< Ezekieli 17 >
1 Neno la Bwana likanijia kusema:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Mwanadamu, tega kitendawili, ukawaambie nyumba ya Israeli fumbo.
“ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्टान्त प्रस्तुत गर् ।
3 Waambie hivi, ‘Hili ndilo Bwana Mwenyezi asemalo: Tai mkubwa mwenye mabawa yenye nguvu, yaliyojaa manyoya marefu ya rangi mbalimbali, alikuja Lebanoni. Akatua kwenye kilele cha mwerezi,
यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्दर प्वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्पामा बस्यो ।
4 akakwanyua ncha yake na kuichukua mpaka nchi ya wafanyabiashara, akaipanda huko katika mji wa wachuuzi.
त्यसले हाँगाहरूका टुप्पाहरू भाँच्यो र ती कनान देशमा लिएर गयो । त्यसले त्यो व्यापारीहरूका एउटा सहरमा रोप्यो ।
5 “‘Akachukua baadhi ya mbegu za nchi yako na kuziweka katika udongo wenye rutuba. Akazipanda kama mti umeao kando ya maji mengi,
त्यसले देशको केही बिउ लग्यो र ती मलिलो जमिनमा रोप्यो । त्यसले बैंसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो ।
6 nazo zikaota na kuwa mzabibu mfupi, unaoeneza matawi yake. Matawi yake yakamwelekea huyo tai, mizizi yake ikabaki chini ya huo mzabibu. Kwa hiyo ukawa mzabibu na kutoa matawi na vitawi vyenye majani mengi.
तब त्यो उम्य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्तो भयो । त्यसका हाँगाहरू ऊतिर फर्किए र त्यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्यो एउटा दाखको बटो भयो र त्यसका हाँगाहरू र मुनाहरू पलाए ।
7 “‘Lakini kulikuwa na tai mwingine mkubwa, mwenye mabawa yenye nguvu yaliyojaa manyoya. Tazama! Huu mzabibu ukatoa mizizi yake kumwelekea huyo tai kutoka mle kwenye shamba lile ulikopandwa na kutanda matawi yake kumwelekea kwa ajili ya kupata maji.
तर त्यहाँ ठुला पखेटा र धेरै प्वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यो चीलतिर फर्कायो र आफ्ना हाँगाहरू त्यही चीलतिर नै फैलायो, यसरी त्यसले पानी पाउन सकोस् ।
8 Ulikuwa umepandwa katika udongo mzuri wenye maji mengi ili uweze kutoa matawi, kuzaa matunda na uweze kuwa mzabibu mzuri sana.’
प्रशस्त पानीको छेउमा एउटा राम्रो जमिनमा त्यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
9 “Waambie, ‘Hili ndilo Bwana Mwenyezi asemalo: Je, utastawi? Je, hautangʼolewa na kuondolewa matunda yake, ili uweze kunyauka? Majani yake mapya yanayochipua yote yatanyauka. Hautahitaji mkono wenye nguvu au watu wengi kuungʼoa na mizizi yake.
मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् ।
10 Hata kama utapandwa pengine, Je, utastawi? Je, hautanyauka kabisa wakati upepo wa mashariki utakapoupiga, yaani, hautanyauka kabisa katika udongo mzuri ambamo ulikuwa umestawi vizuri?’”
यसैले हेर्, त्यसलाई रोपेपछि के त्यो बढ्छ र? पूर्वीय बतासले त्यसलाई हानेपछि के त्यो ओइलाउँदैन र? त्यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
11 Ndipo neno la Bwana likanijia kusema:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12 “Waambie nyumba hii ya kuasi, ‘Je, mnajua hii ina maana gani?’ Waambie: ‘Mfalme wa Babeli alikwenda Yerusalemu na kumchukua mfalme na watu maarufu, akarudi nao na kuwaleta mpaka Babeli.
