< Josué 9 >
1 Sucedió que cuando todos los reyes que estaban al otro lado del Jordán, tanto en la región montañosa como en la Sefela y toda la costa del mar Grande hasta el Líbano: el heteo, el amorreo, el cananeo, el ferezeo, el heveo y el jebuseo supieron lo acontecido,
त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
2 se reunieron para luchar juntos contra Josué y contra Israel bajo un solo mando.
यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।
3 Sin embargo, cuando los habitantes de Gabaón oyeron lo que Josué hizo en Jericó y en Hai,
जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने,
4 ellos usaron astucia, pues fueron y fingieron ser embajadores. Pusieron sobre sus asnos costales viejos, odres de vino viejos, rotos y remendados,
उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए ।
5 sandalias viejas y remendadas en los pies, ropas viejas sobre ellos, y todo el pan que llevaban para el camino estaba seco y mohoso.
उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए ।
6 Así llegaron al campamento en Gilgal ante Josué y le dijeron a él y a los israelitas: Venimos de una tierra lejana. Hagan ahora un pacto con nosotros.
उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।
7 Los hombres de Israel respondieron a aquellos heveos: Tal vez ustedes viven en medio de nuestra tierra, ¿cómo, pues, haremos un pacto con ustedes?
इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु?”
8 Y dijeron a Josué: Somos esclavos tuyos. Entonces Josué les dijo: ¿Quiénes son ustedes? ¿De dónde vienen?
उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
9 A lo cual ellos respondieron: Tus esclavos llegaron de un país muy lejano por causa del Nombre de Yavé tu ʼElohim, pues oímos la fama de Él, todo lo que Él hizo en Egipto,
उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा,
10 y a los dos reyes de los amorreos que estaban al otro lado del Jordán: a Sehón, rey de Hesbón, y Og, rey de Basán, quien vivía en Astarot.
र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
11 Por lo cual nuestros ancianos y todos los habitantes de nuestra tierra nos hablaron: Tomen en sus manos provisión para el camino, vayan al encuentro con ellos y díganles: Nosotros somos sus esclavos. Hagan ahora un pacto con nosotros.
हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
12 Este pan estaba caliente cuando lo tomamos de nuestras casas como provisión para el camino el día cuando salimos a fin de llegar a ustedes, pero ahora, míralo aquí seco y mohoso.
हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
13 Estos odres de vino los llenamos nuevos, y míralos aquí rotos, y nuestras ropas y nuestras sandalias desgastadas por lo largo del camino.
१३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
14 Entonces los hombres de Israel tomaron de sus provisiones [y les dieron], pero no pidieron consejo de Yavé.
त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् ।
15 Josué hizo paz con ellos e hizo un pacto con ellos de preservarles la vida. Los jefes de la congregación también les hicieron juramento.
यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
16 Sucedió que tres días después de hacer el pacto con ellos, oyeron decir que eran sus vecinos y que vivían dentro de su tierra.
इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।
17 Entonces los hijos de Israel salieron, y al tercer día llegaron a las ciudades de aquéllos. Y sus ciudades eran Gabaón, Cafira, Beerot, y Quiriat-jearim.
त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।
18 Los hijos de Israel no los mataron porque los jefes de la congregación les hicieron juramento por Yavé, ʼElohim de Israel. Y toda la congregación murmuró contra los jefes.
इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे ।
19 Todos los jefes respondieron a toda la congregación: Juramos por Yavé, ʼElohim de Israel, por tanto, ahora no los podemos tocar.
तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।
20 Esto haremos con ellos para dejarlos vivir, y así la ira no caerá sobre nosotros a causa del juramento que les hicimos.
हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्न हामी उनीहरूलाई बाँच्न दिने छौँ ।”
21 Los jefes dijeron con respecto a ellos: Déjenlos vivir. Y fueron leñadores y aguadores para toda la congregación, según los jefes les prometieron.
अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, “उनीहरूलाई बाँच्न देओ ।” त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्ने र दाउरा काट्ने मानिसहरू भए ।
22 Josué entonces los llamó y les habló: ¿Por qué nos engañaron y dijeron: Vivimos muy lejos de ustedes, pero en realidad viven en medio de nosotros?
यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ?
23 Ahora pues, malditos son ustedes. Nunca faltarán de entre ustedes esclavos, ni leñadores y aguadores para la Casa de mi ʼElohim.
अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्ये केही सधैँको निम्ति मेरा परमेश्वरको भवनमा दाउरा काट्ने र पानी तान्ने दासहरू हुने छौ ।”
24 Ellos respondieron a Josué: Porque tus esclavos ciertamente fueron informados que Yavé tu ʼElohim ordenó a su esclavo Moisés que les diera toda esta tierra y destruyera a todos los habitantes de esta tierra que está ante ustedes. Por tanto tuvimos muchísimo temor por nuestras vidas a causa de ustedes, e hicimos esto.
उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्यौँ ।
25 Ahora pues, estamos en tus manos. Haz con nosotros como te parezca bien y justo.
अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्तिमा राख्नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।”
26 Él lo hizo así, y los libró de la mano de los hijos de Israel para que no los mataran.
त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
27 Aquel día Josué los designó como leñadores y aguadores para la congregación y para el altar de Yavé en el lugar que Él escogiera. Lo cual son hasta hoy.
त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्नेहरू बनाए ।