< Jeremías 43 >
1 Después de que Jeremías terminó de decirles a todos todo lo que el Señor, su Dios, le había enviado a decir,
परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियालाई भन्न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
2 Azarías hijo de Oseas, Johanán hijo de Carea, y todos los hombres orgullosos y rebeldes le dijo a Jeremías: “¡Mientes! El Señor, nuestro Dios, no te ha enviado para decirnos: ‘No deben irse a vivir a Egipto’.
होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्वरले तिमीलाई भन्न पठाउनुभएको छैन ।
3 ¡No, es Baruc hijo de Nerías quien te ha puesto en contra de nosotros para entregarnos a los babilonios para que nos maten o nos exilien a Babilonia!”
हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
4 Así que Johanán hijo de Carea y todos los comandantes del ejército se negaron a obedecer la orden del Señor de permanecer en la tierra de Judá.
त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्नू भन्ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।
5 En lugar de eso, Johanán hijo de Carea y todos los comandantes del ejército se llevaron a todos los que quedaban del pueblo de Judá, los que habían regresado al país desde todas las naciones donde habían sido dispersados.
कारेहका छोरा योहानान र सेनाका सबै कप्तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्न आएका थिए ।
6 Entre ellos había hombres, mujeres y niños, las hijas del rey y todos los que Nabuzaradán, el comandante de la guardia, había permitido que se quedaran con Gedalías, así como Jeremías y Baruc.
तिनीहरूले पुरुषहरू र स्त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।
7 Fueron a Egipto porque se negaron a obedecer el mandato del Señor. Fueron hasta Tafnes.
तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।
8 Un mensaje del Señor llegó a Jeremías en Tafnes:
त्यसैले तहपेनसमा परमप्रभुको वचन यसो भनेर आयो,
9 Mientras el pueblo de Judá observa, consigue algunas piedras grandes y ponlas en el cemento del pavimento de ladrillos en el camino de entrada al palacio del faraón en Tafnes.
“तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।”
10 Diles que esto es lo que dice el Señor Todopoderoso, el Dios de Israel: Voy a enviar a buscar a mi siervo Nabucodonosor, rey de Babilonia, y lo traeré aquí. Pondré su trono sobre estas piedras que he colocado en el pavimento, y él extenderá su tienda real sobre ellas.
त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।
11 Vendrá y atacará a Egipto, trayendo la muerte a los que están destinados a morir, la prisión a los que están destinados a ser encarcelados y la espada a los que están destinados a ser muertos por la espada.
किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।
12 Prenderé fuego a los templos de los dioses de Egipto. Nabucodonosor los quemará y saqueará sus ídolos. Limpiará la tierra de Egipto como un pastor limpia su manto de pulgas, y saldrá ileso.
त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।
13 Derribará los pilares sagrados del templo del sol en Egipto, y quemará los templos de los dioses de Egipto.
उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”