< Números 25 >
1 Mientras Israel permanecía en Sitim, el pueblo comenzó a prostituírse con las hijas de Moab,
इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्त्रीहरूसँग व्यभिचार गर्न थाले,
2 las cuales invitaban al pueblo a los sacrificios a sus ʼelohim. El pueblo comió y se postró ante los ʼelohim de ellas.
किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।
3 Así Israel se unió a baal Peor, y la ira de Yavé se encendió contra Israel.
इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।
4 Y Yavé dijo a Moisés: Detén a todos los jefes del pueblo y ahórcalos a pleno sol delante de Yavé. Y el ardor de la ira de Yavé se apartará de Israel.
परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् ।
5 Entonces Moisés dijo a los jueces de Israel: Que cada uno mate a sus hombres que se unieron a baal Peor.
त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”
6 Y mientras ellos lloraban en la entrada del Tabernáculo de Reunión, ahí llegaba un varón de los hijos de Israel que llevaba una madianita a vista de Moisés y de toda la congregación de los hijos de Israel.
अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।
7 Cuando lo vio Finees, hijo de Eleazar, hijo del sacerdote Aarón, se levantó de en medio de la congregación. Al tomar una lanza en su mano,
जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।
8 fue tras el israelita hacia el Tabernáculo y los atravesó a ambos por su vientre, al varón de Israel y a la mujer. Y en seguida se detuvo la mortandad de sobre los hijos de Israel.
तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।
9 Pero en aquella mortandad murieron 24.000.
त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।
10 Entonces Yavé habló a Moisés:
परमप्रभुले मोशालाई भन्नुभयो,
11 Finees, hijo de Eleazar, hijo del sacerdote Aarón, desvió mi furor de sobre los hijos de Israel, al mostrar su celo por Mí en medio de ellos, por lo cual Yo no consumí en mi celo a [todos] los hijos de Israel.
“पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।
12 Por tanto, anuncia: Ciertamente Yo establezco un Pacto de paz
यसकारण परमप्रभु भन्नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु ।
13 con él y su descendencia, el Pacto del sacerdocio perpetuo, porque él fue celoso por su ʼElohim e hizo sacrificio que apacigua por los hijos de Israel.
त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
14 El nombre del israelita que fue asesinado con la madianita era Zimri, hijo de Salu, jefe de una familia de la tribu de Simeón.
इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।
15 El nombre de la madianita asesinada era Cozbi, hija de Zur, jefe de una tribu, padre de una familia de Madián.
त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।
16 Entonces Yavé habló a Moisés:
त्यसैले परमप्रभुले मोशालाई भन्नुभयो,
17 Ataquen a los madianitas y destrúyanlos,
“मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,
18 pues ellos son sus enemigos por las astucias con las cuales los engañaron en el asunto de Peor y en el asunto de Cozbi, hija del jefe de Madián, hermana de ellos, que fue asesinada el día de la mortandad a causa de Peor.
किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्टतातिर लगे ।