< Wahebrania 8 >
1 Basi jambo tunalotaka kulisema ni hili: Tunaye Kuhani Mkuu ambaye ameketi mkono wa kuume wa kiti cha enzi cha Aliye Mkuu mbinguni,
अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
2 yeye ahudumuye katika patakatifu, hema la kweli lililowekwa na Bwana, wala si na mwanadamu.
मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
3 Kila kuhani mkuu huwekwa ili atoe sadaka na dhabihu. Vivyo hivyo, ilikuwa jambo muhimu kwa huyu Kuhani naye awe na kitu cha kutoa.
किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्यसकारण, केही कुरा चढाउन आवश्यक छ ।
4 Kama angekuwa duniani, hangekuwa kuhani, kwa sababu tayari wapo watu watoao sadaka kama ilivyoelekezwa na sheria.
अब यदि ख्रीष्ट पृथ्वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्यहाँ व्यवस्थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।
5 Wanahudumu katika patakatifu palipo mfano na kivuli cha mambo ya mbinguni. Hii ndiyo sababu Mose alionywa alipokaribia kujenga hema, akiambiwa: “Hakikisha kuwa unavitengeneza vitu vyote kwa mfano ulioonyeshwa kule mlimani.”
तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्वरले भन्नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
6 Lakini huduma aliyopewa Yesu ni bora zaidi kuliko yao, kama vile agano ambalo yeye ni mpatanishi wake lilivyo bora zaidi kuliko lile la zamani, nalo limewekwa misingi wa ahadi zilizo bora zaidi.
तर अहिले ख्रीष्टले प्राप्त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्यस्थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्थापना गरिएको छ ।
7 Kwa maana kama hapakuwa na kasoro katika lile agano la kwanza, pasingekuwa na haja ya kutafuta nafasi kwa ajili ya jingine.
किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्यकता नै पर्दैन थियो ।
8 Lakini Mungu aliona kosa kwa watu, naye akasema: “Siku zinakuja, asema Bwana, nitakapofanya agano jipya na nyumba ya Israeli na nyumba ya Yuda.
किनकि जब परमेश्वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्नुभयो, “हेर, परमप्रभु भन्नुहुन्छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्थापना गर्नेछु ।
9 Agano langu halitakuwa kama lile nililofanya na baba zao nilipowashika mkono kuwaongoza watoke nchi ya Misri, kwa sababu hawakuendelea kuwa waaminifu katika agano langu, nami nikawaacha, asema Bwana.
यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्याएर ल्याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्नुहुन्छ, मैले तिनीहरूको बेवास्ता गरे ।
10 Hili ndilo agano nitakalofanya na nyumba ya Israeli baada ya siku zile, asema Bwana. Nitaziweka sheria zangu katika nia zao na kuziandika mioyoni mwao. Nitakuwa Mungu wao, nao watakuwa watu wangu.
परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
11 Mtu hatamfundisha tena jirani yake, wala mtu kumfundisha ndugu yake akisema, ‘Mjue Bwana,’ kwa sababu wote watanijua mimi, tangu aliye mdogo kabisa kwao, hadi aliye mkuu sana.
तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्, र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्म सबैले मलाई चिन्नेछन् ।
12 Kwa sababu nitasamehe uovu wao, wala sitazikumbuka dhambi zao tena!”
किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
13 Kwa kuliita agano hili “jipya,” Mungu amefanya lile agano la kwanza kuwa kuukuu; nacho kitu kinachoanza kuchakaa na kuwa kikuukuu kiko karibu kutoweka.
“नयाँ” भन्नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।