< Salmos 9 >
1 Alabaré a Jehová con todo mi corazón: contaré todas tus maravillas.
हे परमप्रभु, म तपाईंलाई आफ्नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्मका कामहरूको वयान म गर्नेछु ।
2 Alegrarme he, y gozarme he en ti: cantaré a tu nombre, o! Altísimo.
तपाईंमा म खुसी र आनन्दित हुनेछु । हे सर्वोच्च, तपाईंको नाउँमा म स्तुति गाउनेछु ।
3 Por haber sido mis enemigos vueltos atrás: caerán y perecerán delante de ti.
जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।
4 Porque has hecho mi juicio y mi causa: sentástete en trono juzgando justicia.
किनकि तपाईंले मेरो न्यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्नुहोस्!
5 Reprendiste gentes, destruiste al malo, raíste el nombre de ellos para siempre y eternalmente.
जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
6 O! enemigo, acabados son los asolamientos para siempre: y las ciudades que derribaste, su memoria pereció con ellas.
जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्ट भयो ।
7 Y Jehová quedará para siempre, él ha aparejado para juicio su trono.
तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ ।
8 Y él juzgará al mundo con justicia, juzgará a los pueblos con rectitud.
उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
9 Y será Jehová refugio al pobre, refugio en tiempos de la angustia.
अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ ।
10 Y confiarán en ti los que saben tu nombre, por cuanto no desamparaste a los que te buscaron, o! Jehová.
तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न ।
11 Cantád a Jehová, el que habita en Sión: notificád en los pueblos sus obras.
परमप्रभुको स्तुति गाओ, जसले सियोनमा राज्य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
12 Porque, demandando las sangres se acordó de ellos: no se olvidó del clamor de los pobres.
किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
13 Ten misericordia de mí, Jehová: mira la aflicción que sufro de los que me aborrecen, ensalzador mío de las puertas de la muerte.
हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ ।
14 Para que cuente yo todas tus alabanzas en las puertas de la hija de Sión: y me regocije en tu salud.
जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।
15 Hundiéronse las gentes en el foso que hicieron: en la red que escondieron fue tomado su pie.
जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
16 Jehová fue conocido en el juicio que hizo: en la obra de sus manos fue enlazado el malo: Consideración. (Selah)
परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
17 Volverse han los malos al infierno: todas las gentes que se olvidan de Dios. (Sheol )
दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् । (Sheol )
18 Porque no para siempre será olvidado el necesitado: ni la esperanza de los pobres perecerá para siempre.
किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
19 Levántate, o! Jehová, no se fortalezca el hombre: sean juzgadas las naciones delante de ti.
हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्न नपाऊन् । तपाईंको दृष्टिमा जातिहरूको न्याय गरियोस् ।
20 Pon, o! Jehová, temor en ellos: conozcan las gentes que son hombres. (Selah)
हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला