< Job 13 >
1 “Todo esto lo han visto mis ojos; mis oídos lo han oído y lo comprendieron.
हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
2 Lo que vosotros sabéis, lo sé yo también, no soy inferior a vosotros.
तपाईंहरू जे जान्नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
3 Mas quiero hablar con el Todopoderoso, mi anhelo es discutir con Dios.
तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्वरसित तर्क गर्ने इच्छा गर्छु ।
4 Vosotros fraguáis mentiras; sois médicos inútiles todos.
तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्छ वैद्यहरू हुनुहुन्छ ।
5 Callaos, por fin; que os será reputado por sabiduría.
तपाईंहरू सबैजना सँगै चूप लाग्नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्छ ।
6 Oíd, por favor, mi defensa y prestad atención a las razones que alega mi boca.
अब मेरो आफ्नै तर्क सुन्नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्नुहोस् ।
7 ¿Queréis acaso hablar falsedades en favor de Dios, decir mentiras en obsequio suyo?
परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
8 ¿Pretendéis prestarle favores, patrocinar la causa de Dios?
उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
9 ¿Os sería grato que Él os sondease, o pensáis engañarlo como se engaña a un hombre?
उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्नुहुन्छ र?
10 Os reprenderá sin falta, si solapadamente sois parciales.
तपाईंहरूले गुप्तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ ।
11 ¿No os causa miedo su majestad? ¿No caerá sobre vosotros su espanto?
उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
12 Vuestros argumentos son necedades, y vuestras fortalezas, fortalezas de barro.
तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
13 Callaos, que yo hablaré; venga sobre mí lo que viniere.
तपाईंहरू चूप लाग्नुहोस्, यसैले कि म बोल्न सकूँ । मलाई जे हुनु छ होस् ।
14 Sea lo que fuere, tomaré mi carne entre mis dientes, y pondré mi alma en mi mano.
म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्नो जीवनलाई आफ्नो हातमा लिनेछु ।
15 Aunque Él me matase y yo nada tuviese que esperar, defendería ante Él mi conducta.
हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।
16 Al fin Él mismo me defenderá; porque el impío no puede comparecer en su presencia.
यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
17 Escuchad atentamente mi palabra, mis argumentos os penetren el oído.
हे परमेश्वर, मेरो कुरा ध्यानले सुन्नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
18 Tengo bien preparada (mi) causa, y sé que seré justificado.
हेर्नुहोस्, आफ्नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्दछु ।
19 ¿Quién quiere litigar conmigo? pues si yo callara, me moriría.
मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्छु, र आफ्नो जीवन दिन्छु ।
20 Solo dos cosas alejes de mí; y no me esconderé de tu presencia:
हे परमेश्वर, मेरो निम्ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
21 que retires de mí tu mano, y no me espanten más tus terrores.
आफ्नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
22 Luego llama, y yo contestaré; o hablaré yo, y Tú me respondes.
तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्नेछु र तपाईंले जवाफ दिनुहोस् ।
23 ¿Cuántos son mis delitos y pecados? Dime mis faltas y transgresiones.
मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
24 ¿Por qué ocultas tu rostro, y me tienes por enemigo tuyo?
आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्छ, अनि मलाई आफ्नो शत्रुजस्तो व्यवहार किन गर्नुहुन्छ?
25 ¿Quieres aterrar una hoja que lleva el viento, perseguir una paja reseca?
तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्छ र?
26 Porque decretas contra mí penas tan amargas, y me imputas las faltas de mi mocedad.
किनकि मेरो विरुद्धमा तपाईंले तिक्त कुराहरू लेख्नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
27 Pones mis pies en el cepo, observas todos mis pasos y acechas las plantas de mis pies.
तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्नुहुन्छ ।
28 Me consumo como un (leño) carcomido, como ropa roída por la polilla.”
यद्यपि म खेर जाने सडेगलेको कुराजस्तै, किराहरूले खाएको एउटा वस्त्रजस्तै छु ।