< 1 Crónicas 7 >

1 Los hijos de Isacar: Tola, Púa, Jasub y Simrón, un total de cuatro.
इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
2 Los hijos de Tola: Uzi, Refaías, Jeriel, Jahmai, Ibsam y Samuel, quienes eran jefes de sus familias. En la época de David, los descendientes de Tola enumeraban en su genealogía un total de 22.600 guerreros.
तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।
3 El hijo de Uzi: Israhías. Los hijos de Israhías: Miguel, Obadías, Joel e Isías. Los cinco eran jefes de familia.
उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।
4 Tenían muchas esposas e hijos, por lo que en su genealogía figuran 36.000 hombres de combate listos para la batalla.
तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।
5 Los parientes guerreros de todas las familias de Isacar, según su genealogía, eran 87.000 en total.
इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।
6 Tres hijos de Benjamín: Bela, Bequer y Jediael.
बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
7 Los hijos de Bela: Ezbón, Uzi, Uziel, Jerimot e Iri, quienes eran jefes de sus familias, y eran un total de cinco. Tenían 22.034 combatientes según su genealogía.
बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।
8 Los hijos de Bequer: Zemira, Joás, Eliezer, Elioenai, Omrí, Jerimot, Abías, Anatot y Alemet. Todos ellos fueron los hijos de Bequer.
बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
9 Su genealogía incluía a los jefes de familia y a 20.200 combatientes.
तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।
10 El hijo de Jediael: Bilhán. Los hijos de Bilhán: Jeús, Benjamín, Aod, Quenaana, Zetán, Tarsis y Ahisahar.
येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
11 Todos estos hijos de Jediael eran jefes de sus familias. Tenían 17.200 guerreros listos para la batalla.
यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
12 Supim y Hupim eran los hijos de Ir, y Husim era hijo de Aher.
(शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
13 Los hijos de Neftalí: Jahziel, Guni, Jezer y Salum, quienes eran los descendientes de Bilha.
नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।
14 Los hijos de Manasés: Asriel, cuya madre era su concubina aramea. También fue la madre de Maquir, el padre de Galaad.
मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।
15 Maquir encontró una esposa para Hupim y otra para Suppim. Su hermana se llamaba Maaca. La segunda se llamaba Zelofehad. Él solo tuvo hijas.
माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।
16 Maaca, la esposa de Maquir, tuvo un hijo y lo llamó Peres. Su hermano se llamaba Seres, y sus hijos fueron Ulam y Raquem.
माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।
17 El hijo de Ulam: Bedan. Todos estos fueron los hijos de Galaad, hijo de Maquir, hijo de Manasés.
ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।
18 Su hermana Hamolequet fue la madre de Isod, Abiezer y Mahala.
गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।
19 Los hijos de Semida fueron: Ahian, Siquem, Likhi y Aniam.
शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
20 Los descendientes de Efraín fueron: Sutela, su hijo Bered, su hijo Tahat, su hijo Elead, su hijo Tahat,
एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।
21 su hijo Zabad y su hijo Sutela. Ezer y Elead fueron asesinados por los hombres que vivían en Gat cuando fueron allí a tratar de robar su ganado.
तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)
22 Su padre Efraín los lloró durante mucho tiempo, y sus parientes fueron a consolarlo.
तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
23 Luego volvió a acostarse con su mujer. Ella quedó embarazada y dio a luz un hijo, al que llamó Bería por esta tragedia familiar.
तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
24 Seera, su hija, fundó la parte baja y alta de Bet Horon junto con Uzen-Seera.
तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌ ।
25 Sus desciendientes fueron: Refa su hioj, Resef su hijo, Telah su hijo, Tahan su hijo,
तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
26 Ladan su hijo, Amiud su hijo, Elisama su hijo,
तहनका छोरा लादान थिए । लादानका छोरा अम्‍मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
27 Nun su hijo y Josué su hijo.
एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
28 La tierra que poseían y los lugares donde vivían incluían Betel y las ciudades cercanas, desde Naarán al este hasta Gezer y sus ciudades al oeste, y Siquem y sus ciudades hasta Aya y sus ciudades.
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए ।
29 En la frontera con Manasés estaban Bet-San, Taanac, Meguido y Dor, junto con sus ciudades. Estas eran las ciudades donde vivían los descendientes de José hijo de Israel.
मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।
30 Los hijos de Aser: Imna, Isúa, Isúi y Bería. Su hermana era Sera.
आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।
31 Los hijos de Bería: Heber y Malquiel, el padre de Birzavit.
बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।
32 Heber fue el padre de Jaflet, Somer y Hotam, y de su hermana Súa.
हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
33 Los hijos de Jaflet: Pasac, Bimhal y Asvat. Todos estos fueron Los hijos de Jaflet.
यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
34 Los hijos de Somer: Ahi, Rohga, Jeúba y Harán.
यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।
35 Los hijos de su hermano Helem: Zofa, Imna, Seles y Amal.
शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।
36 Los hijos de Zofa: Súa, Harnefer, Súal, Beri, Imra,
सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
37 Beser, Hod, Sama, Silsa, Itrán y Beera.
बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।
38 Los hijos de Jeter fueron Jefone, Pispa y Ara.
येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।
39 Los hijos de Ula fueron Ara, Haniel y Rezia.
उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।
40 Todos ellos eran descendientes de los jefes de familia de Aser, hombres selectos, fuertes guerreros y grandes líderes. Según su genealogía, tenían 26.000 guerreros listos para la batalla.
यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।

< 1 Crónicas 7 >