< Ezequiel 19 >
1 Y tú levanta esta endecha sobre los príncipes de Israel,
“अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्,
2 Y dirás: ¿Cómo se echó entre los leones tu madre la leona: entre los leoncillos crió sus cachorros?
र भन्, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।
3 E hizo subir uno de sus cachorros: vino a ser leoncillo, y aprendió a prender presa, y a comer hombres.
आफ्ना डमरुमध्ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्यो र त्यसले मानिसहरूलाई खायो ।
4 Y las naciones oyeron de él: fue tomado con el lazo de ellas, y trajéronle con grillos a la tierra de Egipto.
तब जातिहरूले त्यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्यो, र तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर मिश्रदेशमा लगे ।
5 Y viendo que había esperado mucho tiempo, y que se perdía su esperanza, tomó otro de sus cachorros, y púsole por leoncillo.
त्यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई ।
6 Y él andaba entre los leones, hízose leoncillo, aprendió a prender presa, comió hombres.
त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्डुल गर्न लाग्यो । त्यो एउटा बलियो जवान सिंह भएको थियो र त्यसले शिकारलाई फहराउन सिक्यो । त्यसले मानिसहरूलाई खान लाग्यो ।
7 Y conoció sus viudas, y asoló sus ciudades; y la tierra, y su abundancia fue asolada de la voz de su bramido.
त्यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्यो र तिनीहरूका सहरहरू उजाड पार्यो । त्यो गर्जेको आवाजले त्यो देश र त्यसको पूर्णतालाई त्यागियो ।
8 Y dieron sobre él las gentes de las provincias de al derredor; y extendieron sobre él su red: fue preso en su hoyo.
तर छेउछाउका इलाकाबाट जातिहरू त्यसको विरुद्धमा आए । तिनीहरूले त्यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्यो पर्यो ।
9 Y pusiéronle en cárcel con cadenas, y trajéronle al rey de Babilonia: metiéronle en fortalezas, que su voz no se oyese más sobre los montes de Israel.
अङ्कुसेले समातेर तिनीहरूले त्यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्यसको आवाज फेरि कहिल्यै सुनिनेछैन ।
10 Tu madre fue como una vid en tu sangre, plantada junto a aguas, haciendo fruto, y echando ramas a causa de las muchas aguas.
तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो ।
11 Y ella tuvo varas fuertes para cetros de señores, y su estatura se levantó encima entre las ramas; y fue vista con su altura, y con la multitud de sus ramos.
त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो ।
12 Y fue arrancada con ira, derribada en tierra, y viento solano secó su fruto: fueron quebradas sus ramas, y secáronse: la vara de su fuerza consumió fuego.
तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्यसका फललाई सुकाइदियो । त्यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए ।
13 Y ahora es plantada en el desierto, en tierra de sequedad y de sequera.
यसैले अब त्यो उजाड-स्थानमा, सुक्खा र पानी नभएको ठाउँमा रोपियो ।
14 Y salió fuego de la vara de sus ramos que consumió su fruto, y no quedó en ella vara fuerte, cetro para enseñorear. Endecha es, y de endecha servirá.
किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”