< Job 31 >
1 Hice un pacto con mis ojos. ¿Cómo podría entonces fijar mi mirada en una doncella?
मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्टिले हेर्न सक्छु र?
2 ¿Cuál sería la recompensa de ʼEloah desde arriba o la herencia de ʼEL-Shadday desde las alturas?
किनकि माथि हुनुभएको परमेश्वरबाट के हिस्सा पाइन्छ र? उच्चमा हुनुभएको सर्वशक्तिमान्बाट के उत्तराधिकार पाइन्छ र?
3 ¿No es la calamidad para el perverso, y el desastre para los que obran iniquidad?
विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
4 ¿No observa Él mis caminos y cuenta todos mis pasos?
के परमेश्वरले मेरा मार्गहरू देख्नुहुन्न र मेरा सबै कदम गन्नुहुन्न र?
5 Si anduve con vanidad y mi pie se apresuró al engaño,
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
6 sea yo pesado en balanza justa, y conozca ʼEloah a mi integridad.
न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
7 Si mi paso se apartó del camino, mi corazón se fue tras mis ojos o si alguna mancha se pegó a mis manos,
मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
8 siembre yo y coma otro. Sea arrancada mi cosecha.
तब मलाई रोप्न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।
9 Si mi corazón fue seducido por una mujer y aceché a la puerta de mi prójimo,
मेरो हृदय स्त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
10 muela mi esposa para otro y sobre ella se encorven otros.
तब मेरी पत्नीले अर्कैको लागि अन्न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्टो परून् ।
11 Porque eso sería una lujuriosa perversidad y una iniquidad castigada por los jueces,
किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
12 un fuego que consume hasta el Abadón, que arrancaría toda mi hacienda.
किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
13 Si menosprecié el derecho de mi esclavo o de mi esclava, cuando ellos tenían una queja contra mí,
मेरो कमारा वा कमारीले न्यायको लागि बिन्ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,
14 ¿qué haré cuando ʼEL me levante? ¿Qué le responderé cuando me llame a cuentas?
जब मलाई दोष लगाउन परमेश्वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र?
15 El que me formó en el vientre, ¿no lo formó también a él? ¿No nos formó el mismo en la matriz?
मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
16 Si estorbé el anhelo de los pobres o hice desfallecer los ojos de la viuda,
गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
17 o comí mi bocado a solas y el huérfano no comió de él,
अर्थात् मैले आफ्नो गासलाई एक्लै खाएको छु, अनि अनाथहरूलाई पनि त्यो खान दिएको छैनँ भने—
18 aunque desde mi juventud creció conmigo como con un padre y lo guié desde el seno materno,
किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्याएको छु ।
19 si vi a algún vagabundo sin ropas o algún menesteroso sin algo con lo cual cubrirse,
लुगाफाटाको कमीले कोही नष्ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
20 y sus órganos internos no me bendijeron al calentarse con el vellón de mis ovejas,
मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
21 si alcé mi mano contra el huérfano cuando me vi apoyado en la puerta,
सहरको मूल ढोकामा मैले आफ्नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
22 despréndase mi brazo del hombro y descoyúntese mi brazo de su hueso.
मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्यसको जोर्नीबाट खुस्कोस् ।
23 Porque temo el castigo de ʼEL, pues ante su majestad nada puedo hacer.
किनकि परमेश्वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
24 Si fijé mi confianza en el oro y al metal precioso dije: Tú eres mi esperanza,
सुनलाई मैले आफ्नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
25 si me complací por mis grandes riquezas y porque mi mano ganó mucho,
मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
26 si miré al sol resplandeciente o a la luna que se desplazaba en su esplendor,
सूर्य उदाउँदा मैले त्यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्किलो भएर हिंडेको हेरेको भए,
27 si mi corazón fue seducido en secreto y mi boca les envió un beso con la mano,
अनि मेरो हृदय गुप्तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
28 también sería iniquidad digna de castigo, por negar al ʼEL que está en lo alto.
यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्वरलाई मैले इन्कार गरेको हुन्थें ।
29 ¿Me alegré de la ruina del que me aborrecía o salté de júbilo porque el mal cayó sobre él?
मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
30 ¡No! Nunca dejé que mi boca pecara, ni al maldecir al enemigo, ni al hacer una imprecación para que muriera.
वास्तवमा ऊ मरोस् भनी सराप्नलाई, आफ्नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
31 Decían los esclavos de mi casa: ¿Quién no se sació con su carne?
मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्त नभएको मानिस कसैले भेट्टाउन सक्छ?'
32 El forastero no pasaba la noche en la calle. Yo abría mis puertas al viajero.
(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्नुपरेको छैन, किनकि यात्रु निम्ति मैले सधैँ आफ्ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
33 Si encubrí mis transgresiones como Adán y oculté la iniquidad en mi seno
आफ्नो दोषलाई आफ्नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्ना पापहरू लुकाएको भए,
34 por temor a la muchedumbre, o porque el desprecio de la gente me intimidó y no salí a la puerta.
(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
35 ¡Ojalá me escuchara! ¡Ciertamente aquí está mi firma! ¡Que ʼEL-Shadday me responda!
ओहो, मेरो कुरा सुन्ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
36 Ciertamente lo llevaría sobre mi hombro y me lo ataría a la cabeza como una corona.
निश्चय पनि त्यो म आफ्नै काँधमा खुलमखुला बोकेर हिंड्थें । मुकुटझैं त्यो म लगाउँथें ।
37 Le rendiría cuenta de todos mis pasos, y como a un príncipe me acercaría ante Él.
जसरी निर्धक्क राजकुमार उहाँकहाँ जान्छन्, त्यसरी नै उहाँलाई म आफ्ना कदमहरूको हिसाब दिन्थें ।
38 Si mi tierra clama contra mí y lloran sus surcos junto a ella,
मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
39 si comí su fruto sin pagar o afligí a sus labradores,
त्यसको फसलको लागि मूल्य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्यसका मालिकहरूलाई मृत्युमा पुर्याएको छु भने,
40 crezcan abrojos en lugar de trigo y cizaña en vez de cebada. Aquí terminan las palabras de Job.
तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।