< Isaya 53 >

1 Ni nani aliyeamini ujumbe wetu, na mkono wa Bwana umefunuliwa kwa nani?
हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
2 Alikua mbele yake kama mche mwororo na kama mzizi katika nchi kavu. Hakuwa na uzuri wala utukufu wa kutuvutia kwake, hakuwa na chochote katika sura yake cha kutufanya tumtamani.
किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
3 Alidharauliwa na kukataliwa na wanadamu, mtu wa huzuni nyingi, ajuaye mateso. Kama mtu ambaye watu humficha nyuso zao, alidharauliwa, wala hatukumhesabu kuwa kitu.
मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो । दुखको मानिस र कष्‍टसँग परिचित । त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्‍छ ठान्यौं ।
4 Hakika alichukua udhaifu wetu na akajitwika huzuni zetu, hata hivyo tulidhania kuwa amepigwa na Mungu, akapigwa sana naye, na kuteswa.
तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं ।
5 Lakini alitobolewa kwa ajili ya makosa yetu, alichubuliwa kwa ajili ya maovu yetu; adhabu iliyotuletea sisi amani ilikuwa juu yake, na kwa majeraha yake sisi tumepona.
तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं ।
6 Sisi sote, kama kondoo, tumepotea, kila mmoja wetu amegeukia njia yake mwenyewe, naye Bwana aliweka juu yake maovu yetu sisi sote.
हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।
7 Alionewa na kuteswa, hata hivyo hakufungua kinywa chake; aliongozwa kama mwana-kondoo apelekwaye machinjoni, kama vile kondoo anyamazavyo mbele ya wao wamkataye manyoya, hivyo hakufungua kinywa chake.
उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन ।
8 Kwa kuonewa na kuhukumiwa aliondolewa. Nani awezaye kueleza kuhusu kizazi chake? Kwa maana alikatiliwa mbali na nchi ya walio hai, alipigwa kwa ajili ya makosa ya watu wangu.
जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो ।
9 Wakamfanyia kaburi pamoja na waovu, pamoja na matajiri katika kifo chake, ingawa hakutenda jeuri, wala hapakuwa na hila kinywani mwake.
उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।
10 Lakini yalikuwa ni mapenzi ya Bwana kumchubua na kumsababisha ateseke. Ingawa Bwana amefanya maisha yake kuwa sadaka ya hatia, ataona uzao wake na kuishi siku nyingi, nayo mapenzi ya Bwana yatafanikiwa mkononi mwake.
तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
11 Baada ya maumivu ya nafsi yake, ataona nuru ya uzima na kuridhika; kwa maarifa yake, mtumishi wangu mwenye haki atawafanya wengi kuwa wenye haki, naye atayachukua maovu yao.
उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ ।
12 Kwa hiyo nitamgawia sehemu miongoni mwa wakuu, naye atagawana nyara pamoja na wenye nguvu, kwa sababu aliyamimina maisha yake hadi mauti, naye alihesabiwa pamoja na wakosaji. Kwa kuwa alichukua dhambi za wengi, na kuwaombea wakosaji.
यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।

< Isaya 53 >