< 2 Samuel 11 >
1 A la vuelta del año, en el tiempo en que salen los reyes, David envió con él a Joab y a sus siervos, y a todo Israel; y destruyeron a los hijos de Amón y sitiaron Rabá. Pero David se quedó en Jerusalén.
बसन्त ऋतुमा यस्तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।
2 Al anochecer, David se levantó de su cama y se paseó por el tejado de la casa real. Desde el tejado vio a una mujer bañándose, y la mujer era muy hermosa de ver.
त्यसैले एक साँझ यस्तो भयो, दाऊद आफ्नो ओछ्यानबाट उठे र आफ्नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।
3 David envió a preguntar por la mujer. Le dijo: “¿No es ésta Betsabé, la hija de Eliam, esposa de Urías el hitita?”.
त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्त्रीलाई चिन्नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्नी होइनन् र?”
4 David envió mensajeros, y la tomó; ella entró a él, y él se acostó con ella (pues estaba purificada de su impureza); y ella volvió a su casa.
दाऊदले दूतहरू पठाए र तिनलाई ल्याए । तिनकहाँ उनी आइन् र तिनी उनीसँग सुते (किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन्)। त्यसपछि उनी आफ्नै घरमा फर्किन् ।
5 La mujer concibió, y envió a avisar a David, diciendo: “Estoy embarazada”.
ती स्त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।”
6 David envió a Joab: “Envíame a Urías el hitita”. Joab envió a Urías a David.
त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।
7 Cuando Urías llegó a él, David le preguntó cómo le había ido a Joab, cómo le había ido al pueblo y cómo había prosperado la guerra.
जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।
8 David le dijo a Urías: “Baja a tu casa y lávate los pies”. Urías salió de la casa del rey, y se envió tras él un regalo del rey.
दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए ।
9 Pero Urías durmió a la puerta de la casa del rey con todos los servidores de su señor, y no bajó a su casa.
तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् ।
10 Cuando se lo contaron a David, diciendo: “Urías no bajó a su casa”, David le dijo a Urías: “¿No vienes de viaje? ¿Por qué no has bajado a tu casa?”
जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?”
11 Urías dijo a David: “El arca, Israel y Judá están en tiendas, y mi señor Joab y los servidores de mi señor están acampados en el campo. ¿Debo, pues, entrar en mi casa para comer y beber, y acostarme con mi mujer? Mientras vivas tú y tu alma, no haré esto”.
उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्ला मैदानमा छाउनीमा छन् । तब म आफ्नो घरमा खान, पिउन र मेरो पत्नीसँग सुत्नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”
12 David le dijo a Urías: “Quédate aquí también hoy, y mañana te dejaré partir”. Así que Urías se quedó en Jerusalén ese día y el siguiente.
त्यसैले दाऊदले उरियाहलाई भने, “आज पनि यहीं बस र म तिमीलाई भोलि पठाउने छु ।” त्यसैले उरियाह त्यस दिन र अर्को दिन यरूशलेममा नै बसे ।
13 Cuando David lo llamó, comió y bebió delante de él, y lo embriagó. Al anochecer, salió a acostarse en su cama con los servidores de su señor, pero no bajó a su casa.
जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्नो ओछ्यानमा सुत्न गए । उनी तल आफ्नो घरमा गएनन् ।
14 Por la mañana, David escribió una carta a Joab y la envió por mano de Urías.
त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।
15 En la carta le decía: “Envía a Urías a la vanguardia de la batalla más caliente, y retírate de él, para que sea golpeado y muera”.
दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्कर युद्धको अग्र पङ्तीमा उरियाहलाई राख्नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।”
16 Cuando Joab vigilaba la ciudad, destinó a Urías al lugar donde sabía que había hombres valientes.
त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।
17 Los hombres de la ciudad salieron y lucharon con Joab. Algunos de ellos cayeron, incluso de los siervos de David, y también murió Urías el hitita.
जब सहरका मानिसहरू बाहिर निस्के र योआबका फौजसँग युद्ध लडे, तब दाऊदका केही सिपाहीहरू मरे र हित्ती उरियाहलाई पनि त्यहीं मारियो ।
18 Entonces Joab envió a contarle a David todo lo concerniente a la guerra;
जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,
19 y le ordenó al mensajero que dijera: “Cuando termines de contarle al rey todo lo concerniente a la guerra,
तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए, “जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस्,
20 sucederá que, si se levanta la ira del rey y te pregunta: ‘¿Por qué te acercaste tanto a la ciudad para pelear? ¿No sabías que iban a disparar desde la muralla?
तब राजा रिसाउन सक्छन् र तिनले भन्ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्ने तिमीहरूले जानेनौ?
21 ¿Quién golpeó a Abimelec, hijo de Jerubbeshet? ¿No le arrojó una mujer una piedra de molino desde el muro, para que muriera en Tebas? ¿Por qué te acercaste tanto a la muralla?” Entonces dirás: “Tu siervo Urías el hitita también ha muerto”.
यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? के एक जना स्त्रीले जाँतोको माथिल्को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।”
22 El mensajero fue, y vino y le mostró a David todo lo que Joab le había enviado.
त्यसैले त्यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्न पठाएका हरेक कुरा भनिदिए ।
23 El mensajero dijo a David: “Los hombres se impusieron a nosotros, y salieron al campo; y estuvimos sobre ellos hasta la entrada de la puerta.
त्यसपछि त्यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्ने ढोकातिर नै फर्कायौं ।
24 Los tiradores dispararon contra tus siervos desde el muro; y algunos de los siervos del rey han muerto, y tu siervo Urías el hitita también ha muerto.”
तब उनीहरूका काँड हान्नेहरूले पर्खाल माथिबाट तपाईंका केही सिपाहीलाई काँड हाने र राजाका केही सेवक मारिए र तपाईंको दास हित्ती उरियाह पनि मारिए ।”
25 Entonces David dijo al mensajero: “Dile a Joab: ‘No dejes que esto te disguste, pues la espada devora a uno como a otro. Haz que tu batalla sea más fuerte contra la ciudad, y derríbala’. Anímalo”.
दाऊदले त्यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्ट पार्छ । त्यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”
26 Cuando la mujer de Urías se enteró de que su marido había muerto, hizo duelo por su marido.
जब उरियाहको पत्नीले आफ्नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।
27 Cuando pasó el luto, David la envió y la llevó a su casa, y ella se convirtió en su esposa y le dio un hijo. Pero lo que David había hecho desagradó a Yahvé.
जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।