आकाश उच्च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्दा मेरा विचारहरू उच्च छन् ।
10 Kama vile mvua na theluji ishukavyo kutoka mbinguni, nayo hairudi tena huko bila kunywesha dunia na kuichipusha na kuistawisha, hivyo hutoa mbegu kwa mpanzi na mkate kwa mlaji,
किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्यसलाई उब्जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्म ती त्यहाँ फर्कंदैनन्,
11 ndivyo lilivyo neno langu lile litokalo kinywani mwangu: Halitanirudia tupu, bali litatimiliza lile nililokusudia na litafanikiwa katika kusudi lile nililolituma.
त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्यसलाई पठाएँ, त्यसमा त्यो सफल हुनेछ ।
12 Mtatoka nje kwa furaha na kuongozwa kwa amani; milima na vilima vitapaza sauti kwa nyimbo mbele yenu, nayo miti yote ya shambani itapiga makofi.
किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
13 Badala ya kichaka cha miiba itaota miti ya misunobari, na badala ya michongoma utaota mhadasi. Hili litakuwa jambo la kumpatia Bwana jina, kwa ajili ya ishara ya milele, ambayo haitaharibiwa.”
काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।