< 2 Crónicas 23 >

1 Mas al séptimo año, Joiada se animó, y tomó consigo en alianza a los centuriones, a Azarías, hijo de Jeroham, y a Ismael, hijo de Johanán, y a Azarías, hijo de Obed, y Masías, hijo de Adaias, y Elisafat, hijo de Zecri:
सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए।
2 Los cuales rodeando por Judá, juntaron los Levitas de todas las ciudades de Judá, y los príncipes de las familias de Israel, y vinieron a Jerusalem.
तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए।
3 Y toda la multitud hizo alianza con el rey en la casa de Dios; y él les dijo: He aquí el hijo del rey, el cual reinará, como Jehová lo ha dicho de los hijos de David.
तब सारा समुदायले राजासित परमेश्‍वरको मन्दिरमा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्।
4 Lo que habéis de hacer, es que la tercera parte de vosotros, los que entran el sábado, estarán por porteros con los sacerdotes y los Levitas:
अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहनुपर्छ।
5 Y la otra tercera parte, a la casa del rey: y la otra tercera parte, a la puerta del cimiento: y todo el pueblo estará en los patios de la casa de Jehová.
एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ।
6 Y ninguno entre en la casa de Jehová, sino los sacerdotes y los Levitas que sirven: estos entrarán, porque son santos: y todo el pueblo hará la guardia de Jehová.
याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्‍न पाउनेछैनन्, तिनीहरू मात्र पस्‍न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ।
7 Y los Levitas cercarán al rey de todas partes, y cada uno tendrá sus armas en la mano; y cualquiera que entrare en la casa, muera: y estaréis con el rey cuando entrare, y cuando saliere.
लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्‍ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।”
8 Y los Levitas y todo Judá lo hicieron todo como lo había mandado el sacerdote Joiada: y tomó cada uno los suyos, los que entraban el sábado, y los que salían el sábado: porque el sacerdote Joiada no dio licencia a las compañías.
लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्।
9 Dio también el sacerdote Joiada a los centuriones las lanzas, paveses, y escudos, que habían sido del rey David, que estaban en la casa de Dios.
तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए।
10 Y puso en orden a todo el pueblo, teniendo cada uno su espada en la mano, desde el rincón derecho del templo hasta el izquierdo, al altar y a la casa, en derredor del rey de todas partes.
तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए।
11 Entonces sacaron al hijo del rey, y pusiéronle la corona y el testimonio, e hiciéronle rey. Y Joiada y sus hijos le ungieron, diciendo: Viva el rey.
यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!”
12 Y como Atalía oyó el estruendo del pueblo que corría, y de los que bendecían al rey, vino al pueblo a la casa de Jehová;
जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्‍ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्।
13 Y mirando vio al rey que estaba junto a su columna a la entrada, y los príncipes y los trompetas junto al rey, y que todo el pueblo de la tierra hacía alegrías, y sonaban bocinas, y cantaban con instrumentos de música, los que sabían alabar: entonces Atalía rompió sus vestidos, y dijo: Conjuración, conjuración:
तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
14 Y sacando el pontífice Joiada los centuriones y capitanes del ejército, díjoles: Sacádla de dentro del cercado: y el que la siguiere, muera a cuchillo: porque el sacerdote había mandado, que no la matasen en la casa de Jehová.
पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए।
15 Y ellos pusieron las manos en ella, y ella se entró en la entrada de la puerta de los caballos de la casa del rey, y allí la mataron,
यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे।
16 Y Joiada hizo alianza entre sí, y todo el pueblo, y el rey, que serían pueblo de Jehová.
त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे।
17 Después de esto entró todo el pueblo en el templo de Baal, y le derribaron, y también sus altares: y quebraron sus imágenes. Y asimismo mataron delante de los altares a Matán sacerdote de Baal.
सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे।
18 Después de esto Joiada ordenó los oficios en la casa de Jehová debajo de la mano de los sacerdotes y de los Levitas, como David los había distribuido en la casa de Jehová, para ofrecer los holocaustos a Jehová, como está escrito en la ley de Moisés, con gozo y cantares, conforme a la ordenación de David.
त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए।
19 Puso también porteros a las puertas de la casa de Jehová, para que por ninguna vía entrase ningún inmundo.
कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्‍न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे।
20 Tomó después a los centuriones, y los principales, y los que gobernaban el pueblo, y a todo el pueblo de la tierra, y llevó al rey de la casa de Jehová: y viniendo hasta el medio de la puerta mayor de la casa del rey, asentaron al rey sobre el trono del reino.
तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्‍लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए।
21 Y todo el pueblo de la tierra hizo alegrías, y la ciudad estuvo quieta: y a Atalía mataron a cuchillo.
अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्।

< 2 Crónicas 23 >