< 1 Nyakati 9 >
1 Waisraeli wote waliorodheshwa katika koo zilizoandikwa kwenye kitabu cha wafalme wa Israeli. Watu wa Yuda walichukuliwa mateka kwenda Babeli kwa sababu ya kukosa uaminifu kwa Mungu.
यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो ।
2 Basi watu wa kwanza kurudi kukaa kwenye milki zao katika miji yao walikuwa baadhi ya Waisraeli, makuhani, Walawi na watumishi wa Hekalu.
सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए ।
3 Wale waliotoka Yuda, Benyamini, Efraimu na Manase ambao waliishi Yerusalemu walikuwa:
यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे ।
4 Uthai mwana wa Amihudi, mwana wa Omri, mwana wa Imri, mwana wa Bani, wa wana wa Peresi, mwana wa Yuda.
बसोबास गर्नेहरूमा अम्मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्तानमध्ये एक जना थिए ।
5 Wazao wa Washiloni waliorudi ni: Asaya mzaliwa wa kwanza na wanawe.
शीलोनीहरूमा जेठा छोरा असायाह र तिनका छोराहरू थिए ।
6 Kwa wana wa Zera: Yeueli. Watu wa Yuda jumla yao walikuwa watu 690.
जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।
7 Kwa Benyamini walikuwa: Salu mwana wa Meshulamu, mwana wa Hodavia, mwana wa Hasenua;
बेन्यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए ।
8 Ibneya mwana wa Yerohamu, Ela mwana wa Uzi, mwana wa Mikri; na Meshulamu mwana wa Shefatia, mwana wa Reueli, mwana wa Ibniya.
यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।
9 Watu kutoka Benyamini kama walivyoorodheshwa katika koo zao jumla yao ni 956. Watu hawa wote walikuwa viongozi wa jamaa zao.
वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्ख्या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्ना पिताका घरानाहरूका निम्ति मुखियाहरू थिए ।
10 Wa jamaa za makuhani walikuwa: Yedaya, Yehoyaribu na Yakini;
यदायाह, यहोयारीब, र याकीन पुजारीहरू थिए ।
11 Azaria mwana wa Hilkia, mwana wa Meshulamu, mwana wa Sadoki, mwana wa Merayothi, mwana wa Ahitubu aliyekuwa afisa kiongozi wa nyumba ya Mungu.
हिल्कियाहका छोरा अजर्याह, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जसले परमेश्वरको मन्दिरको जिम्मेवारी पाएका थिए ।
12 Adaya mwana wa Yerohamu, mwana wa Pashuri, mwana wa Malkiya; Maasai, mwana wa Adieli, mwana wa Yahzera, mwana wa Meshulamu, mwana wa Meshilemithi, mwana wa Imeri.
अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए ।
13 Makuhani waliokuwa viongozi wa jamaa zao walikuwa 1,760. Walikuwa watu wenye uwezo, waliowajibika kuhudumu katika nyumba ya Mungu.
आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए ।
14 Jamaa za Walawi walikuwa: Shemaya, mwana wa Hashubu, mwana wa Azrikamu, mwana wa Hashabia, wa wana wa Merari.
लेवीहरूमा शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारीका सन्तानमध्येका थिए ।
15 Bakbakari, Hereshi, Galali na Matania mwana wa Mika, mwana wa Zikri, mwana wa Asafu.
बक्बक्कर, हारेश, गालाल अनि मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए ।
16 Obadia mwana wa Shemaya, mwana wa Galali, mwana wa Yeduthuni. Berekia mwana wa Asa, mwana wa Elikana, ambao waliishi katika vijiji vya Wanetofathi.
अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्थे ।
17 Mabawabu katika Hekalu la Bwana waliorudi walikuwa: Shalumu, Akubu, Talmoni, Ahimani na ndugu zao. Shalumu alikuwa mlinzi wao mkuu.
शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्लूम थिए ।
18 Walikuwa wamewekwa katika lango la mfalme lililokuwa upande wa mashariki, mpaka wakati huu. Hawa walikuwa mabawabu wa kutoka kwenye kambi ya Walawi.
यस अगि तिनीहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।
19 Shalumu mwana wa Kore, mwana wa Ebiasafu, mwana wa Kora, pamoja na mabawabu wenzake kutoka jamaa yake ya Kora waliwajibika kulinda malango ya Hema, kama vile baba zao walivyokuwa wamewajibika kulinda ingilio la Maskani ya Bwana.
शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।
20 Hapo zamani Finehasi mwana wa Eleazari alikuwa kiongozi wa mabawabu, naye Bwana alikuwa pamoja naye:
पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
21 Zekaria mwana wa Meshelemia alikuwa bawabu katika ingilio la Hema la Kukutania.
मेशेलेम्याहका छोरा जकरिया मन्दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।
22 Jumla ya waliochaguliwa kuwa mabawabu katika sakafu za kupuria nafaka walikuwa watu 212. Waliandikishwa kwa koo zao kwenye vijiji vyao. Mabawabu hawa waliwekwa katika nafasi zao za kuaminiwa na Daudi pamoja na mwonaji Samweli.
