< Salmos 115 >
1 No a nosotros, oh Yavé, No a nosotros, Sino a tu Nombre da gloria, Por tu misericordia y por tu verdad.
हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
2 ¿Por qué deben decir los gentiles: Dónde está su ʼElohim?
जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?”
3 Nuestro ʼElohim está en el cielo. Hizo todo lo que quiso.
हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
4 Los ídolos de ellos son de plata y oro, Obra de manos de hombres.
जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
5 Tienen bocas, pero no hablan. Tienen ojos, pero no ven.
ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
6 Tienen orejas, pero no oyen. Tienen fosas nasales, pero no perciben olor.
तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
7 Tienen manos, pero no palpan. Tienen pies, pero no andan. No hablan con su garganta.
ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
8 Los que los hacen Y todos los que confían en ellos Son semejantes a ellos.
तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।
9 ¡Oh Israel, confía en Yavé! Él es tu Ayuda y Escudo.
ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
10 ¡Oh casa de Aarón, confía en Yavé! Él es tu Ayuda y tu Escudo.
ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।
11 Los que temen a Yavé, Confíen en Yavé. Él es su Ayuda y su Escudo.
तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।
12 Yavé se acordó de nosotros, Él nos bendecirá. Bendecirá a la casa de Israel, Bendecirá a la casa de Aarón.
परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।
13 Bendecirá a los que temen a Yavé, A los pequeños y a los grandes.
उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।
14 Yavé aumentará bendición Sobre ustedes y sobre sus hijos.
परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।
15 Benditos sean ustedes por Yavé, Quien hizo el cielo y la tierra.
परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
16 El cielo es el cielo de Yavé, Pero Él dio la tierra a los hijos de [los] hombres.
स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
17 No alaban los muertos a YA, Ni cualquiera que baja al silencio.
मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ ।
18 Pero nosotros bendecimos a YA desde ahora y para siempre. ¡Aleluya!
तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।