< Hechos 20 >
1 Cuando cesó el alboroto, Pablo llamó y exhortó a los discípulos. Se despidió y partió a Macedonia.
खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।
2 Recorrió aquellas regiones, los exhortó con mucha enseñanza y llegó a Grecia.
उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।
3 Después de tres meses cuando iba a embarcarse para Siria, los judíos tramaron un complot contra él. Así que decidió regresar por Macedonia.
उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
4 Lo acompañaban Sópater, [hijo] de Pirro, de Berea; Aristarco y Segundo, de Tesalonica; Gayo y Timoteo, de Derbe; y Tíquico y Trófimo, de Asia.
उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
5 Ellos se adelantaron, y nos esperaban en Troas.
तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
6 Nosotros, después de los días de los Panes sin Levadura, navegamos desde Filipos. En cinco días nos reunimos con ellos en Troas, donde pasamos siete días.
अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।
7 El primer día de la semana nos reunimos para partir [el] pan. Pablo, quien salía el día siguiente, les hablaba y prolongó el mensaje hasta medianoche.
हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई भेला भएका थियौँ, तब पावल विश्वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।
8 Había muchas lámparas en el aposento alto donde estábamos reunidos.
हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
9 Pablo habló largamente. Un muchacho llamado Eutico, que estaba sentado en la ventana, se quedó profundamente dormido, cayó desde el tercer piso y murió.
युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए ।
10 Entonces Pablo bajó y se tendió sobre él. Lo abrazó y dijo: ¡No se aflijan, porque está vivo!
तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले । त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन् ।”
11 Pablo subió, partió el pan y comió. Habló largamente hasta [el] amanecer y salió.
त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।
12 Llevaron vivo al muchacho, y se consolaron mucho.
तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।
13 Pablo iba por tierra a Asón. Nosotros fuimos hasta la nave con anticipación, y zarpamos hacia Asón para embarcar allí a Pablo, según los planes.
हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।
14 Se encontraron con nosotros en Asón, subió a bordo, y navegamos a Mitilene.
उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ ।
15 Zarpamos de allí y el día siguiente llegamos frente a Quío. El otro día, llegamos cerca de Samos. Y el próximo llegamos a Mileto.
त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।
16 Pablo decidió navegar sin escala en Éfeso para no demorarse en Asia, porque iba de prisa para llegar a Jerusalén, si fuera posible, el día de Pentecostés.
सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
17 [Pablo] envió [un mensaje] a Éfeso desde Mileto para llamar a los ancianos de la iglesia.
मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए ।
18 Cuando llegaron les dijo: Saben cómo me conduje con ustedes todo el tiempo, desde el día cuando llegué a Asia.
तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
19 Serví al Señor con toda humildad, lágrimas y pruebas que me llegaron por las maquinaciones de los judíos.
यहूदीहरूका षड्यन्त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।
20 No me negué a predicarles las cosas provechosas y enseñarles públicamente y de casa en casa.
कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
21 Testifiqué solemnemente a judíos y a griegos sobre el cambio de mente hacia Dios, y la fe en nuestro Señor Jesús.
तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
22 Ahora miren, voy a Jerusalén atado en el espíritu, sin saber lo que me sucederá allá.
अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।
23 En cada ciudad el Espíritu Santo me da a entender solemnemente que me esperan cadenas y aflicciones.
केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहेका छन् ।
24 Pero por ningún motivo considero mi vida valiosa, con tal que termine mi carrera y el ministerio que recibí del Señor Jesús para proclamar solemnemente las Buenas Noticias de la gracia de Dios.
तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
25 Ahora escuchen: Yo sé que ninguno de ustedes entre quienes estuve para predicar el reino, volverá a ver mi rostro.
र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्नुहुनेछैन ।
26 Por tanto, hoy les declaro que estoy limpio de la sangre de todos,
त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।
27 porque no me refrené en anunciarles todo el consejo de Dios.
किनकि मैले तपाईंहरूलाई परमेश्वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
28 Tengan cuidado de ustedes mismos y de todo el rebaño en el cual el Espíritu Santo los puso como supervisores para apacentar la iglesia de Dios, la cual adquirió por medio de su propia sangre.
त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
29 Yo sé que después de mi partida se levantarán entre ustedes lobos feroces que no perdonan al rebaño.
मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन् ।
30 De entre ustedes mismos se levantarán hombres que hablarán cosas depravadas para arrastrar a los discípulos tras ellos.
मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि भ्रष्ट कुराहरू गर्नेछन् ।
31 Por tanto, velen. Recuerden que noche y día durante tres años, no me cansé de amonestar con lágrimas a cada uno.
त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
32 Ahora, los encomiendo a Dios y a la Palabra de su gracia, la cual puede edificar y dar la herencia a todos los santificados.
र अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
33 De nadie codicié plata, ni oro, ni ropa.
मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
34 Ustedes saben que estas manos sirvieron para mis necesidades y para los que estaban conmigo.
तपाईंहरू आफैँ जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।
35 En todo les demostré que al trabajar de este modo es necesario socorrer a los débiles, y recordar las Palabras del Señor Jesús, pues Él mismo dijo: Más inmensamente feliz es el que da que el que recibe.
सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्नुभयो, ʼलिनुभन्दा दिनु अझ बढी आशिष्को कुरो हो ।ʼ”
36 Cuando terminó de hablar esto, se arrodilló y habló con Dios en compañía de ellos.
उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।
37 Entonces brotó un gran llanto de todos. Abrazaron a Pablo y lo besaban.
तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।
38 Estaban muy tristes por la palabra que les dijo: que ya no volverían a ver su rostro. Y lo acompañaron hasta el barco.
तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु: खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्याए ।