< Job 8 >
1 Y respondió Baldad Sujita, y dijo:
तब बिल्दाद शुहीले जवाफ दिए र भने,
2 ¿Hasta cuándo hablarás esto, y las palabras de tu boca serán como un viento fuerte?
“तपाईं कहिलेसम्म यी कुरा भन्नुहुन्छ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्?
3 ¿Si pervertirá Dios el derecho, y si el Todopoderoso pervertirá la justicia?
के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
4 Si tus hijos pecaron contra él, él los echó en el lugar de su pecado.
तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्नै पापमा मर्न दिनुभयो ।
5 Si tú de mañana buscares a Dios, y rogares al Todopoderoso:
तर मानौँ, तपाईंले परमेश्वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्लाई चढाउनुभयो ।
6 Si fueres limpio y derecho, cierto luego se despertará sobre ti, y hará próspera la morada de tu justicia:
तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्चय पनि तपाईंको पक्ष लिनुहुन्छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्छ ।
7 De tal manera que tu principio habrá sido pequeño en comparación del grande crecimiento de tu postrimería.
तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्छ ।
8 Porque pregunta ahora a la edad pasada, y dispónte para inquirir de sus padres de ellos;
कृपया पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्नो ध्यान लगाउनुहोस् ।
9 Porque nosotros somos desde ayer, no sabemos, siendo nuestros días sobre la tierra como sombra.
(हामी हिजो मात्र जन्मियौं र हामी केही जन्दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)
10 ¿No te enseñarán ellos, te dirán, y de su corazón sacarán estas palabras?
के तिनले तपाईंलाई सिकाउने र भन्ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?
11 ¿El junco crece sin cieno? ¿crece el prado sin agua?
के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ? के पानीविना निगालाहरू बढ्छन्?
12 ¿Aun él en su verdura no será cortado, y antes de toda yerba se secará?
ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्छन् ।
13 Tales son los caminos de todos los que olvidan a Dios; y la esperanza del impío perecerá.
परमेश्वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्छन् । ईश्वरहीनको आशा नष्ट हुन्छन् ।
14 Porque su esperanza será cortada, y su confianza es casa de araña.
उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।
15 El estribará sobre su casa, mas no permanecerá en pie: recostarse ha sobre ella, mas no se afirmará.
ऊ आफ्नो घरमा अडेल लग्छ, तर त्यसले उसलाई थाम्दैन । उसले त्यसमा समात्छ, तर यो अडिंदैन ।
16 Un árbol está verde delante del sol, y sus renuevos salen sobre su huerto:
घामको मुनि त्यो हरियो हुन्छ, र त्यसका पालुवाहरू त्यसको सारा बगैँचामा फैलिन्छ ।
17 Junto a una fuente sus raíces se van entretejiendo, y enlazándose hasta un lugar pedregoso.
त्यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
18 Si le arrancaren de su lugar, y negare de él, diciendo: Nunca te vi:
तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
19 Ciertamente este será el gozo de su camino; y de la tierra de donde se traspusiére retoñecerán otros.
हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
20 He aquí, Dios no aborrece al perfecto, ni toma la mano de los malignos.
हेर्नुहोस्, परमेश्वरले निर्दोष मानिसलाई फाल्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
21 Aun henchirá tu boca de risa, y tus labios de jubilación.
तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्दको सोरले भर्नुहुनेछ ।
22 Los que te aborrecen, serán vestidos de confusión; y la habitación de los impíos perecerá.
तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्टको पाल फेरि रहनेछैन ।”