< Ezekieli 29 >
1 Katika mwaka wa kumi, mwezi wa kumi, siku ya kumi na mbili, neno la Bwana likanijia kusema:
दशौं वर्षको दशौं महिनामा उक्त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Mwanadamu, elekeza uso wako juu ya Farao mfalme wa Misri na utabiri dhidi yake na dhidi ya Misri yote.
“ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन् ।
3 Nena, nawe useme: ‘Hili ndilo Bwana Mwenyezi asemalo: “‘Mimi ni kinyume nawe, Farao, mfalme wa Misri, joka kubwa ulalaye katikati ya vijito vyako. Unasema, “Mto Naili ni wangu mwenyewe; niliufanya kwa ajili yangu mwenyewe.”
घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्छस्, “मेरो नदी मेरै हो । त्यो मैले आफ्नो निम्ति बनाएको हुँ ।”
4 Lakini nitatia ndoana katika mataya yako nami nitawafanya samaki wa vijito vyako washikamane na magamba yako. Nitakutoa katikati ya vijito vyako, pamoja na samaki wote walioshikamana na magamba yako.
किनभने म तेरो बङ्गारामा बल्छी लगाउनेछु, र तेरै कत्लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्नेछु ।
5 Nitakutupa jangwani, wewe pamoja na samaki wote wa vijito vyako. Utaanguka uwanjani, nawe hutakusanywa au kuchukuliwa. Nitakutoa uwe chakula kwa wanyama wa nchi na ndege wa angani.
तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्थान फाल्नेछु । तँ खुला मैदानमा ढल्नेछस् । तँलाई कसैले जम्मा गर्ने वा उठाउने छैन । पृथ्वीका प्राणीहरू र आकाशका चाराहरूका निम्ति आहारा हुन म तँलाई दिनेछु ।
6 Ndipo wale wote waishio Misri watakapojua kuwa Mimi ndimi Bwana. “‘Umekuwa fimbo ya tete kwa nyumba ya Israeli.
तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् ।
7 Walipokushika kwa mikono yao, ulivunjika na kuchana mabega yao; walipokuegemea, ulivunjika na migongo yao ikateguka.
जब तिनीहरूले तँलाई आफ्नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।
8 “‘Kwa hiyo hili ndilo Bwana Mwenyezi asemalo: Nitaleta upanga juu yako na kuua watu wako na wanyama wao.
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, तेरो विरुद्धमा म तरवार ल्याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।
9 Misri itakuwa ukiwa na isiyolimwa wala kukaliwa na watu. Ndipo watakapojua kuwa Mimi ndimi Bwana. “‘Kwa sababu ulisema, “Mto Naili ni wangu; mimi niliufanya,”
यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।”
10 kwa hiyo mimi ni kinyume nawe na kinyume na vijito vyako, nami nitaifanya nchi ya Misri kuwa magofu na ukiwa isiyolimwa wala kukaliwa na watu kuanzia Migdoli hadi Aswani, hata kufikia mpakani wa Ethiopia.
यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्दोलदेखि आश्वानसम्म र कूश देशको सिमानासम्म नै तँ उजाड-स्थान हुनेछस् ।
11 Hakuna unyayo wa mtu au mnyama utakaopita ndani yake, wala hakuna yeyote atakayeishi humo kwa muda wa miaka arobaini.
कुनै मानिसको खुट्टाले त्यहाँ टेक्नेछैन, अनि र कुनै पशुको खुट्टाले त्यहाँ टेक्नेछैन । चालीस वर्षसम्म त्यहाँ कोही बस्नेछैन ।
12 Nitaifanya nchi ya Misri ukiwa, miongoni mwa nchi zilizo ukiwa, nayo miji yake itabaki ukiwa miaka arobaini miongoni mwa miji iliyo magofu. Nami nitawatawanya Wamisri miongoni mwa mataifa na kuwafukuza huku na huko katika nchi nyingine.
किनकि म मिश्रदेशलाई बस्ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्मै उजाड रहनेछन् । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।
13 “‘Lakini hili ndilo Bwana Mwenyezi asemalo: Mwishoni mwa hiyo miaka arobaini, nitawakusanya Wamisri kutoka mataifa walikotawanywa.
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः चालीस वर्षको अन्तमा मिश्रीहरूलाई तिनीहरू छरपष्ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु ।
14 Nitawarudisha hao Wamisri kutoka kwenye kutekwa kwao na kuwaweka katika Pathrosi, nchi ya baba zao. Huko watakuwa na ufalme usiokuwa na nguvu.
म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्याउनेछु । तब तिनीहरू त्यहाँ एक तुच्छ राज्य भएर बस्नेछन् ।
15 Utakuwa ufalme dhaifu kuliko zote na kamwe Misri haitajikweza tena juu ya mataifa mengine. Nitaufanya ufalme wake dhaifu sana kiasi kwamba kamwe hautatawala tena juu ya mataifa mengine.
त्यो सारा राज्यहरूमा सबैभन्दा तुच्छ हुनेछ, अनि त्यो फेरि जातिहरूका माझमा कहिल्यै उच्च पारिनेछैन । म त्यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्यै जातिहरूमाथि राज्य गर्नेछैनन् ।
16 Misri haitakuwa tena tumaini la watu wa Israeli bali itakuwa kumbukumbu ya dhambi yao kwa kuigeukia kuomba msaada. Ndipo watakapojua kuwa Mimi ndimi Bwana Mwenyezi.’”
इस्राएलका घरानाका निम्ति मिश्रदेश फेरि कहिल्यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्न जाँदा त्यहाँ तिनीहरूले गरेको अपराधका सम्झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्' ।”
17 Katika mwaka wa ishirini na saba, mwezi wa kwanza, siku ya kwanza, neno la Bwana likanijia, kusema:
तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
18 “Mwanadamu, Nebukadneza mfalme wa Babeli aliongoza jeshi lake kufanya kazi ngumu dhidi ya Tiro; kila kichwa kilipata upaa na kila bega likachunika. Lakini yeye na jeshi lake hawakupata malipo yoyote kutokana na muda wote aliongoza hiyo vita dhidi ya Tiro.
ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्नो फौजले तयार राख्यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्यसले गरेको परिश्रमको सट्टा त्यसले र त्यसको सेनाले केही इनाम पाउन सकेनन् ।
19 Kwa hiyo hili ndilo Bwana Mwenyezi asemalo: Nitaitia Misri mikononi mwa Nebukadneza mfalme wa Babeli, naye atachukua utajiri wa Misri. Atateka mateka na kuchukua nyara mali za Misri kama ujira kwa ajili ya jeshi lake.
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ ।
20 Nimempa mfalme wa Babeli nchi ya Misri kuwa ujira kwa juhudi zake kwa sababu yeye na jeshi lake walifanya kwa ajili yangu, asema Bwana Mwenyezi.
त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
21 “Katika siku hiyo nitaifanya nyumba ya Israeli iwe na nguvu nami nitakifungua kinywa chako miongoni mwao. Ndipo watakapojua kwamba Mimi ndimi Bwana.”
त्यस दिन म इस्राएलका घरानाको निम्ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”