< Salmos 109 >
1 Al Músico principal: Salmo de David. OH Dios de mi alabanza, no calles;
हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,
2 Porque boca de impío y boca de engañador se han abierto sobre mí: han hablado de mí con lengua mentirosa,
किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
3 Y con palabras de odio me rodearon; y pelearon contra mí sin causa.
तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
4 En pago de mi amor me han sido adversarios: mas yo oraba.
मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
5 Y pusieron contra mí mal por bien, y odio por amor.
भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
6 Pon sobre él al impío: y Satán esté á su diestra.
यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।
7 Cuando fuere juzgado, salga impío; y su oración sea para pecado.
त्यसको न्याय हुँदा, त्यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
8 Sean sus días pocos: tome otro su oficio.
त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
9 Sean sus hijos huérfanos, y su mujer viuda.
त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।
10 Y anden sus hijos vagabundos, y mendiguen; y procuren [su pan lejos] de sus desolados hogares.
त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
11 Enrede el acreedor todo lo que tiene, y extraños saqueen su trabajo.
त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।
12 No tenga quien le haga misericordia; ni haya quien tenga compasión de sus huérfanos.
त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
13 Su posteridad sea talada; en segunda generación sea raído su nombre.
त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
14 Venga en memoria cerca de Jehová la maldad de sus padres, y el pecado de su madre no sea borrado.
त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
15 Estén siempre delante de Jehová, y él corte de la tierra su memoria.
तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।
16 Por cuanto no se acordó de hacer misericordia, y persiguió al hombre afligido y menesteroso y quebrantado de corazón, para matar[lo].
परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
17 Y amó la maldición, y vínole; y no quiso la bendición, y ella se alejó de él.
त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।
18 Y vistióse de maldición como de su vestido, y entró como agua en sus entrañas, y como aceite en sus huesos.
त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
19 Séale como vestido con que se cubra, y en lugar de cinto con que se ciña siempre.
त्यसको सराप त्यसले आफैलाई ढाक्नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्यसैमा परोस् ।
20 Este sea el pago de parte de Jehová de los que me calumnian, y de los que hablan mal contra mi alma.
मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्नेलाई परमप्रभुबाट यो इनाम होस् ।
21 Y tú, Jehová Señor, haz conmigo por amor de tu nombre: líbrame, porque tu misericordia es buena.
हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
22 Porque yo estoy afligido y necesitado; y mi corazón está herido dentro de mí.
किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
23 Voime como la sombra cuando declina; soy sacudido como langosta.
साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
24 Mis rodillas están debilitadas á causa del ayuno, y mi carne desfallecida por falta de gordura.
उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
25 Yo he sido para ellos objeto de oprobio; mirábanme, y meneaban su cabeza.
मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् ।
26 Ayúdame, Jehová Dios mío: sálvame conforme á tu misericordia.
हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।
27 Y entiendan que esta es tu mano; [que] tú, Jehová, has hecho esto.
हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
28 Maldigan ellos, y bendice tú: levántense, mas sean avergonzados, y regocíjese tu siervo.
तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्दित होस् ।
29 Sean vestidos de ignominia los que me calumnian; y sean cubiertos de su confusión como con manto.
मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैं लगाऊन् ।
30 Yo alabaré á Jehová en gran manera con mi boca, y le loaré en medio de muchos.
म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
31 Porque él se pondrá á la diestra del pobre, para librar su alma de los que le juzgan.
किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।