< Salmos 41 >
1 Bienaventurado el que entiende sobre el pobre; en el día malo le libre Jehová.
कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
2 Jehová le guarde, y le dé vida; sea bienaventurado en la tierra, y no le entregues a la voluntad de sus enemigos.
परमप्रभुले त्यसलाई सुरक्षित राख्नुहुनेछ र त्यसलाई जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
3 Jehová le sustentará sobre la cama de dolor; toda su cama revolviste en su enfermedad.
कष्टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
4 Yo dije: Jehová, ten misericordia de mí; sana a mi alma, porque he pecado contra ti.
मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
5 Mis enemigos dicen mal de mí: ¿Cuándo morirá, y perecerá su nombre?
मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्ट होला?”
6 Y si me venía a ver, hablaba mentira: su corazón le amontonaba iniquidad: salido fuera, hablaba.
मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
7 Congregados murmuraban contra mí todos los que me aborrecían; contra mí pensaban mal para mí.
मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्याउने आसा गर्छन् ।
8 Cosa pestilencial, dicen, se ha pegado en él; y el que cayó en cama, no volverá a levantarse.
तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”
9 Aun el varón de mi paz, en quien confiaba; el que comía mi pan, engrandeció contra mí el calcañar.
वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्नो लात उठाएको छ ।
10 Mas tú Jehová, ten misericordia de mí, y házme levantar; y pagárles he.
तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
11 En esto conocí que te he agradado, porque mi enemigo no triunfará contra mí.
तपाईं मसँग खुसी हुनुहुन्छ भनी यसैद्वारा म जान्नेछु, किनकि मेरो शत्रुले मलाई जित्दैन ।
12 Y yo en mi integridad me has sustentado: y me has hecho estar delante de ti para siempre.
मेरो बारेमा, मेरो इमान्दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्नुहुनेछ ।
13 Bendito sea Jehová, el Dios de Israel, de siglo a siglo. Amén, y Amén.
अनन्तदेखि अनन्तसम्म नै परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस् । आमेन र आमेन ।