< Matendo 12 >
1 Wakati huo huo Mfalme Herode Agripa aliwakamata baadhi ya watu wa kanisa.
त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।
2 Akaamuru Yakobo, ndugu yake Yohana, auawe kwa upanga.
उनले यूहन्नाको भाइ याकूबलाई तरवारले मारे ।
3 Alipoona jambo hilo limewapendeza Wayahudi, akaendelea, akamkamata pia Petro. Hii ilitokea wakati wa Sikukuu ya Mikate Isiyotiwa Chachu.
त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो ।
4 Baada ya kumkamata alimtia gerezani, chini ya ulinzi wa vikundi vinne vya askari, vyenye askari wanne kila kimoja. Herode alikuwa amekusudia kumtoa na kumfanyia mashtaka mbele ya watu baada ya Pasaka.
उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।
5 Kwa hiyo Petro akawekwa gerezani, lakini kanisa lilikuwa likimwombea kwa Mungu kwa bidii.
त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए ।
6 Usiku ule kabla ya siku ambayo Herode Agripa alikuwa amekusudia kumtoa na kumfanyia mashtaka, Petro alikuwa amelala kati ya askari wawili, akiwa amefungwa kwa minyororo miwili. Nao walinzi wa zamu walikuwa wakilinda penye lango la gereza.
हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।
7 Ghafula malaika wa Bwana akatokea na nuru ikamulika mle ndani ya gereza. Yule malaika akampiga Petro ubavuni na kumwamsha, akisema, “Ondoka upesi!” Mara ile minyororo ikaanguka kutoka mikononi mwa Petro.
तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे ।
8 Yule malaika akamwambia, “Vaa nguo zako na viatu vyako.” Petro akafanya hivyo. Kisha akamwambia, “Jifunge vazi lako na unifuate.”
स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’
9 Petro akatoka mle gerezani akiwa amefuatana na yule malaika. Hakujua wakati huo kuwa yaliyokuwa yakitukia yalikuwa kweli. Alidhani kuwa anaona maono.
त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे।
10 Wakapita lindo la kwanza na la pili, ndipo wakafika kwenye lango la chuma linaloelekea mjini. Lango likawafungukia lenyewe, nao wakapita hapo wakatoka nje. Baada ya kutembea umbali wa mtaa mmoja, ghafula yule malaika akamwacha Petro.
त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।
11 Ndipo Petro akarudiwa na fahamu, akasema, “Sasa ninajua bila shaka yoyote kuwa Bwana amemtuma malaika wake na kuniokoa kutoka makucha ya Herode Agripa na kutoka matazamio yote ya Wayahudi.”
जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।”
12 Mara Petro alipotambua hili alikwenda nyumbani kwa Maria, mama yake Yohana aliyeitwa pia Marko, ambako watu wengi walikuwa wamekutana kwa maombi.
उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।
13 Petro alipobisha hodi kwenye lango la nje, mtumishi wa kike jina lake Roda, akaja kumfungulia.
जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् ।
14 Alipoitambua sauti ya Petro, alifurahi mno akarudi bila kufungua na kuwaeleza kwamba, “Petro yuko langoni!”
जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् ।
15 Wakamwambia yule mtumishi wa kike, “Umerukwa na akili.” Alipozidi kusisitiza kuwa ni kweli, wakasema, “Lazima awe ni malaika wake.”
त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”
16 Lakini Petro aliendelea kugonga langoni, nao walipofungua lango na kumwona Petro, walistaajabu sana.
तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।
17 Yeye akawaashiria kwa mkono wake wanyamaze kimya, akawaeleza jinsi Bwana alivyomtoa gerezani. Naye akaongeza kusema, “Waelezeni Yakobo na ndugu wengine habari hizi.” Kisha akaondoka akaenda sehemu nyingine.
पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए ।
18 Kulipokucha kukawa na fadhaa kubwa miongoni mwa wale askari kuhusu yaliyomtukia Petro.
जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।
19 Baada ya Herode kuamuru atafutwe kila mahali na bila kumpata, aliwahoji wale askari walinzi kisha akatoa amri wauawe. Basi Herode Agripa akatoka Uyahudi akaenda Kaisaria, akakaa huko kwa muda.
हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।
20 Basi Herode Agripa alikuwa amekasirishwa sana na watu wa Tiro na Sidoni. Hivyo watu wa miji hiyo miwili wakaungana pamoja wakatafuta kukutana naye. Wakiisha kuungwa mkono na Blasto, mtumishi maalum wa Mfalme Herode Agripa aliyeaminika, wakaomba mapatano ya amani maana nchi zao zilitegemea nchi ya huyo mfalme kwa mahitaji yao ya chakula.
हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्न प्राप्त गर्ने गर्दथ्यो ।
21 Katika siku iliyochaguliwa Herode Agripa akavaa mavazi yake ya kifalme, akaketi kwenye kiti chake cha enzi na kuwahutubia watu.
एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।
22 Watu waliokuwa wamekusanyika wakapiga kelele, wakisema, “Hii si sauti ya mwanadamu, bali ni ya Mungu.”
मानिसहरूले यसो भन्दै चिच्च्याए “यो त ईश्वरको अवाज हो, मानिसको होइन ।”
23 Ghafula, kwa kuwa Herode hakumpa Mungu utukufu, malaika wa Bwana akampiga, naye akaliwa na chango, akafa.
तिनले परमेश्वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
24 Lakini neno la Mungu likaendelea mbele na kuenea, nao wengi wakaambatana nalo.
तर परमेश्वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।
25 Barnaba na Sauli walipomaliza ile huduma yao iliyowapeleka, wakarudi Yerusalemu wakiwa pamoja na Yohana aitwaye Marko.
शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।