< Génesis 47 >
1 Entonces José fue al Faraón y le dijo: Mi padre y mis hermanos, con sus rebaños y sus vacas y todo lo que tienen, han venido de Canaán, y ahora están en la tierra de Gosén.
तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन् ।”
2 Y tomó cinco de sus hermanos a Faraón.
तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए ।
3 Y Faraón les dijo: ¿Cuál es tu negocio? Y ellos respondieron: Tus siervos son guardianes de las ovejas, como nuestros padres fueron antes que nosotros.
फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”
4 y dijeron a Faraón: Hemos venido a vivir en esta tierra, porque no tenemos pasto para nuestros rebaños en la tierra de Canaán; Así que ahora deja que tus siervos se hagan un lugar en la tierra de Gosen.
त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”
5 Y Faraón dijo a José: Déjenlos tener la tierra de Gosén; y si hay hombres capaces entre ellos, ponlos sobre mi ganado.
त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन् ।
6 Y Jacob y sus hijos vinieron a José en Egipto, y cuando la noticia llegó a oídos de Faraón, rey de Egipto, dijo a José: Tu padre y tus hermanos han venido a ti; toda la tierra de Egipto está delante de ti; deja que tu padre y tus hermanos tengan lo mejor de la tierra para su lugar de descanso y si tienes hombres capaces ponlos a cargo de mi ganado.
मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्ने बन्दोबस्त गर । उनीहरूमध्ये सक्षम मानिसहरूलाई गाईबस्तुहरूको जिम्मा देऊ ।”
7 Entonces José hizo que su padre Jacob viniera delante de Faraón, y Jacob le bendijo.
तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
8 Y Faraón le dijo: ¿Cuántos años tienes?
फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
9 Y Jacob dijo: Los años de mis andanzas han sido ciento treinta; pequeño en número y lleno de tristeza han sido los años de mi vida, y menos que los años de las andanzas de mis padres.
याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु: खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।”
10 Y Jacob dio a Faraón su bendición, y salió de delante de él.
त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्थितिबाट निस्केर गए ।
11 Y José hizo un lugar para su padre y sus hermanos, y les dio una herencia en la tierra de Egipto, en lo mejor de la tierra, la tierra de Ramsés, como Faraón había dado órdenes.
तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
12 Y José se hizo cargo de su padre, de sus hermanos y de todo el pueblo de su padre, y les dio alimentos para las necesidades de sus familias.
योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
13 Ahora bien, no había comida en toda la tierra, por lo que todo Egipto y Canaán se estaban muriendo de hambre.
घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।
14 Y todo el dinero en Egipto y en la tierra de Canaán que se había dado por el grano, vino a manos de José, y lo puso en la casa de Faraón.
मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
15 Y cuando se fue todo el dinero en Egipto y en Canaán, vinieron los Egipcios a José, y le dijeron: Danos pan; ¿Nos dejarías morir ante tus ojos? porque no tenemos más dinero.
जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस् । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?”
16 Y dijo José: Dame tu ganado; Te daré grano a cambio de tu ganado si tu dinero se ha ido.
योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्तु ल्याओ र तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिनेछु ।”
17 Entonces llevaron su ganado a José, y él les dio pan a cambio de sus caballos, sus ovejas y sus vacas, sus rebaños y sus asnos, por lo que todo el año les dio comida a cambio de su ganado.
यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न खुवाए ।
18 Y cuando aquel año terminó, vinieron a él en el segundo año, y le dijeron: No podemos ocultar a nuestro señor que todo nuestro dinero se ha ido, y todas las manadas de ganado son de mi señor; no hay nada más que darle a mi señor, sino nuestros cuerpos y nuestra tierra;
त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्ने हामीसँग हाम्रै जिउ र जग्गाजमिनबाहेक अरू केही छैन ।
19 ¿Hemos de morir ante tus ojos, nosotros y nuestra tierra? llévanos a nosotros y a nuestra tierra y danos pan; y nosotros y nuestra tierra seremos siervos de Faraón; y danos semilla para que podamos tener vida y la tierra no se convierta en desperdicio.
हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन् ।”
20 Y tomó José toda la tierra de Egipto para Faraón; porque cada egipcio renunció a su tierra a cambio de alimento, debido a su gran necesidad; así que toda la tierra se convirtió en la de Faraón.
यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्ना जग्गाजमिन बेच्यो । यसरी जग्गाजमिन फारोको भयो ।
21 Y en cuanto al pueblo, los hizo siervos de ellos, pueblo por pueblo, desde un extremo de Egipto hasta el otro.
मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
22 Solamente que él no tomó la tierra de los sacerdotes, porque a los sacerdotes les había dado su alimento por medio de Faraón, y teniendo lo que Faraón les dio, no tuvieron necesidad de entregar su tierra.
पुजारीहरूका जग्गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे । त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेचेनन् ।
23 Entonces José dijo al pueblo: Yo te he hecho a ti y a tu tierra hoy propiedad de Faraón; aquí hay semilla para que pongas en tus campos.
योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।
24 Y cuando se corte el grano, le darás la quinta parte a Faraón, y cuatro partes serán tuyas para la simiente y alimento, y para sus familias y tus pequeños.
तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्साचाहिँ खेतीलाई बिउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाको खानाको निम्ति तिमीहरूको आफ्नै हुनेछ ।”
25 Y le dijeron: En verdad nos has guardado de la muerte; que tengamos gracia en tus ojos, y seremos siervos de Faraón.
तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस् । हामी फारोका कमारा हुनेछौँ ।”
26 Entonces José promulgó una ley que está vigente hasta el día de hoy: que Faraón debía tener la quinta parte; solo la tierra de los sacerdotes no se hizo suya.
यसैले मिश्र देशमा योसेफले उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ भन्ने कुरा समेटिएको जग्गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्म प्रचलित छ । पुजारीहरूका जग्गाजमिन मात्र फारोको भएन ।
27 Y así Israel estaba viviendo entre los egipcios en la tierra de Gosén; y obtuvieron propiedades allí, y se hicieron muy grandes en número y riqueza.
त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।
28 Y vivió Jacob en la tierra de Gosén por diecisiete años; así que los años de su vida fueron ciento cuarenta y siete.
याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्मा उमेर एक सय सतचालिस वर्ष भयो ।
29 Y al acercarse el tiempo de su muerte, envió a buscar a su hijo José y le dijo: Si he tenido favor a tus ojos, pon tu mano debajo de mi pierna y jura que no me pondrás a descansar en Egipto;
जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड् ।
30 Pero cuando vaya a mis padres, me sacarás de Egipto y me dejarás en su último lugar de descanso. Y él dijo, lo haré.
म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु ।”
31 Y dijo: Júramelo; y él le hizo un juramento; e Israel rindió culto sobre la cabecera de su cama.
इस्राएलले भने, “मसँग शपथ खा ।” अनि योसेफले शपथ खाए । तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे ।