< 1 Nyakati 20 >
1 Mwanzoni mwa mwaka mpya, wakati ambapo wafalme huenda vitani, Yoabu aliliongoza jeshi. Aliangamiza nchi ya Waamoni, na akaenda Raba na kuuzingira, lakini Daudi alibaki Yerusalemu. Yoabu akashambulia Raba na kuuacha ukiwa magofu.
बसन्त ऋतुको समय, अर्थात् समान्यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
2 Daudi akachukua taji kutoka kwa kichwa cha mfalme wao, lililokuwa na uzito wa talanta moja ya dhahabu, nayo ilizungushiwa vito vya thamani. Ikawekwa juu ya kichwa cha Daudi. Alichukua nyara nyingi kutoka mjini huo.
दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्यसमा बहुमूल्य रत्नहरू जडिएका थिए । त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो, र तिनले त्यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
3 Akawatoa watu waliokuwa humo, akawaweka wafanye kazi kwa misumeno, sululu za chuma na mashoka. Daudi akafanya hivi kwa miji yote ya Waamoni. Kisha Daudi na jeshi lake lote wakarudi Yerusalemu.
त्यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्चराहरूका काममा लगाए । दाऊदले अम्मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
4 Baada ya muda, kulitokea vita dhidi ya Wafilisti, huko Gezeri. Wakati huo Sibekai, Mhushathi, akamuua Sipai, aliyekuwa mmoja wa wazao wa Warefai, nao Wafilisti wakashindwa.
यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो । हूशाती सिब्बकैले रपाईहरूका सन्तानमध्ये एक सिप्पैलाई मारे, र पलिश्तीहरूलाई अधीन गरियो ।
5 Katika vita vingine na Wafilisti, Elhanani mwana wa Yairi alimuua Lahmi nduguye Goliathi, Mgiti, ambaye mkuki wake ulikuwa na mpini kama mti wa mfumaji.
पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो ।
6 Katika vita vingine tena, vilivyopiganwa huko Gathi, kulikuwako na mtu mmoja mkubwa mwenye vidole sita katika kila mkono na vidole sita katika kila mguu: jumla vidole ishirini na vinne. Yeye alikuwa pia mzao wa Mrefai.
गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान थियो ।
7 Alipowadhihaki Israeli, Yonathani, mwana wa Shimea, nduguye Daudi, akamuua.
जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे ।
8 Hawa walikuwa ndio wazao wa Warefai huko Gathi, nao walianguka kwa mikono ya Daudi na watu wake.
तिनीहरू गातका रफाका सन्तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।