< 2 Nyakati 14 >
1 Naye Abiya akalala na baba zake, akazikwa katika Mji wa Daudi. Asa mwanawe akawa mfalme baada yake. Katika siku zake, nchi ikawa na amani kwa miaka kumi.
अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्ति भयो ।
2 Asa akatenda yaliyo mema na haki machoni pa Bwana Mungu wake.
आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठिक थियो त्यही गरे,
3 Akaziondoa madhabahu za kigeni na mahali pa juu pa kuabudia miungu, akayavunja yale mawe ya kuabudiwa na kuzikatakata nguzo za Maashera.
किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्बाहरू भत्काइदिए, र अशेरा देवीका खम्बाहरूलाई ढालिदिए ।
4 Akawaamuru Yuda kumtafuta Bwana, Mungu wa baba zao na kutii sheria zake na amri zake.
तिनले यहूदालाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने, र व्यवस्था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
5 Akaondoa mahali pa juu pa kuabudia miungu na madhabahu za kufukizia uvumba kwenye kila mji katika Yuda, nao ufalme ulikuwa na amani katika utawala wake.
साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्ति पायो ।
6 Akajenga miji yenye ngome katika Yuda, wakati nchi ikiwa na amani. Hakuna mtu yeyote aliyepigana vita naye katika miaka hiyo, kwa kuwa Bwana alimstarehesha.
तिनले यहूदामा किल्ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
7 Mfalme akawaambia Yuda, “Tuijenge hii miji na tuizungushie kuta, pamoja na minara, malango na makomeo. Nchi bado ni yetu, kwa sababu tumemtafuta Bwana Mungu wetu, tulimtafuta naye ametupa raha kila upande.” Hivyo wakajenga na wakafanikiwa.
किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।
8 Asa alikuwa na jeshi la watu 300,000 kutoka Yuda, wenye ngao kubwa na mikuki na jeshi la watu 280,000 kutoka Benyamini, wenye ngao ndogo na pinde. Watu hawa wote walikuwa wapiganaji mashujaa.
आसाका ढाल र भालाहरू बोक्ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
9 Zera Mkushi akatoka kupigana dhidi yao akiwa na jeshi la watu maelfu ya maelfu na magari ya vita 300, nao wakaja mpaka Maresha.
कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।
10 Asa akatoka kumkabili, nao wakapanga vita katika Bonde la Sefatha karibu na Maresha.
तब आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।
11 Kisha Asa akamlilia Bwana Mungu wake na kusema, “Ee Bwana, hakuna yeyote aliye kama wewe wa kuwasaidia wasio na nguvu dhidi ya wenye nguvu. Utusaidie, Ee Bwana, wewe ndiwe Mungu wetu, kwa kuwa tunakutumainia wewe, nasi kwa jina lako tumekuja dhidi ya jeshi hili kubwa. Ee Bwana, wewe ndiwe Mungu wetu, usiwaache wanadamu wakushinde wewe.”
आसाले परमप्रभु आफ्ना परमेश्वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
12 Bwana akawapiga Wakushi mbele ya Asa na Yuda. Wakushi wakakimbia,
यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।
13 naye Asa na jeshi lake wakawafuatia mpaka Gerari. Idadi kubwa ya Wakushi ilianguka hata wasiweze kuinuka tena, wakapondapondwa mbele za Bwana na majeshi yake.
आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।
14 Watu wa Yuda wakachukua nyara nyingi sana, wakaangamiza vijiji vyote vinavyoizunguka Gerari, kwa kuwa hofu ya Bwana ilikuwa imewaangukia. Wakateka nyara vijiji hivi vyote, kwani kulikuwepo nyara nyingi huko.
फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्तीमा लूट मच्चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
15 Pia wakashambulia kambi za wachunga makundi ya wanyama wakachukua na kuyaswaga makundi ya kondoo, mbuzi na ngamia. Kisha wakarudi Yerusalemu.
फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।