< Salmos 30 >
1 Te daré alabanza y honor, oh Señor, porque en ti he sido levantado; no le has permitido a mis enemigos que se burlen de mi.
हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन ।
2 Oh SEÑOR, Dios mío, he enviado mi clamor a ti, y tú me has sanado.
हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
3 Oh Señor, has hecho que mi alma vuelva a salir del sepulcro; me has dado la vida y me has impedido descender entre los muertos. (Sheol )
हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ । (Sheol )
4 Haz canciones al Señor, ustedes sus santos, y alaben su santo nombre.
हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
5 Porque su ira es solo por un minuto; pero su favor dura toda la vida; el llanto puede ser por una noche, pero la alegría llega por la mañana.
किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
6 Cuando las cosas me fueron bien, dije: nunca seré conmovido.
दृढतामा मैले भनें, “म कदापि डग्नेछैन ।”
7 Señor, por tu gracia has mantenido firme mi montaña; cuando tu rostro se alejó de mí, me turbó.
हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, तब मलाई कष्ट पर्यो ।
8 Mi voz subió a ti, oh Señor; Suplicaré al Señor.
हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
9 ¿Qué provecho hay en mi muerte si bajo a la sepultura? ¿Te dará el polvo el elogio o Anunciara de tu verdad?
मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
10 Escúchame, oh Jehová, y ten misericordia de mí; Señor, sé mi ayudador.
हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
11 Por ti mi tristeza se convierte en baile; me has quitado mi ropa de luto y me has dado ropas de alegría;
तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
12 Por tanto a ti cantaré gloria mía, y no estaré callado. Señor, Dios mío, te alabaré para siempre.
त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्ने छैन । हे परमप्रभु मेरो परमेश्वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।