< Torati 23 >
1 Asiingie mtu yeyote aliyehasiwa kwa kupondwa makende au kwa kukatwa uume wake katika kusanyiko la Bwana.
लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू ।
2 Mtu yeyote ambaye amezaliwa kwenye ndoa isiyo halali au wazao wake wasiingie kwenye kusanyiko la Bwana, hata mpaka kizazi cha kumi.
कुनै अवैध बच्चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
3 Hapatakuwa na Mwamoni au Mmoabu au yeyote wa wazao wao atakayeruhusiwa kuingia katika kusanyiko la Bwana, hata mpaka kizazi cha kumi.
अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
4 Kwa kuwa hawakuja kuwalaki wakiwa na mkate na maji mlipokuwa njiani mlipotoka Misri, tena walimwajiri Balaamu mwana wa Beori kutoka Pethori iliyoko Aramu-Naharaimu ili kuwalaani ninyi.
किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।
5 Hata hivyo, Bwana Mungu wenu hakumsikiliza Balaamu bali aligeuza laana kuwa baraka kwenu kwa sababu Bwana Mungu wenu anawapenda.
तर परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन । बरु, तिमीहरूका परमेश्वरले श्रापलाई आशिष्मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।
6 Msitafute mapatano ya urafiki nao maisha yenu yote.
तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्नतिको खोजी नगर्नू ।
7 Usimchukie Mwedomu, kwa kuwa yeye ni ndugu yako. Usimchukie Mmisri, kwa sababu uliishi kama mgeni katika nchi yake.
तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।
8 Kizazi cha tatu cha watoto watakaozaliwa nao wanaweza kuingia katika kusanyiko la Bwana.
तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्न सक्छन् ।
9 Unapokuwa umepiga kambi dhidi ya adui zako, jitenge na kitu chochote kisicho safi.
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्ट कुराहरूबाट अलग राख ।
10 Ikiwa mtu amechafuka kwa sababu ya kutokwa na shahawa usiku, inampasa atoke nje ya kambi na kukaa huko.
तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।
11 Lakini jioni ikikaribia ataoga, na baada ya jua kuzama ataingia tena kambini.
साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।
12 Tengeni mahali nje ya kambi ambapo mnaweza kwenda kujisaidia.
छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।
13 Kama sehemu ya vifaa vyenu kuweni na kitu cha kulimia, nanyi mnapojisaidia, chimba shimo na kisha funika kile kikutokacho.
खन्नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।
14 Kwa kuwa Bwana Mungu wenu hutembea katika kambi yenu ili kuwalinda na kuwaweka adui zenu mikononi mwenu. Kambi yenu ni lazima iwe takatifu, ili asione kitu chochote miongoni mwenu kilicho kichafu akageuka na kuwaacha.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।
15 Ikiwa mtumwa amekimbilia kwako, usimrudishe kwa bwana wake.
आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।
16 Mwache aishi miongoni mwenu mahali popote anapopapenda na katika mji wowote anaochagua. Usimwonee.
त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्न दिनू । त्यसलाई थिचोमिचो नगर्नू ।
17 Asiwepo Mwisraeli mwanamke kahaba au mwanaume hanithi wa mahali pa kuabudia miungu.
इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् ।
18 Kamwe usilete mapato ya ukahaba ikiwa ni ya mwanamke au ni ya mwanaume katika nyumba ya Bwana Mungu wako kwa ajili ya nadhiri yoyote, kwa sababu Bwana Mungu wako anachukizwa na yote mawili.
तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित कुराहरू हुन् ।
19 Usimtoze ndugu yako riba, iwe ni fedha ama chakula ama kitu kingine chochote ambacho waweza kupata riba juu yake.
ब्याज प्राप्त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।
20 Unaweza kumtoza mgeni riba, lakini siyo nduguyo Mwisraeli, ili kwamba Bwana Mungu wako akubariki katika kila kitu unachoweka mkono katika nchi unayoingia kuimiliki.
परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।
21 Ukiweka nadhiri kwa Bwana Mungu wako, usichelewe kuitimiza, kwa kuwa Bwana Mungu wako atakudai, nawe utakuwa na hatia ya dhambi.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो ।
22 Lakini ukijizuia kuweka nadhiri, hutakuwa na hatia.
तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन ।
23 Chochote kitakachotamkwa kwa midomo yako ni lazima uhakikishe umekifanya, kwa sababu uliweka nadhiri yako kwa hiari mbele za Bwana Mungu wako kwa kinywa chako mwenyewe.
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।
24 Kama ukiingia katika shamba la mizabibu la jirani yako, unaweza kula zabibu kadiri utakavyo, lakini usiweke chochote kwenye kikapu chako.
तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।
25 Kama ukiingia katika shamba la nafaka la jirani yako, unaweza kukwanyua kwa mikono yako, lakini usikate kwa mundu nafaka iliyosimama.
तिमीहरू आफ्नो छिमेकीको अन्न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्नका बाला टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।