< Salmos 21 >

1 Oh Yavé, el rey se alegrará en tu poder, Y en tu salvación ¡cuánto se regocijará!
हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्!
2 Le diste el deseo de su corazón Y no le retuviste la petición de sus labios. (Selah)
तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन ।
3 Con bendiciones de bien saliste a su encuentro. Corona de oro puro pusiste en su cabeza.
किनकि तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ ।
4 Vida te pidió, Y se la concediste, Largura de días, eternamente y para siempre.
तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो ।
5 Grande es su gloria por tu salvación. Pusiste sobre él honor y majestad.
तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ ।
6 Lo bendijiste para siempre. Lo llenaste de alegría con tu Presencia
किनकि तपाईंले तिनलाई सदाको आशिष्‌‌‌ दिनुहुन्छ । आफ्‍नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।
7 Por cuanto el rey confía en Yavé. Por la misericordia de ʼElyón, no será conmovido.
राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्‍चको करारको विश्‍वस्‍तताले तिनी डग्‍नेछैनन् ।
8 Tu mano alcanzará a todos tus enemigos. Tu mano derecha alcanzará a los que te aborrecen.
तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।
9 Los pondrás en horno de fuego en el tiempo de tu ira. Yavé los deshará en su ira, Y el fuego los consumirá.
तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।
10 Destruirás su producto de la tierra, Y su descendencia de entre los hijos de hombres.
तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
11 Porque tramaron el mal contra Ti. Fraguaron un complot, Pero no prevalecerán.
किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।
12 Pues Tú les harás volver la espalda Al apuntar tu arco contra sus rostros.
किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।
13 ¡Engrandécete, oh Yavé, con tu fortaleza! Cantaremos y alabaremos tu poderío.
हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं ।

< Salmos 21 >