< Mwanzo 36 >

1 Hivi ndivyo vizazi vya Esau (yaani Edomu).
एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
2 Esau akaoa wake kutoka miongoni mwa wanawake wa Kanaani: Ada binti wa Eloni Mhiti, Oholibama binti wa Ana, mjukuu wa kike wa Sibeoni Mhivi,
एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
3 pia akaoa Basemathi binti wa Ishmaeli, dada yake Nebayothi.
र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
4 Ada akamzalia Esau Elifazi, Basemathi akamzaa Reueli,
आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
5 Oholibama akamzaa Yeushi, Yalamu na Kora. Hawa ndio wana wa Esau waliozaliwa kwake huko Kanaani.
ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
6 Esau akawachukua wake zake, watoto wake wa kiume na wa kike na wote wa nyumbani mwake, mifugo yake pamoja na wanyama wake wengine wote na mali yake yote ambayo alikuwa ameipata akiwa Kanaani, akahamia katika nchi iliyo mbali na Yakobo ndugu yake.
एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।
7 Mali zao zilikuwa nyingi sana kiasi kwamba haikuwa rahisi wao kuishi pamoja, nchi waliyokuwa wakiishi isingewatosha wote kwa ajili ya mifugo yao.
तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
8 Kwa hiyo Esau (ambaye ni Edomu) aliishi katika nchi ya kilima huko Seiri.
यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
9 Hawa ndio wazao wa Esau, baba wa Waedomu, katika nchi ya kilima cha Seiri.
सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
10 Haya ndiyo majina ya wana wa Esau: Elifazi, mwana wa Esau ambaye mkewe Ada alimzalia; na Reueli, mwana wa Esau ambaye mkewe Basemathi alimzalia.
एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।
11 Wana wa Elifazi ni: Temani, Omari, Sefo, Gatamu na Kenazi.
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
12 Elifazi mwana wa Esau alikuwa pia na suria aliyeitwa Timna, ambaye alimzalia Amaleki. Hawa ndio waliokuwa wajukuu wa Ada mke wa Esau.
एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
13 Wana wa Reueli ni: Nahathi, Zera, Shama na Miza. Hawa ndio waliokuwa wajukuu wa Basemathi mkewe Esau.
रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।
14 Wana wa Oholibama binti Ana, mkewe Esau, aliyekuwa mjukuu wa Sibeoni, aliomzalia Esau ni: Yeushi, Yalamu na Kora.
एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
15 Hawa ndio waliokuwa wakuu miongoni mwa wazao wa Esau: Wakuu wa wana wa Elifazi, mzaliwa wa kwanza wa Esau ni: Temani, Omari, Sefo, Kenazi,
एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
16 Kora, Gatamu na Amaleki. Hawa ndio waliokuwa wakuu waliotoka kwa Elifazi huko Edomu, waliokuwa wajukuu wa kiume wa Ada.
कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
17 Wakuu wa wana wa Reueli, mwana wa Esau ni: Nahathi, Zera, Shama na Miza. Hawa ndio wakuu waliotoka kwa Reueli huko Edomu, waliokuwa wajukuu wa kiume wa Basemathi mkewe Esau.
एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।
18 Wakuu wa wana wa Esau ambao mkewe Oholibama alimzalia ni: Yeushi, Yalamu na Kora. Hawa ndio wakuu waliotoka kwa mke wa Esau, Oholibama binti Ana.
एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
19 Hawa ndio waliokuwa wana wa Esau (ndiye Edomu), na hawa ndio waliokuwa wakuu wao.
एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
20 Hawa ndio walikuwa wana wa Seiri, Mhori, waliokuwa wakiishi katika nchi ile: Lotani, Shobali, Sibeoni, Ana,
होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
21 Dishoni, Eseri na Dishani. Hawa ndio wana wa Seiri huko Edomu waliokuwa wakuu kwa Wahori.
दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
22 Wana wa Lotani walikuwa: Hori na Homamu. Timna alikuwa dada yake Lotani.
लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।
23 Wana wa Shobali walikuwa: Alvani, Manahathi, Ebali, Shefo na Onamu.
शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
24 Wana wa Sibeoni walikuwa: Aiya na Ana. Huyu Ana ndiye aligundua chemchemi ya maji moto jangwani alipokuwa akichunga punda za Sibeoni baba yake.
सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
25 Watoto wa Ana walikuwa: Dishoni na Oholibama binti wa Ana.
अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
26 Wana wa Dishoni walikuwa: Hemdani, Eshbani, Ithrani na Kerani.
दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।
27 Wana wa Eseri walikuwa: Bilhani, Zaavani na Akani.
एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
28 Wana wa Dishani walikuwa: Usi na Arani.
दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
29 Hawa ndio waliokuwa wakuu wa Wahori: Lotani, Shobali, Sibeoni, Ana,
होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
30 Dishoni, Eseri na Dishani. Hawa ndio walikuwa wakuu wa Wahori, kufuatana na makundi yao, katika nchi ya Seiri.
दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
31 Wafuatao ni wafalme waliotawala Edomu kabla ya mfalme yeyote wa Israeli kutawala:
इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
32 Bela mwana wa Beori alikuwa mfalme wa Edomu. Mji wake uliitwa Dinhaba.
बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
33 Bela alipofariki, Yobabu mwana wa Zera kutoka Bosra akawa mfalme baada yake.
बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
34 Yobabu alipofariki, Hushamu kutoka nchi ya Watemani akawa mfalme baada yake.
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
35 Hushamu alipofariki, Hadadi mwana wa Bedadi, aliyeshinda Midiani katika nchi ya Moabu, akawa mfalme baada yake. Mji wake uliitwa Avithi.
हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
36 Hadadi alipofariki, Samla kutoka Masreka akawa mfalme baada yake.
हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
37 Samla alipofariki, Shauli kutoka Rehobothi ngʼambo ya Mto Frati akawa mfalme baada yake.
सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
38 Shauli alipofariki, Baal-Hanani mwana wa Akbori akawa mfalme baada yake.
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
39 Baal-Hanani mwana wa Akbori alipofariki, Hadadi akawa mfalme baada yake. Mji wake uliitwa Pau, na mkewe aliitwa Mehetabeli binti Matredi, binti Me-Zahabu.
अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
40 Hawa ndio wakuu waliotokana na Esau, kwa majina, kufuatana na koo zao na nchi zao: Timna, Alva, Yethethi,
एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,
41 Oholibama, Ela, Pinoni,
ओहोलीबामा, एलाह, पीनोन,
42 Kenazi, Temani, Mibsari,
कनज, तेमान, मिब्सार,
43 Magdieli na Iramu. Hawa ndio walikuwa wakuu wa Edomu, kufuatana na makazi yao katika nchi waliyoimiliki. Huyu ndiye alikuwa Esau, baba wa Waedomu.
मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।

< Mwanzo 36 >