“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो ।
13 Ndipo akamchukua mmoja wa jamaa ya mfalme na kufanya mapatano naye, akamfanya aape. Akawachukua pia viongozi wa nchi,
तब त्यसले राजकीय वंशमध्येको एक जनालाई लियो, ऊसित एउटा करार गर्यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्यो,
14 ili kuudhoofisha ufalme huo, usiweze kuinuka tena, ila uweze kuendelea tu chini ya mapatano yake.
यसरी त्यो राज्य निर्बल रहोस् र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस् ।
15 Lakini mfalme aliasi dhidi yake kwa kutuma wajumbe wake kwenda Misri ili kupatiwa farasi na jeshi kubwa. Je, atashinda? Je, atafanikiwa? Je, mtu afanyaye mambo kama hayo ataokoka? Je, atavunja mapatano na bado aokoke?
तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्ना राजदूतहरू पठायो । के त्यो सफल हुनेछ र? के यस्ता कुराहरू गर्ने मानिस उम्कन सक्छ र? करार भङ्ग गरेपछि पनि के त्यो उम्कन सक्छ र?
16 “‘Hakika kama niishivyo, asema Bwana Mwenyezi, atafia huko Babeli, katika nchi ya mfalme aliyemketisha katika kiti cha enzi, ambaye alidharau kiapo chake na kuvunja mapatano yake.
जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्छ ठान्यो र जसको करारलाई उसले भङ्ग गर्यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
17 Farao na jeshi lake kubwa, na wingi wake wa watu hawataweza kusaidia chochote katika vita, wakati watakapozungukwa na jeshi ili kukatilia mbali maisha ya watu wengi.
फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्छन् र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छन् ।
18 Alidharau kiapo kwa kuvunja Agano. Kwa sababu aliahidi kwa mkono wake mwenyewe na bado akafanya mambo haya yote, hataokoka.
किनकि त्यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्नो हात पसार्यो तापनि उसले यी कामहरू गर्यो । ऊ उम्कनेछैन ।
19 “‘Kwa hiyo hili ndilo Bwana Mwenyezi asemalo: Hakika kama niishivyo, nitaleta juu ya kichwa chake kiapo changu, alichokidharau na Agano langu lile alilolivunja.
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जस्तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्याइदिनेछु ।
20 Nitautandaza wavu wangu kwa ajili yake, naye atanaswa katika mtego wangu. Nitamleta mpaka Babeli na kutekeleza hukumu juu yake huko kwa kuwa hakuwa mwaminifu kwangu.
म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्ति म उसको न्याय गर्नेछु ।
21 Askari wake wote wanaotoroka wataanguka kwa upanga, nao watakaonusurika watatawanyika katika pande zote za dunia. Ndipo utakapojua kuwa Mimi Bwana nimesema.
उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।
22 “‘Hili ndilo Bwana Mwenyezi asemalo: Mimi mwenyewe nitachukua chipukizi kutoka kwenye kilele cha juu sana cha mwerezi na kukipanda, nitavunja kitawi kichanga kutoka matawi yake ya juu kabisa na kukipanda juu ya mlima mrefu ulioinuka sana.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'यसैले त्यो देवदारुको सबैभन्दा टुप्पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्च पर्वतमा रोप्नेछु ।
23 Katika vilele vya mlima mrefu wa Israeli nitakipanda, kitatoa matawi na kuzaa matunda na kuwa mwerezi mzuri sana. Ndege wa kila aina wataweka viota vyao ndani yake, nao watapata makazi katika kivuli cha matawi yake.
त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्नेछु, ताकि त्यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।
24 Miti yote ya kondeni itajua kuwa Mimi Bwana ninaishusha miti mirefu na kuikuza miti mifupi kuwa miti mirefu. Mimi naikausha miti mibichi na kuifanya miti mikavu istawi. “‘Mimi Bwana nimesema, nami nitatenda.’”
तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन् । म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।