< 2 Crónicas 11 >
1 Cuando Roboam llegó a Jerusalén congregó a 180.000 guerreros escogidos de las casas de Judá y de Benjamín para luchar contra Israel y restituir su reino.
जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्य पुनःर्स्थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
2 Pero la Palabra de Yavé llegó a Semaías, varón de ʼElohim:
तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
3 Habla a Roboam, hijo de Salomón, rey de Judá, y a todos los israelitas que estén en Judá y Benjamín:
“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
4 Yavé dijo: No suban ni luchen contra sus hermanos. Regrese cada uno a su casa, porque Yo hice esto. Y ellos escucharon la Palabra de Yavé. Regresaron y no salieron contra Jeroboam.
'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
5 Roboam vivió en Jerusalén y edificó ciudades para la defensa en Judá.
रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
6 Edificó Belén, Etam, Tecoa,
तिनले बेथहेलेम, एताम, तको,
9 Adoraim, Laquis, Azeca,
अदोरेम, लाकीश, आजेका,
10 Zora, Ajalón y Hebrón, ciudades fortificadas que están en Judá y Benjamín.
सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका सहरहरू यि नै थिए ।
11 También reforzó las fortalezas. Colocó en ellas comandantes, almacenes de alimentos, aceite y vino.
तिनले ती गढीहरू किल्लाबन्दी गरे र तिनमा कमाण्डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए ।
12 En cada ciudad puso escudos y lanzas. Las reforzó muchísimo. Así retuvo a Judá y Benjamín.
तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्यामीन तिनका भए ।
13 Los sacerdotes y levitas que estaban en todo Israel se presentaron a [Roboam],
जम्मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।
14 porque los levitas abandonaron sus campos y posesiones, y fueron a Judá y a Jerusalén. (Pues Jeroboam y sus hijos los destituyeron del ministerio como sacerdotes de Yavé,
किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
15 por cuanto él nombró sus propios sacerdotes para los lugares altos, los que actuaban como demonios y los becerros que hizo.)
डाँडाका अल्गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पुजारीहरू नियुक्त गरे ।
16 Aquellos de todas las tribus de Israel que dedicaron su corazón a buscar a Yavé ʼElohim de Israel, siguieron a [los sacerdotes y levitas] hasta Jerusalén para ofrecer sacrificios a Yavé, el ʼElohim de sus antepasados.
परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
17 Fortalecieron el reino de Judá y apoyaron a Roboam, hijo de Salomón, durante tres años, pues anduvieron en el camino de David y Salomón por tres años.
यसैले तिनीहरूले यहूदाको राज्य बलियो बनाए र तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्म हिंडे ।
18 Roboam tomó como esposa a Mahalata, hija de Jerimot, hijo de David y de Abihaíl, hija de Eliab, hijo de Isaí.
रहबामले आफ्नो निम्ति एउटी पत्नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
19 Ella le dio a luz estos hijos: Jeús, Semarías y Zaham.
उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
20 Después de ella tomó a Maaca, hija de Absalón, la cual le dio a luz a Abías, Atai, Ziza y Selomit.
महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
21 Roboam amó a Maaca, hija de Absalón, más que a todas sus esposas y concubinas. Tomó 18 esposas y 60 concubinas, y engendró 28 hijos y 60 hijas.
रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्नीहरू र साठी जना उपपत्नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
22 Roboam designó a Abías, hijo de Maaca, como jefe y príncipe entre sus hermanos, a fin de proclamarlo rey.
रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
23 Al actuar con astucia, distribuyó a todos sus hijos por todas las tierras de Judá y Benjamín y por todas las ciudades fortificadas. Les dio alimento en abundancia y muchas mujeres.
रहबामले बुद्धिमानीपूर्वक राज्य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका जम्मै सहरमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्नीहरू खोजिदिए ।