< Romanos 13 >
1 Que todos se pongan bajo la autoridad de los poderes superiores, porque no hay poder que no sea de Dios, y todos los poderes están ordenados por Dios.
हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् ।
2 Por lo cual, cualquiera que se oponga a la autoridad se pone en contra del orden de Dios; y los que están en contra de ella recibirán castigo por sí mismos.
यसकारण, जसले उक्त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् ।
3 Porque los gobernantes no están para infundir temor al qué hace él bien, sino al que hace mal. Quieres vivir sin miedo a la autoridad? haz el bien y tendrás alabanza de ella;
असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।
4 Porque él es servidor de Dios para tu bien. Pero si haces el mal, ten miedo; porque la espada no está en su mano para nada: él es el siervo de Dios, para dar su merecido al que hace lo malo.
किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन् ।
5 Así que es preciso someterse a las autoridades, no para evitar el castigo, sino como un deber de conciencia.
यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
6 Por la misma razón, hagan pago de los impuestos; porque la autoridad es el siervo de Dios, para cuidar de tales cosas todo el tiempo.
तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन् ।
7 Den a todos lo que es su derecho: al que tributo, tributo; al que impuestos, impuestos; al que respeto, respeto; al que honra, honra.
तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्नुपर्नेको डर मान; जसको इज्जत गर्नुपर्ने हो, उसको इज्जत गर ।
8 No deban nada a nadie, sino que se amen los unos a los otros; porque el que ama al prójimo guarda toda la ley.
एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
9 Porque, no adulterarás, no matarás, no hurtarás, no dirás falso testimonio, no codiciarás y cualquier otro mandamiento, en esta sentencia, se resume: Amarás a tu prójimo como a ti mismo.
किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
10 El amor no hace mal a su prójimo; así que el amor se cumple perfectamente la ley.
प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ ।
11 Mira, pues, que ha llegado el momento de que despiertes del sueño; porque ahora está tu salvación más cerca que cuando creímos en él mensaje por primera vez.
यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ ।
12 La noche se ha ido, y el día se acerca, desechemos pues las obras de las tinieblas y vistámonos de la s armas de la luz,
रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।
13 Con la conducta correcta como en el día; no en el placer y la bebida, la glotonería, no en la mala compañía y la inmoralidad sexual, no en contiendas, la envidia.
उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ ।
14 Vístanse del Señor Jesucristo, y no piensen en satisfacer los malos deseos la naturaleza humana.
तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।