< Números 28 >
1 Y habló Jehová a Moisés, diciendo:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Manda a los hijos de Israel, y díles: Mi ofrenda, mi pan con mis ofrendas encendidas en olor de mi holganza guardaréis, ofreciéndomelo a su tiempo.
“इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।'
3 Ítem, decirles has: Esta es la ofrenda encendida, que ofreceréis a Jehová: Dos corderos perfectos de un año, cada un día, será el holocausto continuo.
तैँले तिनीहरूलाई भन्नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा ।
4 El un cordero harás a la mañana, y el otro cordero harás entre las dos tardes;
तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ ।
5 Y una diezma de un efa de flor de harina amasada con una cuarta de un hin de aceite molido, en presente:
तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।
6 Holocausto continuo, que fue hecho en el monte de Sinaí en olor de holganza, ofrenda encendida a Jehová.
यो परमप्रभुलाई सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो । यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस् ।
7 Y su derramadura será una cuarta de un hin con cada un cordero: derramarás derramadura de vino a Jehová, en el santuario.
तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ ।
8 Y el segundo cordero harás entre las dos tardes: conforme a la ofrenda de la mañana, y conforme a su derramadura harás, ofrenda encendida en olor de holganza a Jehová.
तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्नबलिसँगै चढाउनुपर्छ ।
9 Mas el día del sábado, dos corderos sin mancha de un año, y dos diezmas de flor de harina amasada con aceite por presente, con su derramadura.
शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।
10 Este será el holocausto del sábado cada sábado, allende del holocausto continuo y su derramadura.
यो नियमित होमबलि र यससँगको अन्नबलिको अतिरिक्त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ ।
11 Ítem, en los principios de vuestros meses ofreceréis en holocausto a Jehová, dos becerros hijos de vaca, y un carnero, y siete corderos perfectos de un año.
हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ ।
12 Y tres diezmas de flor de harina amasada con aceite por presente con cada becerro; y dos diezmas de flor de harina amasada con aceite por presente con cada carnero.
तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्नबलिको रूपमा चढाउनुपर्छ ।
13 Y una diezma de flor de harina amasada con aceite en ofrenda por presente con cada cordero. Holocausto de olor de holganza, ofrenda encendida a Jehová,
तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ ।
14 Y sus derramaduras de vino serán medio hin con cada becerro, y una tercia de un hin con cada carnero, y una cuarta de un hin con cada cordero. Esto será el holocausto de cada mes por todos los meses del año.
मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ ।
15 Y un macho de cabrío en expiación se hará a Jehová, allende del holocausto continuo, con su derramadura.
एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्त हुने छ ।
16 Mas en el mes primero, a los catorce del mes será la pascua de Jehová.
पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ ।
17 Y a los quince días de aqueste mes la solemnidad: por siete días se comerán panes cenceños:
यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।
18 El primer día habrá santa convocación; ninguna obra servil haréis.
पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
19 Y ofreceréis en ofrenda encendida, en holocausto a Jehová, dos becerros hijos de vaca, y un carnero, y siete corderos de un año, sin defecto los tomaréis.
तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।
20 Y su presente amasado con aceite, tres diezmas con cada becerro, y dos diezmas con cada carnero haréis.
साँढेसँगै तिमीहरूले अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ ।
21 Con cada uno de los siete corderos haréis una diezma.
सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ,
22 Y un macho cabrío por expiación para reconciliaros.
र आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
23 Esto haréis allende del holocausto de la mañana, que es el holocausto continuo.
तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्त चढाउनुपर्छ ।
24 Conforme a esto haréis el pan de la ofrenda encendida en olor de holganza a Jehová cada uno de los siete días, hacerse ha allende del holocausto continuo, con su derramadura.
यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्त चढाउनुपर्छ ।
25 Y el séptimo día tendréis santa convocación: ninguna obra servil haréis.
तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
26 Ítem, el día de las primicias cuando ofreciereis presente nuevo a Jehová en vuestras semanas, tendréis santa convocación, ninguna obra servil haréis.
अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
27 Y ofreceréis en holocausto en olor de holganza a Jehová dos becerros hijos de vaca, un carnero, siete corderos de un año.
परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ ।
28 Y el presente de ellos, flor de harina amasada con aceite, tres diezmas con cada becerro, dos diezmas con cada carnero.
तिनीहरूसँगै अन्नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू ।
29 Con cada uno de los siete corderos una diezma.
हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो,
30 Un macho de cabrío para reconciliaros.
र आफ्नो निम्ति प्रायश्चित्तको निम्ति एउटा बोका चढाउनू ।
31 Esto haréis allende del holocausto continuo y sus presentes, y sus derramaduras: sin tacha los tomaréis.
जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्नबलिको अतिरिक्त हुनुपर्छ ।