< 1 Crónicas 22 >
1 Y dijo David: Esta será la casa de Jehová Dios, y este será el altar del holocausto para Israel.
तब दाऊदले भने, “इस्राएलको निम्ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्वरका मन्दिरको ठाउँ यहीं हुनेछ ।”
2 Y mandó David que se juntasen los extranjeros que estaban en la tierra de Israel, e hizo de ellos canteros, que labrasen piedra para edificar la casa de Dios.
यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
3 Asimismo aparejó David mucho hierro para la clavazón de las puertas, y para las junturas: y mucho metal sin peso, y madera de cedro sin cuenta.
तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्न सक्नेभन्दा धेरै काँसा,
4 Porque los Sidonios y Tirios habían traído a David madera de cedro innumerable.
र गन्न सक्नेभन्दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्नै नसक्ने गरी प्रशस्त मात्रामा देवदारु दाऊदकहाँ ल्याइदिए) ।
5 Y dijo David: Mi hijo Salomón es aun muchacho y tierno, y la casa que se ha de edificar a Jehová ha de ser magnífica por excelencia, para nombre y honra en todas las tierras: ahora pues yo le aparejaré lo necesario. Y aparejó David antes de su muerte en grande abundancia.
दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्नो मृत्यु हुनुअगि ठुलो तयारी गरे ।
6 Y llamó David a Salomón su hijo, y mandóle que edificase casa a Jehová Dios de Israel.
तब तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए ।
7 Y dijo David a Salomón: Hijo mío, en mi corazón tuve de edificar templo al nombre de Jehová mi Dios;
दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मेरो इच्छा थियो ।
8 Mas háme sido hecha palabra de Jehová, diciendo: Tú has derramado mucha sangre, y has traído grandes guerras, no edificarás casa a mi nombre: porque has derramado mucha sangre en la tierra delante de mí.
तर परमप्रभुले मकहाँ आउनुभयो र भन्नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस् । मेरो नाउँको निम्ति मन्दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रगत बगाएको छस् ।
9 He aquí, un hijo te nacerá, el cual será varón de reposo: porque yo le daré quietud de todos sus enemigos en derredor; por tanto su nombre será Salomón; y yo daré paz y reposo sobre Israel en sus días.
तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्ति र चैन दिनेछु ।
10 Este edificará casa a mi nombre, y él me será a mí por hijo, y yo seré a él por padre; y afirmaré el trono de su reino sobre Israel para siempre.
मेरो नाउँको निम्ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
11 Por tanto ahora, hijo mío, sea contigo Jehová, y seas prosperado, y edifiques casa a Jehová tu Dios como él ha dicho de ti.
अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्वरको मन्दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्नुभएझैं तैंले त्यो बनाउनेछस्।
12 Y Jehová te dé entendimiento y prudencia, y él te démandamientos para Israel: y que tú guardes la ley de Jehová tu Dios.
परमप्रभुले नै तँलाई अन्तर्दृष्टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्नेछस् ।
13 Entonces serás prosperado, si guardares para hacer los estatutos y derechos que Jehová mandó a Moisés para Israel. Esfuérzate pues, y sé robusto; no tengas miedo, ni temor.
तब इस्राएलको निम्ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्साहित नहो ।
14 He aquí, yo conforme a mi pobreza, he aparejado para la casa de Jehová cien mil talentos de oro, y un millar de millares de talentos de plata: el metal y el hierro no tiene peso, porque es mucho. Asimismo he aparejado madera y piedra, a lo cual tú añadirás.
अब हेर्, ज्यादै प्रयत्नका साथ मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्नुपर्छ ।
15 Tú tienes contigo muchos oficiales, canteros, albañiles, y carpinteros, y todo hombre experto en toda obra.
तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
16 Del oro, de la plata, del metal, y del hierro, no hay número. Levántate y haz; que Jehová será contigo.
जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
17 Asimismo mandó David a todos los principales de Israel, que diesen ayuda a Salomón su hijo, diciendo:
दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,
18 ¿No es con vosotros Jehová vuestro Dios, el cual os ha dado quietud de todas partes? porque él ha entregado en mi mano los moradores de la tierra, y la tierra ha sido sujetada delante de Jehová, y delante de su pueblo.
“परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन् ।
19 Ponéd pues ahora vuestros corazones y vuestros ánimos en buscar a Jehová vuestro Dios; y levantáos, y edificád el santuario del Dios Jehová, para traer el arca del concierto de Jehová, y los santos vasos de Dios a la casa edificada al nombre de Jehová.
अब आफ्नो सारा हृदय र आफ्नो प्राणले परमप्रभु आफ्ना परमेश्वरको खोजी गर । उठ र परमप्रभु परमेश्वरको पवित्रस्थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र कुराहरू परमेश्वरको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ ।”