< Ezequiel 2 >
1 Y díjome: Hijo del hombre, está sobre tus pies, y hablaré contigo.
उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, आफ्ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”
2 Y entró espíritu en mí después que me habló; y me afirmó sobre mis pies, y oí al que me hablaba.
तब उहाँ मसित बोल्नुहुँदा, तब मभित्र आत्मा प्रवेश गर्नुभयो र मलाई आफ्ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें ।
3 Y díjome: Hijo del hombre, yo te envió a los hijos de Israel, a gentes rebeldes, que se rebelaron contra mí: ellos y sus padres se rebelaron contra mí, hasta este mismo día.
उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्मै मेरो विरुद्धमा पाप गरेका छन् ।
4 Y a hijos duros de rostros, y fuertes de corazón yo te envío; y decirles has: Así dijo el Señor Jehová.
तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।'
5 Y ellos no oirán, ni cesarán, porque son casa rebelde: mas conocerán que hubo profeta entre ellos.
तिनीहरूले सुन्नेछन् वा सुन्नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बिचमा एक जना अगमवक्ता छन् भनी जान्नेछन् ।
6 Y tú, o! hijo del hombre, no temas de ellos, ni hayas miedo de sus palabras, porque son rebeldes; y espinos viven contigo, y tu moras con abrojos: no hayas miedo de sus palabras, ni temas delante de ellos, porque son casa rebelde.
ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन् ।
7 Hablarles has mis palabras, mas no oirán, ni cesarán, porque son rebeldes.
तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्नेछस्, किनकि तिनीहरू ज्यादै विद्रोही छन् ।
8 Mas tú, hijo del hombre, oye lo que yo te hablo: No seas rebelde como la casa rebelde: abre tu boca, y come lo que yo te doy.
तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
9 Y miré, y, he aquí, una mano me fue enviada, y en ella había un libro envuelto.
तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्यसमा एउटा लेखिएको मुट्ठो थियो ।
10 Y extendióle delante de mí, y estaba escrito delante y detrás; y estaban en él escritas endechas, y lamentación, y ayes.
उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।