< Salmos 5 >
1 Escucha, o! Jehová, mis palabras: entiende mi meditación.
हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।
2 Está atento a la voz de mi clamor, Rey mío, y Dios mío, porque a ti oraré.
हे मेरो राजा र मेरो परमेश्वर, मेरो पुकाराको सोर सुन्नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।
3 Jehová, de mañana oirás mi voz: de mañana me presentaré a ti, y esperaré.
हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्नुहुन्छ । बिहानै म आफ्नो बिन्ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
4 Porque tú no eres Dios que quieres la maldad; el malo no habitará junto a ti.
निश्चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्वर हुनुहुन्न । दुष्ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
5 No estarán los insensatos delante de tus ojos: a todos los que obran iniquidad, aborreciste.
अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
6 Destruirás a los que hablan mentira: al varón de sangres y de engaño abominará Jehová.
तपाईंले झुट बोल्नेहरूलाई नष्ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।
7 Y yo en la multitud de tu misericordia entraré en tu casa: adoraré al santo templo tuyo con tu temor.
तर मेरो बारेमा, तपाईंको महान् करारको विश्वस्तताको कारणले, म तपाईंको मन्दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
8 Jehová, guíame en tu justicia a causa de mis enemigos: endereza delante de mí tu camino.
हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
9 Porque no hay en su boca rectitud: sus entrañas son pravedades: sepulcro abierto su garganta, con su lengua lisonjearán.
किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
10 Asuélales, o! Dios, caigan de sus consejos: por la multitud de sus rebeliones échales, porque se rebelaron contra ti.
हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
11 Y alegrarse han todos los que esperan en ti; para siempre se regocijarán, y cubrirles has, y alegrarse han en ti los que aman tu nombre.
तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
12 Porque tú bendecirás al justo, o! Jehová; como de un pavés le cercarás de benevolencia.
किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।