< Génesis 31 >
1 Y vinieron a oídos de Jacob los hijos de Labán, diciendo: Jacob se ha llevado todas las propiedades de nuestro padre, y de esta manera ha obtenido toda esta riqueza.
याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”
2 Y Jacob vio que la sensación de Labán por él ya no era lo que había sido antes.
याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।
3 Entonces Jehová dijo a Jacob: Vuelve a la tierra de tus padres, y á tus parientes, y yo estaré contigo.
तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”
4 Y envió Jacob a buscar a Raquel y a Lea, para que viniesen a él en el campo entre su rebaño.
याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,
5 Y él les dijo: Está claro para mí que el sentimiento de tu padre ya no es lo que era para mí; pero el Dios de mi padre ha estado conmigo.
र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्वर मसित हुनुभएको छ ।
6 y has visto cómo hice todo lo que estaba en mi poder para tu padre,
मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा त तिमीहरूलाई थाहै छ ।
7 Pero tu padre no me ha guardado fe, y diez veces ha hecho cambios en mi pago; pero Dios ha impedido que me haga daño.
तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन ।
8 Si él decía: Todos los del rebaño que tienen las manchas serán tuyos, entonces toda las hembras dieron a luz crías manchadas; y si él dijera: “Todos los que están rayados deben ser tuyos”, entonces todas las crías de las ovejas eran rayadas.
'थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा-पाठी नै जन्माए । 'पेटारेहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा-पाठीहरू नै जन्माए ।
9 Así que Dios ha quitado el ganado de tu padre y me lo ha dado.
यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको छ ।
10 Y en el tiempo en que el rebaño estaba con crías, vi en sueños que todos los macho cabríos que subían a las cabras estaban matizadas, rayadas y coloreadas.
एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।
11 Y en mi sueño el ángel del Señor me dijo: Jacob, y dije: Heme aquí.
सपनामा परमेश्वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'
12 Y él dijo: Mira cómo todos los machos cabríos están rayados, y marcados y coloreados; porque yo he visto lo que Labán te ha hecho.
उहाँले भन्नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।
13 Yo soy el Dios de Bet-el, donde pusiste aceite sobre la columna y me hiciste un juramento: ahora, sal de esta tierra y regresa a la tierra de tu nacimiento.
म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
14 Entonces Raquel y Lea le respondieron: ¿Qué parte o herencia tenemos en la casa de nuestro padre?
राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?
15 ¿No somos como personas de un país extraño para él? porque él tomó un precio por nosotras y ahora todo está agotado.
किनकि उहाँले हामीलाई बेच्नुभएको छ, र हाम्रो रुपियाँ-पैसा पूर्ण रूपमा सखाप पार्नुभएको छ ।
16 Porque la riqueza que Dios le ha quitado es nuestra y la de nuestros hijos; así que ahora, lo que sea que Dios te haya dicho, hazlo.
हाम्रा पिताबाट परमेश्वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन् । त्यसो भए, अब परमेश्वरले तपाईंलाई जे भन्नुभएको छ, सो गर्नुहोस् ।”
17 Entonces Jacob puso sus mujeres y sus hijos en camellos;
त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे ।
18 Y enviando delante de sí todo su ganado y sus bienes que había juntado en Padan-aram, se preparó para ir con su padre Isaac a la tierra de Canaán.
तिनले पद्दन-आराममा आफूले प्राप्त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।
19 Y Labán había ido a ver cortar la lana de sus ovejas; entonces Raquel secretamente tomó las imágenes de los dioses de la casa de su padre.
लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।
20 Y Jacob se fue en secreto, sin dar noticias de su vuelo a Labán arameo.
अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।
21 Entonces él se fue con todo lo que tenía, y cruzó el río en dirección a la región montañosa de Galaad.
आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।
22 Y al tercer día Labán tuvo noticias de la huida de Jacob.
याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो ।
23 Y llevándose consigo a los hombres de su familia, lo siguió durante siete días, y lo alcanzó en la región montañosa de Galaad.
त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।
24 Entonces Dios vino a Labán en un sueño de noche, y le dijo: Mira que no digas nada bueno o malo a Jacob.
राती सपनामा परमेश्वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्न होसियार हो ।”
25 Y cuando Labán lo alcanzó, Jacob había levantado su tienda en la región montañosa; y Labán y sus hermanos levantaron sus tiendas en la región montañosa de Galaad.
लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।
26 Y Labán respondió a Jacob: ¿Por qué te fuiste en secreto, y quitaste mis hijas como prisioneros de guerra?
लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?
27 ¿Por qué has ocultado tu huida, sin decirme nada sobre él, para haberte despedido con alegría y canciones, con tamboril y arpa?
किन तिमीले मलाई नबताईकन सुटुक्क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।
28 Ni siquiera me permitiste dar un beso a mis hijos y mis hijas. Esto fue una tontería.
तिमीले मेरा नातिहरू र छोरीहरूलाई बिदाइको चुम्बन गर्ने अनुमति पनि दिएनौ । तिमीले मूर्खतापूर्वक काम गर्यौ ।
29 Está en mi poder dañarte; pero el Dios de tu padre vino a mí esta noche, diciendo: Cuídate de no decir nada bueno o malo a Jacob.
तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्न होसियार हो ।'
30 Y ahora, parece, vas porque el deseo de tu corazón es para la casa de tu padre; pero ¿por qué has tomado mis dioses?
अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्यौ?
31 Y Jacob, respondiendo, dijo a Labán: Mi temor era que me quitaras tus hijas por la fuerza.
याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ । त्यसैले म सुटुक्क भागेँ ।
32 En cuanto a tus dioses, si alguno de nosotros los tiene, déjalo morir: haz que todos escudriñen lo que es tuyo, y tómalo. Porque Jacob no sabía que Raquel los había tomado.
तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन । हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस् ।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन ।
33 Entonces Labán entró en la tienda de Jacob, en la tienda de Lea, y en las tiendas de las dos siervas, pero no estaban allí; y él salió de la tienda de Lea y fue a la casa de Raquel.
लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।
34 Entonces Raquel tomó las imágenes, y las puso en el cesto de los camellos, y se sentó sobre ellas. Y Labán, buscando en toda la tienda, no se encontró con ellos.
राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन् । उनी तीमाथि बसेकी थिइन् । लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन् ।
35 Y ella dijo a su padre: No se enoje mi señor, porque no me levanto delante de ti, porque estoy en la condición común de las mujeres. Y con toda su búsqueda, no encontró las imágenes.
उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला । म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन् ।
36 Entonces Jacob se enojó con Labán, y dijo: ¿Qué crimen o pecado he cometido, que hayas venido detrás de mí con tanta pasión?
याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?
37 Ahora que has buscado entre todos mis bienes, ¿qué has visto que es tuyo? Deje en claro ahora ante mi gente y tu gente, para que puedan ser jueces entre nosotros.
तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्नुभयो । के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् ।
38 Estos veinte años he estado contigo; tus ovejas y tus cabras han tenido crías sin pérdida, ni uno de tus cabras he tomado por comida.
बिस वर्षसम्म म तपाईंसँगै थिएँ । तपाईंका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन, न त मैले तपाईंका बगालबाट भेडाहरू खाएँ ।
39 No te lleve nada que fuera herido por bestias, pero yo lo compensé; me hiciste responsable de todo lo que robaban los ladrones, de día o de noche.
जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्नथेँ । बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें । दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस्, तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो ।
40 Esta era mi condición, desperdiciada por el calor en el día y por el frío amargo de la noche; y el sueño desapareció de mis ojos.
मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।
41 Estos veinte años he estado en tu casa; Fui tu sirviente durante catorce años por tus hijas, y durante seis años mantuve tu rebaño, y diez veces se modificó mi pago.
यी बिस वर्ष म तपाईंको घरमा रहेँ । तपाईंका दुई छोरीका लागि मैले चौध वर्ष तपाईंको सेवा गरेँ, र बगालको लागि छ वर्ष सेवा गरेँ । तपाईंले दस पटक मेरो ज्याला बद्लनुभएको छ ।
42 Si el Dios de mi padre, el Dios de Abraham y el temor de Isaac, no hubiera estado conmigo, me hubieras enviado sin nada en mis manos. Pero Dios ha visto mis problemas y el trabajo de mis manos, y esta noche te ha impedido regresar.
मेरा पिताका परमेश्वर जो अब्राहामका परमेश्वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
43 Entonces Labán, respondiendo, dijo: Estas mujeres son mis hijas, y estos hijos son mis hijos, las ovejas y todo lo que ves son míos. ¿Qué puedo hacer ahora por mis hijas y por sus hijos?
लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र?
44 Ven, hagamos un acuerdo, tú y yo; y que sea un testigo entre nosotros.
त्यसैले अब तिमी र मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी र मेरो बिचको गवाही होस् ।”
45 Entonces Jacob tomó una piedra y la levantó como una columna.
त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे ।
46 Y Jacob dijo a su pueblo: Toma piedras juntas; y lo hicieron así; y comieron allí junto a las piedras.
याकूबले आफ्ना आफन्तहरूलाई भने, “ढुङ्गाहरू जम्मा गर ।” तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए । त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे ।
47 Y el nombre que Labán le dio fue Jegar-sahaduta; pero Jacob le dio el nombre de Galeed.
लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने ।
48 Y Labán dijo: Estas piedras son testimonio entre nosotros hoy. Por esta razón su nombre era Galeed,
लाबानले भने, “आज यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ । त्यसकारण यसको नाउँ गलेद राखियो ।
49 Y Mizpa, porque dijo: Que el Señor cuide de nosotros cuando no podemos ver los actos de los demás.
यसलाई मिस्पा पनि भनिन्छ किनभने लाबानले यसो भनेका थिए, “हामी एक-अर्काको दृष्टिबाट अलग हुँदा परमप्रभुले तिमी र मेरो हेरचाह गरून् ।
50 Si eres cruel con mis hijas, o si tomas otras esposas además de mis hijas, entonces aunque ningún hombre esté allí para ver, Dios será el testigo entre nosotros.
तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ ।”
51 Y Labán dijo: Mira estas piedras, y esta columna que puse entre tú y yo;
लाबानले याकूबलाई भने, “तिम्रो र मेरो बिचमा मैले खडा गरेको यो थुप्रो र यो खामोलाई हेर ।
52 Serán testigos de que no pasaré sobre estas piedras a ti, y no pasarás estas piedras ni esta columna por ningún mal propósito.
तिम्रो हानि गर्नलाई म यो पार गरेर तिमीकहाँ आउनेछैनँ र मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्नाका लागि यो थुप्रो र यो खामो गवाहीको रूपमा खडा छन् ।
53 Que el Dios de Abraham y el Dios de Nahor, el Dios de su padre, sean nuestros jueces. Entonces Jacob juró por el temor de su padre Isaac.
अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र तिनीहरूका पिताका परमेश्वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।
54 Y Jacob hizo una ofrenda en el monte, y mandó a su pueblo que bebiesen; y comieron y descansaron aquella noche en la montaña.
याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए । तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए ।
55 Y temprano en la mañana Labán, después de besar y bendecir a sus hijas, regresó a su país.
लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।