< 1 Nyakati 17 >
1 Baada ya Daudi kuingia rasmi katika jumba lake la kifalme, akamwambia nabii Nathani, “Hebu tazama, mimi ninakaa kwenye nyumba nzuri iliyojengwa kwa mierezi, wakati Sanduku la Agano la Bwana liko ndani ya hema.”
राजा आफ्नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्दैछु, तर परमप्रभुको करारको सन्दूकचाहिं पालमुनि राखिएको छ ।”
2 Nathani akamjibu Daudi, “Lolote ulilo nalo moyoni mwako litende, kwa maana Mungu yu pamoja nawe.”
तब नातानले दाऊदलाई जवाफ दिए, “जानुहोस्, आफ्नो मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ ।”
3 Usiku ule neno la Mungu likamjia Nathani, kusema:
तर त्यही रात परमेश्वरको यो वचन नातानकहाँ यसो भनेर आयो,
4 “Nenda ukamwambie mtumishi wangu Daudi, ‘Hili ndilo asemalo Bwana: Wewe hutanijengea mimi nyumba ili nikae humo.
“जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले मेरो लागि बस्ने घर बनाउनेछैनस् ।
5 Mimi sijakaa ndani ya nyumba tangu siku ile niliyowatoa Israeli kutoka Misri mpaka leo. Nimehama kutoka hema moja hadi jingine na kutoka mahali pamoja hadi pengine.
किनकि इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि यता आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ । बरू, विभिन्न ठाउँमा पवित्र पालसम्म म बस्दैआएको छु ।
6 Je, popote nilipokwenda pamoja na Waisraeli wote, wakati wowote nilimwambia kiongozi yeyote niliyemwagiza kuwachunga watu wangu, kwa nini hujanijengea nyumba ya mierezi?’
सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्ति देवदारुको घर किन बनाएको छैनस्?”
7 “Sasa basi, mwambie mtumishi wangu Daudi, ‘Hili ndilo asemalo Bwana Mwenye Nguvu Zote: Nilikuchukua machungani na kutoka kuandama kondoo ili uwatawale watu wangu Israeli.
“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्नबाट बोलाएँ ।
8 Nimekuwa pamoja nawe popote ulipokwenda, nami nimekuondolea mbali adui zako wote mbele yako. Basi nitalifanya jina lako kuwa kuu kama majina ya watu walio wakuu sana duniani.
तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्वीमा भएका महान् व्यक्तिहरूझैं प्रसिद्ध तुल्याउनेछु ।
9 Nami nitawapatia watu wangu Israeli mahali na nitawapa ili wawe na mahali pao wenyewe pa kuishi na wasisumbuliwe tena. Watu waovu hawatawaonea tena, kama walivyofanya mwanzoni,
म आफ्ना मानिस इस्राएलको निम्ति एउटा ठाउँ तोक्नेछु ताकि तिनीहरू आफ्नै देशमा बसून् र फेरि कष्टमा नपरून् । दुष्ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,
10 na ambavyo wamefanya siku zote tangu nilipowachagua viongozi kwa ajili ya watu wangu Israeli. Pia nitawatiisha adui zenu wote. “‘Pamoja na hayo ninakuambia kwamba Bwana atakujengea nyumba:
जसरी मैले आफ्ना मानिस इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।
11 Wakati wako utakapokuwa umekwisha, nawe ukawa umekwenda kukaa na baba zako, nitamwinua mzao wako aingie mahali pako kuwa mfalme, mmoja wa wana wako mwenyewe, nami nitaufanya imara ufalme wake.
जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
12 Yeye ndiye atakayejenga nyumba kwa ajili yangu, nami nitakifanya imara kiti cha ufalme wake milele.
उसैले मेरो लागि एउटा मन्दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।
13 Mimi nitakuwa baba yake, naye atakuwa mwanangu. Kamwe sitaondoa upendo wangu kwake, kama nilivyouondoa kwa yeye aliyekutangulia.
म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्दा पहिले राज्य गर्ने शाऊलबाट मेरो आफ्नो करारको विश्वस्तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।
14 Nitamweka juu ya nyumba yangu na ufalme wangu milele; kiti chake cha enzi nitakifanya imara milele.’”
उसलाई म आफ्नो मन्दिर र मेरो राज्यमाथि सधैंको निम्ति राख्नेछु, र उसको सिंहासन सदासर्वदाको निम्ति स्थापित हुनेछ ।”
15 Nathani akamwarifu Daudi maneno yote ya maono haya.
नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।
16 Ndipo Mfalme Daudi akaingia ndani, akaketi mbele za Bwana, akasema: “Mimi ni nani, Ee Bwana Mungu, na jamaa yangu ni nini, hata umenileta mpaka hapa nilipo?
तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
17 Kana kwamba hili halitoshi machoni pako, Ee Mungu, umenena pia kuhusu siku zijazo za nyumba ya mtumishi wako. Umeniangalia kama mtu aliyetukuka kuliko watu wote, Ee Bwana Mungu.
किनकि हे परमेश्वर, तपाईंको दृष्टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दासको घरानालाई भविष्यको बारेमा बोल्नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ ।
18 “Daudi aweza kukuambia nini zaidi kuhusu kumheshimu mtumishi wako? Kwa maana wewe unamjua mtumishi wako,
म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्न सक्छु र? तपाईंले आफ्नो दासलाई विशेष आदर गर्नुभएको छ ।
19 Ee Bwana Mungu. Kwa ajili ya mtumishi wako, tena sawasawa na mapenzi yako, umefanya jambo hili kubwa sana na kujulisha ahadi hizi zote zilizo kubwa sana.
हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।
20 “Hakuna aliye kama wewe, Ee Bwana Mungu, wala hakuna Mungu ila wewe, kama vile tulivyosikia kwa masikio yetu wenyewe.
हे परमप्रभु, तपाईंजस्तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्वर छैन ।
21 Naye ni nani aliye kama watu wako Israeli: taifa pekee duniani ambalo Mungu wake alitoka kwenda kulikomboa kwa ajili yake mwenyewe na kujifanyia jina kwa ajili yake mwenyewe, kwa kufanya maajabu makubwa na ya kutisha kwa kuwafukuza mataifa mbele ya watu wako, ambao uliwakomboa kutoka Misri?
किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्वरले महान् र भयानक कार्यहरूद्वारा आफ्नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।
22 Uliwafanya watu wako Israeli kuwa watu wako wewe mwenyewe milele, nawe, Ee Bwana Mungu, umekuwa Mungu wao.
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्वर हुनुभएको छ ।
23 “Sasa basi, Bwana ahadi uliyoweka kuhusu mtumishi wako na nyumba yake na uithibitishe milele. Fanya kama ulivyoahidi,
यसैले अब हे परमप्रभु, आफ्नो दास र उसको घरानाको निम्ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस् ।
24 ili ithibitike na jina lako litakuwa kuu milele. Kisha watu watasema, ‘Bwana Mungu Mwenye Nguvu Zote, Mungu aliye juu ya Israeli, ndiye Mungu wa Israeli.’ Nayo nyumba ya mtumishi wako Daudi itafanywa imara mbele zako.
तपाईंको नाम सदासर्वदाको निम्ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ ।,’
25 “Wewe, Mungu wangu, umemfunulia mtumishi wako Daudi kwamba utamjengea yeye nyumba. Hivyo mtumishi wako amekuwa na ujasiri wa kukuomba maombi haya.
किनकि, हे मेरा परमेश्वर, तपाईंले आफ्नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।
26 Ee Bwana, wewe ndiwe Mungu! Umemwahidi mtumishi wako mambo haya mazuri.
अब हे परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ, र आफ्नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
27 Basi imekupendeza kuibariki nyumba ya mtumishi wako, ili idumu milele machoni pako; kwa ajili yako, Ee Bwana, umeibariki, nayo itabarikiwa milele.”
तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदाको निम्ति आशिषित हुनेछ ।”