< Filemón 1 >
1 PABLO, prisionero de Jesu-Cristo, y el hermano Timotéo, á Filémon amado, y coadjutor nuestro;
ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
2 Y á la amada Apphia, y á Archipo, compañero de nuestra milicia, y á la iglesia [que está] en tu casa:
अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
3 Gracia á vosotros, y paz de Dios nuestro Padre, y del Señor Jesu-Cristo.
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
4 Doy gracias á mi Dios, haciendo siempre memoria de tí en mis oraciones,
तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्वरलाई धन्यवाद दिन्छु ।
5 Oyendo tu caridad, y la fé que tienes en el Señor Jesus, y para con todos los santos,
प्रभु येशूमा भएको तिम्रो विश्वास र प्रेम र अरू विश्वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।
6 Para que la comunicacion de tu fé sea eficaz en el conocimiento de todo el bien que [está] en vosotros por Cristo Jesus.
म प्रार्थना गर्छु, कि ख्रीष्टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्वासको सहभागिता प्रभावकारी हुन सकोस् ।
7 Porque tenemos gran gozo y consolacion de tu caridad, de que por tí, oh hermano, han sido recreadas las entrañas de los santos.
किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
8 Por lo cual, aunque tengo mucha resolucion en Cristo para mandarte lo que conviene,
यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
9 Ruégo[te] más bien por amor, siendo tal cual [soy, ] Pablo viejo, y aun ahora prisionero de Jesu-Cristo.
प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
10 Ruégote por mi hijo Onésimo, que he engendrado en mis prisiones;
म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ ।
11 El cual en otro tiempo te fué inútil, mas ahora á tí y á mí [es] útil:
किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्ने व्यक्ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्ने भएको छ ।
12 El cual [te] vuelvo á enviar: tú, pues recíbele como á mis entrañas.
म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु ।
13 Yo quisiera detenerle conmigo, para que en lugar de tí me sirviese en las prisiones del Evangelio.
म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ ।
14 Mas nada quise hacer sin tu consejo, porque tu beneficio no fuese como de necesidad, sino voluntario.
तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।
15 Porque acaso por esto se ha apartado de tí por [algun] tiempo; para que lo recibieses para siempre; (aiōnios )
सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो । (aiōnios )
16 No ya como siervo, ántes más que siervo, [como] hermano amado, mayormente de mí, pero ¿cuánto más de tí, en la carne, y en el Señor?
अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
17 Así que, si me tienes por compañero, recíbele como á mí.
त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
18 Y si en algo te dañó, ó te debe, pónlo á mi cuenta.
तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
19 Yo Pablo [lo] escribí de mi mano; yo [lo] pagaré, por no decirte que aun á tí mismo te me debes demás.
म पावल, आफ्नै हातले यो कुरा लेख्दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ ।
20 Sí, hermano, góceme yo de tí en el Señor; recrea mis entrañas en el Señor.
हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
21 Te he escrito confiando en tu obediencia, sabiendo que aun harás más de lo que digo.
तिमीले मेरो आज्ञा पालन गर्छौ भन्ने निश्चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
22 Y asimismo prepárame tambien alojamiento; porque espero que por vuestras oraciones os tengo de ser concedido.
साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्नेछु ।
23 Te saludan Epafras, mi compañero en la prision por Cristo Jesus,
ख्रीष्टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
24 Marcos, Aristarco, Demas, y Lucas, mis cooperadores.
साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
25 La gracia de nuestro Señor Jesu-Cristo [sea] con vuestro espíritu. Amen.
हाम्रा येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।