< Levítico 2 >

1 “‘Cuando alguien ofrezca una ofrenda de cereal a Yahvé, su ofrenda será de harina fina. La cubrirá con aceite y la cubrirá con incienso.
कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।
2 La llevará a los hijos de Aarón, los sacerdotes. Tomará su puñado de su harina fina y de su aceite, con todo su incienso, y el sacerdote quemará su memorial en el altar, una ofrenda hecha por fuego, de aroma agradable para Yahvé.
त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
3 Lo que quede de la ofrenda de harina será de Aarón y de sus hijos. Es una parte santísima de las ofrendas quemadas a Yahvé.
अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।
4 “‘Cuando ofrezcas una ofrenda de harina cocida en el horno, será de tortas sin levadura de harina fina mezcladas con aceite, o de obleas sin levadura untadas con aceite.
चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् ।
5 Si tu ofrenda es una ofrenda de harina hecha a la plancha, será de harina fina sin levadura, mezclada con aceite.
यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् ।
6 La cortarás en pedazos y la untarás con aceite. Es una ofrenda alimenticia.
त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।
7 Si tu ofrenda es una ofrenda de harina de sartén, será de harina fina con aceite.
यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
8 Traerás a Yahvé la ofrenda de harina hecha de estas cosas. Se la presentarás al sacerdote, y él la llevará al altar.
यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
9 El sacerdote tomará de la ofrenda de cereal su recuerdo y la hará arder en el altar, como ofrenda encendida de aroma agradable para el Señor.
त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।
10 Lo que quede de la ofrenda de comida será de Aarón y de sus hijos. Es una parte santísima de las ofrendas quemadas a Yahvé.
अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
11 “‘Ninguna ofrenda de harina que ofrezcas a Yahvé se hará con levadura; porque no quemarás levadura ni miel como ofrenda encendida a Yahvé.
तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।
12 Como ofrenda de primicias las ofrecerás a Yahvé, pero no subirán como aroma agradable al altar.
तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।
13 Cada una de las ofrendas de tu comida la sazonarás con sal. No dejarás que la sal del pacto de tu Dios falte en tu ofrenda de comida. Con todas tus ofrendas ofrecerás sal.
तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
14 “‘Si ofreces una ofrenda de primicias a Yahvé, ofrecerás para la ofrenda de tus primicias cabezas frescas de grano tostadas y machacadas.
परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।
15 Pondrás aceite y pondrás incienso sobre ella. Es una ofrenda de comida.
त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो ।
16 El sacerdote quemará como su memorial parte de su grano molido y parte de su aceite, junto con todo su incienso. Es una ofrenda hecha por fuego a Yahvé.
त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।

< Levítico 2 >