प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए ।
23 Wao na wazao wao walikuwa viongozi wa kulinda malango ya nyumba ya Bwana, nyumba iliyoitwa Hema.
यसैले तिनीहरू र तिनीहरूका सन्तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
24 Mabawabu walikuwa pande zote nne: mashariki, magharibi, kaskazini na kusini.
ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।
25 Ndugu zao katika vijiji vyao walikuwa wakija mara kwa mara na kuwasaidia katika kazi zao kwa vipindi mbalimbali vya siku saba.
आफ्ना गाउँहरूमा बस्ने तिनीहरूका दाजुभाइ एक पल्टमा सात दिनका लागि पालैपालो आउँथे ।
26 Lakini mabawabu wanne wakuu, waliokuwa Walawi, walikabidhiwa wajibu kwa ajili ya vyumba na hazina katika nyumba ya Mungu.
तर ढोकाका सुरक्षा गर्नेमध्येका चार जना लेवी अगुवाहरूलाई परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइयो ।
27 Walikesha mahali walipowekwa kuizunguka nyumba ya Mungu, kwa sababu iliwapasa kuilinda. Pia walitunza funguo kwa ajili ya kufungua mlango kila siku asubuhi.
तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
28 Baadhi yao walikuwa viongozi wa kutunza vifaa vilivyotumika katika huduma ndani ya Hekalu; walivihesabu kila vilipoingizwa ndani na kila vilipotolewa.
तिमध्ये कोहीले मन्दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे ।
29 Wengine walipangiwa kutunza mapambo na vifaa vingine vya patakatifu, pamoja na unga, divai, mafuta, uvumba na vikolezo.
तिमध्ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए ।
30 Lakini baadhi ya makuhani walifanya kazi ya kuchanganya vikolezo.
पुजारीहरूका छोराहरूमध्ये कसैले मसला मिसाउँथे ।
31 Mlawi aliyeitwa Matithia, mwana mzaliwa wa kwanza wa Shalumu, wa ukoo wa Kora, alikabidhiwa wajibu kwa ajili ya kuoka mikate ya sadaka.
कोरही शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको भेटीका रोटीहरू तयार गर्ने कामका निरीक्षक थिए ।
32 Baadhi ya ndugu zao wa ukoo wa Kohathi walikuwa viongozi wa kuandaa mikate ya Wonyesho kwa ajili ya kila Sabato, mikate iliyokuwa inawekwa mezani.
तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।
33 Wale waliokuwa waimbaji, viongozi wa jamaa za Walawi, waliishi katika vyumba vya Hekalu, nao hawakufanya shughuli nyingine yoyote kwa sababu iliwapasa kuwajibika kwa kazi hiyo usiku na mchana.
गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
34 Hawa wote walikuwa viongozi wa jamaa za Walawi, wakuu kama walivyoorodheshwa katika koo zao, nao waliishi Yerusalemu.
ती सबै जना आफ्ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्थे ।
35 Yeieli alikuwa baba yake Gibeoni naye aliishi huko Gibeoni. Mke wake aliitwa Maaka,
गिबोनका पिता यीएल गिबोनमा बस्थे, जसकी पत्नीको नाउँ माका थियो ।
36 mwanawe mzaliwa wa kwanza alikuwa Abdoni, akafuatiwa na Suri, Kishi, Baali, Neri, Nadabu,
तिनका जेठा छोरा अब्दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
37 Gedori, Ahio, Zekaria na Miklothi.
गदोर, अहियो, जकरिया र मिक्लोत थिए ।
38 Miklothi akamzaa Shimeamu. Wao pia waliishi karibu na jamaa zao huko Yerusalemu.
मिक्लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्ना दाजुभाइको नजिकै बस्थे ।
39 Neri akamzaa Kishi, Kishi akamzaa Sauli. Sauli akamzaa Yonathani, Malki-Shua, Abinadabu na Esh-Baali.
नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
40 Yonathani akamzaa Merib-Baali, naye Merib-Baali akamzaa Mika.
जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
41 Wana wa Mika walikuwa: Pithoni, Meleki, Tarea, na Ahazi.
मीकाका छोराहरू पीतोन, मेलेक, तहरै र आहाज थिए ।
42 Ahazi akamzaa Yara, Yara akawazaa Alemethi, Azmawethi na Zimri, naye Zimri akamzaa Mosa.
आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
43 Mosa akamzaa Binea, Binea akamzaa Refaya, na mwanawe huyo ni Eleasa, na mwanawe huyo ni Aseli.
मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
44 Aseli alikuwa na wana sita, na haya ndiyo majina yao: Azrikamu, Bokeru, Ishmaeli, Shearia, Obadia na Hanani. Hawa ndio waliokuwa wana wa Aseli.
आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए ।